जनमुक्ति सेनाका प्रथम जनरल स्टाफ को को थिए र पहिलो आक्रमण कहा, कसको कमान्ड भयो ?



हाम्रो इकोनोमि

 

राजतन्त्रत्मक शासनकाे अन्त्य तथा संघिय लाेकतान्त्रिक गणतन्त्र स्थापनामा जनमुक्ति सेना नेपालकाे ठुलाे याेगदान रहेकाे छ।

माअाेबादी जनयुद्धका क्रममा तत्कालीन नेपाल प्रहरी,सशत्र प्रहरी, शाहि नेपाली सेनाकाे सामना गरेर गणतन्त्र स्थापनाकाे मुख्य बल जनसेना रहयाे।

लडाकु दल,सुरक्षा दल,स्वयंसेवक दलमा सिमित संरचना २०५३ काे पार्टी केसकाे बैठकले “याेजनाबद्द छापामार युद्ध काे बिकाश गराै” भन्ने नारा सहित जनयुद्ध काे दाेर्श्राे याेजना सार्बजनिक गर्याे।

र अाैपचारिक हिसावले छापामार नामक शैन्य संरचना घाेषणा गर्याे। “छापामार”स्क्वार्ड” “एस टि एफ”र जनमिलिसिया जस्ता संरचना हरु बने।

हाेलेरी अाठबिसकाेट र सिन्धुलिगढी अाक्रमणबाट सुरुवात फाैजी हमला डाेल्पाकाे दुनै लगायत करिव तीन दर्जन भन्दाबढी फाैजी कार्वाही सफल पश्चात आफ्नै शैन्य संरचनाको निमाणमा लागेकाे माअाेबादी २०५७ चैत्र काे दाेश्राे राष्ट्रिय भेलाले सेना निमाणकाे मार्ग चित्र काेर्याे २०५८ मंसिरमा राेल्पाकाे कुरेलि गाउमा अध्यक्ष प्रचण्ड सहितका नेताहरुकाे उपस्थित मा जनमुक्ति सेना नेपालकाे घाेषणा गर्याे।

सर्बोच्च कमान्डर प्रचण्ड र जनरल स्टाफ अनन्त पासाङ र प्रभाकारकाे बन्याे। तीन वटा ब्रिगेड घाेषणा भए ।

त्यसको अाैपचारीक घाेषणाकाे रुपमा २०५८/८/८ गते दाङको सदरमुकाम घाेराही स्याङ्जाकाे सदरमुकाम पुतलीबजार मा शाहिसेनासग पहिलो लडाइ लडे ।

२०५९ मा राेल्पामा ३ डिभिजनकाे घाेषणा गरियाे र पुर्वमा अनन्त मध्यमा पासाङ र पश्चिम मा प्रभाकर कमान्डर बने।

यस्तो थियाे जनमुक्ति सेनाकाे शैन्य संरचना
मुख्यालय
सर्वाेच्च कमान्डर  पुष्पकमल दाहाल प्रचण्ड
पश्चिम डिभिजन
कमिसार/कमान्डर  देव गुरुङ /प्रभाकर
मध्य डिभिजन
कमिसार/कमान्डर  दिवाकर/पासाङ
पुर्वी डिभिजन
कमिसार/कमान्डर  बादल/अनन्त
ब्रिगेड, कमिसार र कमान्डर
मंगलसेन स्मृति पहिलाे ब्रिगेड     सुनिल/बिबेक
घाेराही सतबरिया दाेश्राे बिग्रेड    उद्दव/जित
लिस्ने गाम स्मृति तेस्रो ब्रिगेड     जीवन/सन्जय
बाशुस्मृति चाैथाे ब्रिगेड          उत्तम/प्रतीक्षा
बेथान स्मृति पाचौं ब्रिगेड        विश्व/प्रमाेद
साेलु सल्लेरी स्मृति छैटौं ब्रिगेड    सन्ताेेष/पावेल
मेचिकाेसी साताै ब्रिगेड   परवना/सन्जिव
बहुबिर याैद्दा अाठाै ब्रिगेड    प्रतीक/कुबेर
परिवर्तन स्मृति नवाै ब्रिगेड    रेश्मि /मदन

प्रतिक्रिया दिनुहोस
अब स्थानीय तहबाटै नापी र मालपोतको सेवा

    स्थानीय तहबाटै नापी तथा मालपोत सेवा दिन २०७ वटा पालिका इच्छुक...

किष्ट हस्पिटल नेपालकै उच्च सफल कलेजो प्रत्यारोपण दरको कीर्तिमान कायम

    किष्ट टिचिङ हस्पिटलले ग्यास्ट्रो विभागको नेतृत्वमा अंग प्रत्यारोपण सेवामा ऐतिहासिक सफलता...

सरकारले लोकतन्त्रको खिलाफमा कदम चाल्यो : प्रचण्ड

   नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बोलाइसकेको संसद् रोकेर अध्यादेश...

आयातित वस्तुको एमआरपीमा सरकार लचक

    आयातित मालवस्तुमा अनिवार्य रूपमा अधिकतम खुद्रा मूल्य (एमआरपी) उल्लेख गर्नुपर्ने व्यवस्थाले...