पापी पति : टाउको मुडुलो बनाएर फलामको रडले नराम्ररी पिटे पत्नीलाई !



हाम्रो इकोनोमि

 

पाकिस्तानमा महिलामाथिको अमानवीय व्यवहारको लज्जाजनक घटना सार्वजनिक भएको छ ।

लाहौरकी असमा अजीजले सामाजिक सञ्जालमा भिडियो पोस्ट गरेर आफ्नो पीडादायी कथा सुनाएकी छन् ।

आसमाका अनुसार, उनका पति मियाँ फैसलले साथीहरूका अगाडि उनलाई नाच्न लगाए अनि अस्वीकार गर्दा उनको टाउको मुडुलो बनाएर उनलाई लुगा खोल्न लगाएर फलामको छडले बेस्सरी पिटे ।

भोलिपल्ट उनी भागेर प्रहरीकहाँ पुगिन् तर प्रहरीले रिपोर्ट लेख्नका लागि उनीसँग पैसा माग्यो ।

पछि असमाको भिडियो भाइरल भएपछि प्रहरीले फैसल र उनका साथीहरूलाई पक्राउ ग–यो ।

असमाको कपाल काट्नका लागि प्रयोग गरिएको ट्रिमर पनि प्रहरीले फैसलको घरबाट बरामद ग–यो ।

पाकिस्तानकी मानवअधिकार मन्त्री शिरीन माजरीले घटनामा कारवाहीको आदेश दिएकी छन् ।

जिओ टीभीका अनुसार, असमा र फैसलको बिहे चार वर्षअघि भएको थियो । उनीहरूका तीन सन्तान छन् ।

असमाको मातापिता बितिसकेका छन् ।  असमाको स्वास्थ्य जाँचमा उनीमाथि भएको कुटपिट पुष्टि भएको छ ।

प्रतिक्रिया दिनुहोस
चितवन १ मा एमालेका दावा दोर्जे लामाको अग्रता

    चितवन १ मा रास्वपाका हरि ढकाल पछि परेका छ । पछिल्लो...

खामेनी शनिबार नै मारिएको पुष्टि, ४० दिन शोक घोषणा

    इरानका सर्वोच्च नेता आयतुल्लाह अली खामेनी मृत्यु भएको इरानको राज्य टेलिभिजनले...

नेपालमा कुनै पनि आवरणमा मिसाइलको धुँवा प्रवेश नगरोस् : ओली

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालमा कुनै पनि आवरणमा मिसाइलको...

इरानको एक विद्यालयमा मिसाइल खस्दा १०८ जनाको मृत्यु

     अमेरिका र इजरायलले संयुक्त रुपमा दक्षिणी इरानको एक विद्यालयमा गरेको आक्रमणबाट...