भिजिट भिषामा विदेश काम गर्न पठाउने खोज्ने थापा प्रहरीको फन्दामा



हाम्रो इकोनोमि

 

महानगरीय प्रहरी अपराध महाशाखाले भिजिट भिषामा बैदेशिक रोजगारका लागि विदेशमा मान्छे पठाई ठगी गरेको आरोपमा एक महिलालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा भोजपुर जिल्ला हतुवागढी गाउँपालिका वडा नम्बर-९ घर भई हाल काठमाडौं महानगरपालिका वडा नम्बर-२६, सामाखुसी बसोबास गर्ने विमला थापा रहेकी छन् ।भिजिट भिषामा विदेश काम गर्न पठाउने खोज्ने थापा प्रहरीको फन्दामा

उनले कम्पास रिक्रुटमेन्ट मेनपावर कम्पनीमार्फत उक्त ठगी धन्दा चलाउँदै आएको प्रहरीको भनाई छ ।

थापा उक्त कम्पनीकी म्यानेजर हुन् । उनले प्रतिब्यक्ति दुई लाख ४० हजार रुपैयाँ लिएर दुई जनालाई दुबई पठाउन खोज्दा अध्यागमन कार्यालयले फिर्ता पठाएपछि उनको ठगी धन्दा बाहिरिएको थियो ।

गौशालाबाट पक्राउ परेकी थापाले भिजिट भिषामा विदेश पठाएर ठगी गरेको भन्दै धनुषा जिल्ला विहारी नगरपालिका वडा नम्बर-२ बसोबास गर्ने मोहम्मद गुलाम राईन र सविर राईनले जाहेरी दिएका थिए ।

त्यसपछि उनलाई पक्राउ गर्न अपराध महाशाखाको टोली खटिएको थियो ।

प्रहरीले उक्त कम्पनीका सञ्चालक गिरिराज घिमिरेलाई पनि खोजी गरिरहेको जनाएको छ । त्यसरी नै ठगिएका कोही भए प्रहरीमा सम्पर्क राख्न अपराध महाशाखाले भनेको छ ।

प्रतिक्रिया दिनुहोस
रसुवा भन्सार कार्यालयका १४ कर्मचारी सम्पर्क विहीन

    रसुवाको टिमुरेस्थित भन्सार कार्यालयमा कार्यरत १४ जना कर्मचारी सम्पर्क विहीन भएका...

गोसाइकुण्ड दर्शन गर्न गएका ३४ यात्रु सम्पर्कविहीन

    गोरखाको पालुङटारबाट तीर्थयात्री बोकेर रसुवाको गोसाइकुण्ड गएको बस सम्पर्कविहीन भएको छ...

बाढीले धादिङ सदरमुकाम जोड्ने फुर्केखोला पुल बगायो

    रसुवा हुँदै आएको बाढीले धादिङ सदरमुकाम जाने फुर्केखोला पुल बगाएको छ।...

रसुवा बाढीमा ४१ सुरक्षाकर्मी सम्पर्कविहीन

  रसुवा बाढीमा नेपाल प्रहरी र सशस्त्र प्रहरीका गरी ४१ सुरक्षाकर्मी सम्पर्कविहीन भएका...