एउटा बिरामीलाई लगाउने सुई अर्कोलाई लगाएपछि १ मिनेटमा ज्यान गयो



हाम्रो इकोनोमि

 

पोखराको मनिपाल अस्पतालका स्वास्थ्यकर्मीको लापरबाहिका कारण बिरामीको मृत्यु भएको आरोप लगाइएको छ ।

मंगलबार साँझ अस्पतालका स्वास्थ्यकर्मीले एउटा बिरामीलाई लगाउनु पर्ने सुई अर्कै बिरामीलाई लगाईदिएपछि बागलुङ जैमनी वडा नम्बर ८ का ७५ बर्षीय धनराज परियारको मृत्यु भएको आफन्तले बताएका छन् ।

त्यहाँ काम गर्ने स्वास्थ्यकर्मीहरुले सँगैको अर्को बेडमा रहेको अर्कै बिरामीको लागि ल्याएको सुई ल्याएर बुबालाई लगाएपछि उहाँको मृत्यु भएको धनराजका छोरा केशव परियारले बताउनुभयो ।

सुई लगाउनासाथ वाकवाकी लाग्यो भनेर निस्किएको र दुई मिनेटमै बुबाको मृत्यु भएको केशवको भनाई रहेको छ ।

अर्काको लागि ल्याएको सुई आफ्नो बुबालाई लगाई दिएपछि स्वास्थ्यकर्मीले जिब्रो टोक्दै बाहिर निस्केको कुरुवा बहिनी बिमलाले बताउनुभयो ।

केशवका अनुसार टाउको दुख्ने तथा खोकि लाग्ने भएपछि धनराजलाई आइतबार मनिपाल ल्याईएको थियो ।

मृतकका आफन्तले लापरबाहीको कारण धनराजको ज्यान गएको बताएपनि अस्पताल प्रशासनले सुईको कारण धनराजको ज्यान नगएको प्रष्ट पारेको छ ।

अर्कै बिरामीको सुई लगाइनु गलत भएपनि मृत्युको कारण सुई नभएको अस्पतालले बताएपछि धनराजको शव बाग्लुङ लगिएको छ ।

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

ग्लोबल आइएमई बैंकको नायव प्रमुख कार्यकारी अधिकृतमा दीपचन्द्र रेग्मी

    ग्लोबल आइएमई बैंकको नायव प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) मा दीपचन्द्र रेग्मी...

खगेन्द्र सुनारलाई सार्वजनिक कार्यक्रममा बोल्न निषेध

    राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले प्रतिनिधि सभा सदस्य खगेन्द्र सुनारको अडियो प्रकरणको छानबिन...