सिके राउतको आरोप प्रदेश २ को सरकार असक्षम, भ्रष्ट, दलाल र निकम्मा



हाम्रो इकोनोमि

 

स्वतन्त्र मधेशको मुद्धा त्यागेर राष्ट्रिय राजनीतिमा फर्केका डा।सिके राउत पछिल्ला दिनहरुमा आफ्नो बयानले एकदमै चर्चामा हुनुहुन्छ । लामो समय विदेश पढेर उत्तै जागिर गर्नुभएका राउत पछिल्ला केही दिनहरुमा प्रदेश नम्बर २ सरकारको विरोधमा हुनुहुन्छ । उहाँले आजा एक तस्वीर राख्दै प्रदेश सरकारलाइृ निकम्मा भएको आरोप लगाउँनु भएको हो ।

 

उहाँले लेख्नु भएको छ, ‘केन्द्रलाई नै सबैकुरा भन्ने भए प्रदेश सरकार के का लागि ? मुख्यमन्त्रीले विदेशीलाई ३६ व्यञ्जन खुवाउन एकैदिन ७३ लाख खर्च गर्दा केन्द्र किन बाधा भएन ? भोजभतेर मैं ४ करोड स्वाहा गर्दा केन्द्र बाधा भएन १ जनतासँग छाला काढे सरी कर बढाएर उठाएको करौडौं रुपैयाँ पोखरी र मंदिर सौन्दर्यीकरणको नाममा आफ्ना लठैत पाल्न खर्च गर्दा केन्द्र बाधा भएन १ तर अहिले भोक–भोकै घरबारविहिन भएर बिचल्ली परेका बाराका हुरी पीडित जनताहरुलाई १०–२० दिन सामूहिक रुपमा मेस सञ्चालन गरेर दालभात खुवाउन मुख्यमन्त्रीलाई केन्द्र कसरी बाधक भयो ?

 

उहाँले अगाडी थप्नु भएको छ ,‘ बहानाको पनि हद हुन्छ नि १ हरेक कुरामा केन्द्रलाई दोष दिएर के आफ्नो असक्षमता र भ्रष्टाचार ढाक्न खोजेको हो ? के प्रदेश सरकार स्वराजीहरुको हत्या गर्न, पक्राऊ गर्न र दमन गर्न मात्रै हो र ?’ उहाँले प्रदेश सरकार असक्षम, भ्रष्ट र दलाल भएको ब्याख्या गर्नुभएको छ ।

प्रतिक्रिया दिनुहोस
आईजीपी होईन, तातोपानी नाका चलाऊ : गोकुल बाँस्कोटा

    नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले सरकारलाई नेपाल प्रहरीका महानिरीक्षकको विषयमा अल्झिनुभन्दा...

काठमाडौं उपत्यकाबाट सबै जिल्लावासीले नागरिकताको प्रतिलिपि पाउने

    अन्य जिल्लाका नेपाली नागरिकले पनि अब काठमाडौं उपत्यकाबाट नागरिकताको प्रतिलिपि लिन...

आनीको नियुक्तिप्रति कांग्रेसको पनि आपत्ति

    लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिलाई लिएर प्रमुख प्रतिपक्षी...

बैंकहरूको गैरबैंकिङ सम्पत्ति ४७ अर्ब नाघ्यो

    वाणिज्य बैंकहरूमा कर्जा असुली तथा धितो व्यवस्थापनसँग जोडिएको गैरबैंकिङ सम्पत्तिको आकार...