सिके राउतको आरोप प्रदेश २ को सरकार असक्षम, भ्रष्ट, दलाल र निकम्मा



हाम्रो इकोनोमि

 

स्वतन्त्र मधेशको मुद्धा त्यागेर राष्ट्रिय राजनीतिमा फर्केका डा।सिके राउत पछिल्ला दिनहरुमा आफ्नो बयानले एकदमै चर्चामा हुनुहुन्छ । लामो समय विदेश पढेर उत्तै जागिर गर्नुभएका राउत पछिल्ला केही दिनहरुमा प्रदेश नम्बर २ सरकारको विरोधमा हुनुहुन्छ । उहाँले आजा एक तस्वीर राख्दै प्रदेश सरकारलाइृ निकम्मा भएको आरोप लगाउँनु भएको हो ।

 

उहाँले लेख्नु भएको छ, ‘केन्द्रलाई नै सबैकुरा भन्ने भए प्रदेश सरकार के का लागि ? मुख्यमन्त्रीले विदेशीलाई ३६ व्यञ्जन खुवाउन एकैदिन ७३ लाख खर्च गर्दा केन्द्र किन बाधा भएन ? भोजभतेर मैं ४ करोड स्वाहा गर्दा केन्द्र बाधा भएन १ जनतासँग छाला काढे सरी कर बढाएर उठाएको करौडौं रुपैयाँ पोखरी र मंदिर सौन्दर्यीकरणको नाममा आफ्ना लठैत पाल्न खर्च गर्दा केन्द्र बाधा भएन १ तर अहिले भोक–भोकै घरबारविहिन भएर बिचल्ली परेका बाराका हुरी पीडित जनताहरुलाई १०–२० दिन सामूहिक रुपमा मेस सञ्चालन गरेर दालभात खुवाउन मुख्यमन्त्रीलाई केन्द्र कसरी बाधक भयो ?

 

उहाँले अगाडी थप्नु भएको छ ,‘ बहानाको पनि हद हुन्छ नि १ हरेक कुरामा केन्द्रलाई दोष दिएर के आफ्नो असक्षमता र भ्रष्टाचार ढाक्न खोजेको हो ? के प्रदेश सरकार स्वराजीहरुको हत्या गर्न, पक्राऊ गर्न र दमन गर्न मात्रै हो र ?’ उहाँले प्रदेश सरकार असक्षम, भ्रष्ट र दलाल भएको ब्याख्या गर्नुभएको छ ।

प्रतिक्रिया दिनुहोस
बूढीगण्डकी बाढीले आरुघाट-धादिङ जोड्ने पुलपनि बगायो

    बूढीगण्डकी नदीमा आएको भीषण बाढीले आरुघाट र धादिङ जोड्ने मोटरेबल पुल...

बूढीगण्डकी बाढीले दुई झोलुङ्‍गे र एउटा फलामको पुल बगायो

    गोरखा बूढीगण्डकीमा आइतबार बिहान आएको आकस्मिक बाढीले दुई वटा झोलुङ्गे पुल...

गगनले कांग्रेस छिन्नभिन्न बनाएको मोहन बस्नेतको आरोप

    नेपाली कांग्रेसका इतर पक्षका नेता मोहन बस्नेतले गगन थापाको महत्त्वाकाङ्क्षा र...

राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट ७० अर्ब रकम संकलन गर्ने

    बैंकिङ प्रणालीमा उपलब्ध तरलता व्यवस्थापन गर्ने उद्देश्यले नेपाल राष्ट्र बैंकले ७०...