चितवनको गैँडा हेर्न चीनमा पर्यटकको भीड, गैँडा संरक्षणमा दुई देशको सहकार्य



हाम्रो इकोनोमि

 

चीनलाई चितवनबाट उपहारको रुपमा दिइएका ‘सोल्टी’ र ‘मितिनी’ नामका दुई गैँडा हेर्न चीनको साङ्हाई चिडियाखानामा पर्यटकको भीड लाग्न थालेको छ ।

चीनमा एक शताव्दी अघि नै लोप भइसकेको दुर्लभ एक सिङ्गे गैँडा देखेपछि चीनमा पर्यटकको आकर्षण बढेको हो ।

 

 

साङहाई वन्यजन्तु चिडियाखानाले गत सातामात्र चितवनबाट लगिएका गैंडाको जोडी सोल्टी र मितिनी अवलोकन गर्न सर्वसाधारणलाई खुला गरेको थियो ।

यो चिडियाखानामा सर्वसाधारण र विदेशी पर्यटकसमेत जाने गरेका छन् । यसबाट

चिनियाँ पर्यटक नेपाल भ्रमणमा आकर्षित तान्न समेत मद्दत पुग्ने बताइएको छ ।

०७५ चैत ९ मा नेपालले चीनलाई उपहारस्वरूप सोल्टी र मितिनी नामका एक जोडी गैंडा दिएको थियो ।

चिनियाँहरूले विश्वकै दुर्लभ जन्तुमा गनिने एकसिंगे गैंडा हेर्न पाउँदा निकै उत्साहित छन् ।

गैंडा हेर्नेको घुँइचो लागेको सङ्घाई चिडियाखानाले जनाएको छ ।  गैंडा पाएपछि चिडियाखानाले गत सेप्टेम्बरमा सार्वजनिक कार्यक्रम नै गरेको थियो।

त्यसमा चीनका लागि नेपाली राजदूत लीलामणि पौडेल, चीनको राष्ट्रिय वन तथा घाँसेमैदान प्रशासनका उप–निर्देशक ली छुनलियाङ, साङहाई नगरपालिकाका प्रतिनिधिहरूको उपस्थिति थियो।

त्यस अवसरमा एकसिंगे गैंडा संरक्षणका लागि नेपाल–चीन सहयोग अनुसन्धानसम्बन्धी संस्था ‘नेपाल–चाइना रिसर्च कोअपरेसन अन राइनो प्रोटेक्सन’ पनि सुरु गरिएको थियो।

एकसिंगे गैंडा नेपालसहित दक्षिण एसिया तथा दक्षिण पूर्वी एसियामा पाइन्छ। तर संख्या घट्दै गएर करिब दुई हजार छ। नेपालको चितवन राष्ट्रिय निकुञ्जमा ६०० हाराहारीमा गैंडा छन् । दुर्लभ गैंडा चीनलाई हस्तान्तरण गरिएबाट दुई देश र जनताबीच मैत्री आदानप्रदानमा नयाँ सेतु थपिएको छ ।

सिन्ह्वा समाचार एजेन्सीका अनुसार यी दुई गैंडाको वजन हजार किलोग्रामभन्दा बढी भएको छ । चीनले निकै संरक्षण गरेर राखेको छ। यसबाट चीनले गैंडाको प्रजनन् गराउने अनुसन्धानकर्ताहरूले जनाएका छन् । चीनले सोल्टी र मितिनीलाई निकै स्याहार गरेर चितवनको तापक्रम मिलाएर चिडियाखानामा राखेको बताइएको छ । सात लाख ४३ हजार वर्गमिटर क्षेत्रफलमा फैलिएको सङ्घाइ चिडियाखाना चीनको दोस्रो ठूलो चिडियाखाना हो । दुई गैँडालाई दिनको ६० केजी खाना उपलब्ध गराइएको चिडियाखानाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
प्रधानमन्त्री कार्की र पूर्वराष्ट्रपति भण्डारीबीच भेटघाट

   प्रधानमन्त्री सुशीला कार्की र पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीबीच भेटवार्ता भएको छ । भण्डारी...

पोखरा विमानस्थल भ्रष्टाचारमा पाँच पूर्वमन्त्रीलाई मुद्दा

    अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा भएको भ्रष्टाचारसम्बन्धी मुद्दा...

महाधिवेशनको उद्घाटनमा सहभागी हुन पार्टीका सदस्यको घरघरमा पत्र

    नेपाल कम्युनिष्ट पार्टी (एमाले) को यही मङ्सिर २७ गतेदेखि सुरू हुने...

प्रतिनिधिसभाको उम्मेदवारका लागि रास्वपाले २५ हजार लिने

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा...