बाग्मती किनारमै दैनिक काटिन्छन् गाई ! रोक्ने कसले ?



हाम्रो इकोनोमि

 

हिन्दु आस्थाको केन्द्र पशुपतिनाथ मन्दिर आसपास र बाग्मती किनारमै दैनिक गाई काटिने गरेको खुलासा भएको छ ।

सामाजिक अभियन्ताहरुले दिनहुं जसो काटिएका गाईको अवशेष भेटाउने गरेका छन् ।

बाग्मती किनारमै दैनिक काटिन्छन् गाई ! रोक्ने कसले ?

 

 

आइतबार जोरपाटी माकलबारीमा गाई काटेर ह्याकुलो र खुट्टा लगेर भुँडीको भागमात्र छोडेको देखेपछि सरसफाई अभियानमा लागेका उत्तम पुडाशैनीले घटना सार्वजनिक गरेका छन् ।

उनले यस अघि पनि पटक पटक यस्तो घटना देखिएको बताएका छन् । यस्तो घटना सार्वजनिक भएपछि प्रहरीले अनुसन्धान सुरु गरेको छ ।

सोमबार बाग्मती सरसफाई अभियन्ता उत्तम पुडासैनीलगायतले जोरपाटी नजिकै माकलबारीमा गाई काटेको देखेपछि प्रहरीलाई खबर गरेका थिए।

गाईको खुट्टा र ह्याकुल्लो मात्रै लगेर बाँकी भाग त्यही छोडेको अवस्थामा सोमबार उनीहरुले क्षत–विक्षत अवस्थामा दुई गाई फेला पारे पछि प्रहरीलाई खबर गरेका हुन् ।

पुडासैनीले देखेपछि प्रहरीलाई खबर गरेलगत्तै महानगरीय प्रहरी वृत्त बौद्धको टोली घटनास्थल पुगेको थियो ।

प्रहरीले घटनास्थलको मुचुल्का उठाएर अनुसन्धान थालेको जनाएको छ ।

अभियन्ता पुडासैनीले जोरपाटी क्षेत्रमा गाईको मासुको अवैध व्यापार गर्ने गिरोह नै सकृय रहेको बताएका छन् । उनीहरुले ‘गौ हत्या’ गर्दै आएको दाबी गरे।

‘गाईलाई कुनै जनावरले खाएको जस्तो लाग्दैन। खुट्टा धारिलो हतियारले काटेको जस्तो देखिन्छ’, उनले भने, ‘पटकपटक यहाँ यस्ता घटना भइरहँदा पनि प्रहरी प्रशासनले अनुसन्धानमा चासो नदिएको भन्दै गुनासो गरेका छन् ।

महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रमुख डीआइजी शैलेश थापा क्षेत्रीले गाई काटेको घटनाबारे अनुसन्धान भइरहेको बताए।

पुडासैनीले जोरपाटी क्षेत्रमै दर्जनौ गाई खाल्टो खनेर पुरेको बताए। मंगलबार बिहान मात्रै गुह्श्वरी क्षेत्रमा आठ वटा बाछाबाछी पुरेको जानकारी पुडासैनीले दिए।

छाडा गाई बाछाको संरक्षणका लागि पटक–पटक पशुपती क्षेत्र विकास कोषलाई गुहार लगाउँदा पनि मौनता सांधेको भन्दै कोषको त्यस्तो ब्यवहारले आफुहरु आश्चर्यमा परेको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस
गगनले कांग्रेस छिन्नभिन्न बनाएको मोहन बस्नेतको आरोप

    नेपाली कांग्रेसका इतर पक्षका नेता मोहन बस्नेतले गगन थापाको महत्त्वाकाङ्क्षा र...

राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट ७० अर्ब रकम संकलन गर्ने

    बैंकिङ प्रणालीमा उपलब्ध तरलता व्यवस्थापन गर्ने उद्देश्यले नेपाल राष्ट्र बैंकले ७०...

नबिल बैंकले सेयरधनीलाई १५.८०% लाभांश र ५% बोनस सेयर दिने

    नबिल बैंक लिमिटेडका सेयरधनीले आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट १५.८० प्रतिशत...

सशस्त्र प्रहरीका एआईजी वंशी दाहाललाई बर्खास्त गर्न सिफारिस

    चोलेन्द्रशमशेर जबरालाई प्रहरीले नियन्त्रणमा लिएपछि सूचना चुहावटको आरोपमा निलम्बनमा परेका सशस्त्र...