समाचार लेखेकाेमा पत्रकार चौहानकी १८ वर्षीय छोरी अपहरण



हाम्रो इकोनोमि

 

रुपन्देहीमा समाचार लेखेकाे भन्दै स्थानीय पत्रकारकी छाेरी गाेरू तस्करहरूले अपहरण गरेका छन् ।

अपहरणमा परेकी पत्रकारकी छाेरी १० घण्टापछि नेपाल भारत सिमा क्षेत्रमा हात खुट्टा बाँधेर छाडिएको अवस्थामा भेटिएकी छिन् ।

गोरु तस्करको समाचार लेखेको रिसमा तस्करहरूले पत्रकारकी छाेरीकाे अपहरण गरेका हुन् ।

लुम्बिनी क्षेत्रबाट पत्रकारिता गर्दै आएका पत्रकार विन्दु चौहानकी हिँड्न र बोल्न नसक्ने सुस्त मनस्थितिकी १८ वर्षीय छोरी ममता चौहान बुधबार बिहान नेपाल भारत सिमानमा पर्ने लुम्बिनी साँस्कृतिक नगरपालिका–११ को गहुँबारीमा भेटिएकी हुन्।

पत्रकार चौहानले लुम्बिनी क्षेत्रमा रहेर निरन्तर नेपालबाट भारततर्फ हुने गोरु तस्करीको समाचार लेख्दै आएका छन् ।

सोही कारण तस्करहरुले पटक–पटक पत्रकार चौहानलाई धम्की दिँदै आएका थिए ।

चौहानलाई मानसिक रुपले तर्साउन अपाङ्ग छोरीलाई अपहरण गरेको अनुमान गरिएको छ ।

प्रतिक्रिया दिनुहोस
आईजीपी होईन, तातोपानी नाका चलाऊ : गोकुल बाँस्कोटा

    नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले सरकारलाई नेपाल प्रहरीका महानिरीक्षकको विषयमा अल्झिनुभन्दा...

काठमाडौं उपत्यकाबाट सबै जिल्लावासीले नागरिकताको प्रतिलिपि पाउने

    अन्य जिल्लाका नेपाली नागरिकले पनि अब काठमाडौं उपत्यकाबाट नागरिकताको प्रतिलिपि लिन...

आनीको नियुक्तिप्रति कांग्रेसको पनि आपत्ति

    लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिलाई लिएर प्रमुख प्रतिपक्षी...

बैंकहरूको गैरबैंकिङ सम्पत्ति ४७ अर्ब नाघ्यो

    वाणिज्य बैंकहरूमा कर्जा असुली तथा धितो व्यवस्थापनसँग जोडिएको गैरबैंकिङ सम्पत्तिको आकार...