भिजिट भिषामा विदेश काम गर्न पठाउने खोज्ने थापा प्रहरीको फन्दामा



हाम्रो इकोनोमि

 

महानगरीय प्रहरी अपराध महाशाखाले भिजिट भिषामा बैदेशिक रोजगारका लागि विदेशमा मान्छे पठाई ठगी गरेको आरोपमा एक महिलालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा भोजपुर जिल्ला हतुवागढी गाउँपालिका वडा नम्बर-९ घर भई हाल काठमाडौं महानगरपालिका वडा नम्बर-२६, सामाखुसी बसोबास गर्ने विमला थापा रहेकी छन् ।भिजिट भिषामा विदेश काम गर्न पठाउने खोज्ने थापा प्रहरीको फन्दामा

उनले कम्पास रिक्रुटमेन्ट मेनपावर कम्पनीमार्फत उक्त ठगी धन्दा चलाउँदै आएको प्रहरीको भनाई छ ।

थापा उक्त कम्पनीकी म्यानेजर हुन् । उनले प्रतिब्यक्ति दुई लाख ४० हजार रुपैयाँ लिएर दुई जनालाई दुबई पठाउन खोज्दा अध्यागमन कार्यालयले फिर्ता पठाएपछि उनको ठगी धन्दा बाहिरिएको थियो ।

गौशालाबाट पक्राउ परेकी थापाले भिजिट भिषामा विदेश पठाएर ठगी गरेको भन्दै धनुषा जिल्ला विहारी नगरपालिका वडा नम्बर-२ बसोबास गर्ने मोहम्मद गुलाम राईन र सविर राईनले जाहेरी दिएका थिए ।

त्यसपछि उनलाई पक्राउ गर्न अपराध महाशाखाको टोली खटिएको थियो ।

प्रहरीले उक्त कम्पनीका सञ्चालक गिरिराज घिमिरेलाई पनि खोजी गरिरहेको जनाएको छ । त्यसरी नै ठगिएका कोही भए प्रहरीमा सम्पर्क राख्न अपराध महाशाखाले भनेको छ ।

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

ग्लोबल आइएमई बैंकको नायव प्रमुख कार्यकारी अधिकृतमा दीपचन्द्र रेग्मी

    ग्लोबल आइएमई बैंकको नायव प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) मा दीपचन्द्र रेग्मी...

खगेन्द्र सुनारलाई सार्वजनिक कार्यक्रममा बोल्न निषेध

    राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले प्रतिनिधि सभा सदस्य खगेन्द्र सुनारको अडियो प्रकरणको छानबिन...