एउटा बिरामीलाई लगाउने सुई अर्कोलाई लगाएपछि १ मिनेटमा ज्यान गयो



हाम्रो इकोनोमि

 

पोखराको मनिपाल अस्पतालका स्वास्थ्यकर्मीको लापरबाहिका कारण बिरामीको मृत्यु भएको आरोप लगाइएको छ ।

मंगलबार साँझ अस्पतालका स्वास्थ्यकर्मीले एउटा बिरामीलाई लगाउनु पर्ने सुई अर्कै बिरामीलाई लगाईदिएपछि बागलुङ जैमनी वडा नम्बर ८ का ७५ बर्षीय धनराज परियारको मृत्यु भएको आफन्तले बताएका छन् ।

त्यहाँ काम गर्ने स्वास्थ्यकर्मीहरुले सँगैको अर्को बेडमा रहेको अर्कै बिरामीको लागि ल्याएको सुई ल्याएर बुबालाई लगाएपछि उहाँको मृत्यु भएको धनराजका छोरा केशव परियारले बताउनुभयो ।

सुई लगाउनासाथ वाकवाकी लाग्यो भनेर निस्किएको र दुई मिनेटमै बुबाको मृत्यु भएको केशवको भनाई रहेको छ ।

अर्काको लागि ल्याएको सुई आफ्नो बुबालाई लगाई दिएपछि स्वास्थ्यकर्मीले जिब्रो टोक्दै बाहिर निस्केको कुरुवा बहिनी बिमलाले बताउनुभयो ।

केशवका अनुसार टाउको दुख्ने तथा खोकि लाग्ने भएपछि धनराजलाई आइतबार मनिपाल ल्याईएको थियो ।

मृतकका आफन्तले लापरबाहीको कारण धनराजको ज्यान गएको बताएपनि अस्पताल प्रशासनले सुईको कारण धनराजको ज्यान नगएको प्रष्ट पारेको छ ।

अर्कै बिरामीको सुई लगाइनु गलत भएपनि मृत्युको कारण सुई नभएको अस्पतालले बताएपछि धनराजको शव बाग्लुङ लगिएको छ ।

प्रतिक्रिया दिनुहोस
रास्वपा उम्मेदवारको गाडीको ठक्करबाट रौतहट बालिकाको मृत्यु

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले रौतहट २ का उम्मेदवार सगिर आलमको...

ढुक्कैसँग निर्वाचन हुन्छ, कसैले बिथोल्न सक्दैन : आयोग

    कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले शान्तिपूर्ण निर्वाचनको वातावरण बनेको बताएका...

कसैसँग गठबन्धन गर्दैनौं : प्रचण्ड

    नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले फागुन २१ गते हुने...

बाबुराम भट्टराईलाई पितृशोक

     पूर्व प्रधानमन्त्री एवं प्रगतिशील लोकतान्त्रिक पार्टी(प्रलोपा)का संरक्षक डा. बाबुराम भट्टराईलाई पितृशोक...