नेपाली कांग्रेसमा पुराना नेताहरुको पालो सकियो अब युवा आउँनुपर्छ : नेता थापा



हाम्रो इकोनोमि

 

अध्यनका लागि अमेरिका पग्नु भएका नेपाली कांग्रेसका युवा नेता गगन कुमार थापाले कार्यकर्तासँग भेट गर्नुभएको छ ।

एक साता अध्यनका लागि अमेरिका पुग्नु भएका उहाँले अमेरिकामा रहेका पार्टी कार्यकर्तासँग साक्षात्कार गर्नुभएको हो ।

उहाँले कार्यकर्ता बिच पछिल्लो राजनीतिक घटनाक्रमका बारेमा चर्चा गरेको जनाइएको छ ।

नेपाली कांग्रेसका सांसद तथा पूर्व मन्त्री रहनु भएका थापाले नेपाली कांग्रेसको आगामी महाधिवेशनमा आवश्यकता परे आफू जुनसुकै पदको पनि उम्मेदवार हुनसक्ने बताउनु भएको छ ।

अमेरिकामा जनसम्पर्क समिति वोस्टन च्याप्टरले उहाँको सम्मानमा हिमालयन विष्ट्रोमा भेटघाट कार्यक्रम आयोजना गरेको थियो ।

भेटघाट कार्यक्रममा सांसद थापाले वुधवार साँझ यस्तो बताउनुभएको हो । उहाँले भन्नुभयो, ‘म अहिले नै यो वा त्यो पद भनेर भन्दिन तर पार्टीको आवश्यकता अनुसार कदम चाल्छु ।’

पुरानो पुस्ताका नेताहरुले प्रजातन्त्रको प्राप्तिका लागि गर्नुभएको योगदान अतुलनीय छ, एउटा चिठी लेखेको भरमा मन्त्री हुन पाउने जमानामा उहाँहरुले बरु १० वर्ष जेल बस्छु चिठी लेखेर मन्त्री हुन्न भन्नुभयो ।

पुराना पुस्ताका नेताहरु सदाकालका लागि पार्टीको नेतृत्वमा बसिरहन नमिल्ने भन्दै अब युवाहरुको पालो आएको उहाँले जिकिर गर्नुभएको छ । उहाँले त्यस अवसरमा नेपालको विभिन्न क्षेत्रमा संस्थागत सुधार र लोकतान्त्रिक संस्कृतिको विकास हुनुपर्ने कुरामा पनि जोड दिनुभएको छ ।

वोस्टनस्थित हार्वर्ड विश्वविद्यालयको केनेडी स्कुलमा एक्काइसौँ शताब्दीका लागि विश्वव्यापी नेतृत्व र सार्वजनिक प्रशासन विषयक दुइ हप्ते कोर्सका लागि विश्वभरबाट आएका राजनीतिक, आर्थिक र सामाजिक व्यक्तित्वहरुसँगै कोर्स समापनको अन्ततिर पुग्नुभएका थापाले कोर्समा पूर्व प्रधानमन्त्री, राष्ट्रपतिका उम्मेदवार, मन्त्रीहरु, धनाढ्य व्यापारीहरुसँग भेटघाट, वहस र विमर्श भएको स्मरण गर्दै ज्यादा समय नेपालकै बारेमा बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस
रास्वपा उम्मेदवारको गाडीको ठक्करबाट रौतहट बालिकाको मृत्यु

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले रौतहट २ का उम्मेदवार सगिर आलमको...

ढुक्कैसँग निर्वाचन हुन्छ, कसैले बिथोल्न सक्दैन : आयोग

    कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले शान्तिपूर्ण निर्वाचनको वातावरण बनेको बताएका...

कसैसँग गठबन्धन गर्दैनौं : प्रचण्ड

    नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले फागुन २१ गते हुने...

बाबुराम भट्टराईलाई पितृशोक

     पूर्व प्रधानमन्त्री एवं प्रगतिशील लोकतान्त्रिक पार्टी(प्रलोपा)का संरक्षक डा. बाबुराम भट्टराईलाई पितृशोक...