बार एसोसिएसन चुनाव : प्रगतिशीलका श्रेष्ठ ५२ मतले अगाडि



हाम्रो इकोनोमि

 

नेपाल बार एसोसिएसनको मतगणनामा प्रगतिशील (वामपन्थी) र प्रजातान्त्रिक समूहबीच तीव्र प्रतिस्पर्धा देखिएको छ। पछिल्लो मत गणना अनुसार प्रगतिशील पक्षका अध्यक्षका उम्मेदवार चन्डेश्वर श्रेष्ठले ५२  मतले अग्रता लिएका छन्।

श्रेष्ठले दुई हजार सात सय ५७ मत प्राप्त गर्दा प्रजातान्त्रिक समूहका सुनिलकुमार पोखरेलले दुई हजार सात सय ५ मत ल्याएका छन्।

महासचिवमा भने लोकतान्त्रिक समूहका लीलामणि पौडेल अगाडि छन्। पौडेलले दुई हजार आठ सय २७ मत पाउँदा प्रगतिशील पक्षका पक्षका सुरेन्द्रबहादुर थापाले दुई हजार पाँच सय ९३ मत प्राप्त गरेका छन्।

नेपाल बारको नयाँ नेतृत्वका लागि शनिबार निर्वाचन भएको थियो। १० हजार ३ सय १३ मतदातामध्ये ८ हजार ३ सय २९ मत खसेको थियो।

प्रतिक्रिया दिनुहोस
बूढीगण्डकी बाढीले आरुघाट-धादिङ जोड्ने पुलपनि बगायो

    बूढीगण्डकी नदीमा आएको भीषण बाढीले आरुघाट र धादिङ जोड्ने मोटरेबल पुल...

बूढीगण्डकी बाढीले दुई झोलुङ्‍गे र एउटा फलामको पुल बगायो

    गोरखा बूढीगण्डकीमा आइतबार बिहान आएको आकस्मिक बाढीले दुई वटा झोलुङ्गे पुल...

गगनले कांग्रेस छिन्नभिन्न बनाएको मोहन बस्नेतको आरोप

    नेपाली कांग्रेसका इतर पक्षका नेता मोहन बस्नेतले गगन थापाको महत्त्वाकाङ्क्षा र...

राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट ७० अर्ब रकम संकलन गर्ने

    बैंकिङ प्रणालीमा उपलब्ध तरलता व्यवस्थापन गर्ने उद्देश्यले नेपाल राष्ट्र बैंकले ७०...