पापी पति : टाउको मुडुलो बनाएर फलामको रडले नराम्ररी पिटे पत्नीलाई !



हाम्रो इकोनोमि

 

पाकिस्तानमा महिलामाथिको अमानवीय व्यवहारको लज्जाजनक घटना सार्वजनिक भएको छ ।

लाहौरकी असमा अजीजले सामाजिक सञ्जालमा भिडियो पोस्ट गरेर आफ्नो पीडादायी कथा सुनाएकी छन् ।

आसमाका अनुसार, उनका पति मियाँ फैसलले साथीहरूका अगाडि उनलाई नाच्न लगाए अनि अस्वीकार गर्दा उनको टाउको मुडुलो बनाएर उनलाई लुगा खोल्न लगाएर फलामको छडले बेस्सरी पिटे ।

भोलिपल्ट उनी भागेर प्रहरीकहाँ पुगिन् तर प्रहरीले रिपोर्ट लेख्नका लागि उनीसँग पैसा माग्यो ।

पछि असमाको भिडियो भाइरल भएपछि प्रहरीले फैसल र उनका साथीहरूलाई पक्राउ ग–यो ।

असमाको कपाल काट्नका लागि प्रयोग गरिएको ट्रिमर पनि प्रहरीले फैसलको घरबाट बरामद ग–यो ।

पाकिस्तानकी मानवअधिकार मन्त्री शिरीन माजरीले घटनामा कारवाहीको आदेश दिएकी छन् ।

जिओ टीभीका अनुसार, असमा र फैसलको बिहे चार वर्षअघि भएको थियो । उनीहरूका तीन सन्तान छन् ।

असमाको मातापिता बितिसकेका छन् ।  असमाको स्वास्थ्य जाँचमा उनीमाथि भएको कुटपिट पुष्टि भएको छ ।

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

ग्लोबल आइएमई बैंकको नायव प्रमुख कार्यकारी अधिकृतमा दीपचन्द्र रेग्मी

    ग्लोबल आइएमई बैंकको नायव प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) मा दीपचन्द्र रेग्मी...

खगेन्द्र सुनारलाई सार्वजनिक कार्यक्रममा बोल्न निषेध

    राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले प्रतिनिधि सभा सदस्य खगेन्द्र सुनारको अडियो प्रकरणको छानबिन...