औँठिको सट्टा औँलामा रिबन लगाएर विवाह गरेको १ घण्टामा छोरी जन्मिएपछि…
अमेरिकामा एक जोडीको भने विवाह भएको १ घण्टामै बच्चा जन्मिएको छ ।
त्यो पनि एक नगरका मेयरले उनीहरुको विवाह गराईदिएका छन् ।
मेरी र गाबेले विवाह भएको एक घण्टापछि बच्चा जन्माएका हुन् ।
इन्डियाना, साउथ बेन्डका मेयर पेटे बुटिगिगले उनीहरु दुवै जनाको विवाह गराईदिए ।
अफिसका अन्य कर्मचारी साक्षीको रुपमा उपस्थित भए र एक अर्कालाई रिबन लगाइदिएर विवाह बन्धनमा बाँधिए ।

त्यसपछि मेरीले डाक्टरसँग समय लिएर छोरीलाई जन्म दिईन् ।
जेड क्याथरिन जोन्स साउथ ब्रेन्डकी सबैभन्दा नयाँ निवासी भएको मेयर बुटिगिगले आफ्नो फेसबुक पेजमा यसबारे जानकारी गराएका छन् ।
उनले बालिकाको तस्बिर पोष्ट गर्दै लेखे, ‘मेरो कार्यकालको समाप्तिमा मलाई यो कुरा विशेष याद रहनेछ ।
नवविवाहित र नयाँ आमा–बुवालाई बधाई ।
जेड, तिमीलाई यो मायालु संसारमा स्वागत छ ।


