यस्तो छ मौसम विज्ञको ३ दिनको गणितिय पूर्वानुमान, फेरि पनि हावाहुरि सहित मेघ गर्जनका साथ वर्षा हुने



हाम्रो इकोनोमि

 

सोमबार बेलुकी बारा र पर्सा आएको आँधीहुरीको बारे कनै पूर्वानुमान तथा केहि सुइको समेत नपाएका मौसम विज्ञले तिनदिने मौसमका बारेमा गणितिय पूर्वानुमान गरेका छन् ।

 

आज चैत्र २० गते बुधवारको मौसम पूर्वानुमान अनुसार दिउँसोः देशको पुर्वी भु–भाग लगायत मध्य पहाडी तथा पश्चिमी पहाडी भू–भागहरुमा आंशिक देखी सामान्य बदली रहनेछ भने बाँकी भू–भागहरुमा आंशिक बदलि रहनेछ । देशको पुर्वी भू–भागका थोरै स्थानमा, मध्य तथा पश्चिमी भु–भागका एक दुई स्थानमा मेघ गर्जनका साथ हावाहुरि सहित क्षणिक वर्षाको संभावना देखिन्छ।

 

रात्री देशको पुर्वी भु–भाग लगायत मध्य पहाडी तथा पश्चिमी पहाडी भू–भागहरुमा आंशिक देखी सामान्य बदली रहनेछ भने बाँकी भू–भागहरुमा आंशिक बदलि रहनेछ । पहाडी भू–भागहरुका एक–दुइ स्थानमा मेघ गर्जनका सहित क्षणिक वर्षाको संभावना देखिन्छ।

 

यसैगरि भोलि चैत्र २१ गते बिहिबारका दिन दिउँसोः देशको पुर्वी र मध्य भु–भाग लगायत पश्चिमी पहाडी भू–भागहरुमा आंशिक देखी सामान्य बदली रहनेछ भने बाँकी भू–भागहरुमा आंशिक बदलि रहनेछ । देशको पुर्वी र मध्य भू–भागका केहि स्थानमा तथा पश्चिमी भु–भागका थोरै स्थानहरुमा मेघ गर्जन सहित क्षणिक वर्षाको संभावना देखिन्छ।

 

चैत २१ गते विहिबार रात्रीको समयमा देशको पुर्वी र मध्य भु–भाग लगायत पश्चिमी पहाडी भू–भागहरुमा आंशिक देखी सामान्य बदली रहनेछ भने बाँकी भू–भागहरुमा आंशिक बदलि रहनेछ । देशको पुर्वी भू–भागका थोरै स्थानमा, मध्य तथा पश्चिमी भु–भागका १÷२ स्थानहरुमा मेघ गर्जन सहित क्षणिक वर्षाको संभावना देखिन्छ।

 

यसैगरि पर्सि चैत्र २२ गते शुक्रबारको दिन दिउँसोः देशको पुर्वी र मध्य भु–भाग लगायत पश्चिमी पहाडी भू–भागहरुमा आंशिक देखी सामान्य बदली रहनेछ भने बाँकी भू–भागहरुमा आंशिक बदलि रहनेछ । देशको पुर्वी भू–भागका केहि स्थानमा, मध्य तथा पश्चिमी भु–भागका थोरै स्थानहरुमा मेघ गर्जन सहित हल्का देखि मध्ययम वर्षाको संभावना देखिन्छ।

 

चैत्र २२ गते शुक्रबार रात्रीको समयमा देशको पुर्वी र मध्य भु–भाग लगायत पश्चिमी पहाडी भू–भागहरुमा आंशिक देखी सामान्य बदली रहनेछ भने बाँकी भू–भागहरुमा आंशिक बदलि रहनेछ । देशको पुर्वी भू–भागका थोरै स्थानमा, मध्य तथा पश्चिमी भु–भागका १÷२ स्थानहरुमा मेघ गर्जन सहित हल्का देखि मध्ययम वर्षाको संभावना देखिन्छ।

प्रतिक्रिया दिनुहोस
गगनले कांग्रेस छिन्नभिन्न बनाएको मोहन बस्नेतको आरोप

    नेपाली कांग्रेसका इतर पक्षका नेता मोहन बस्नेतले गगन थापाको महत्त्वाकाङ्क्षा र...

राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट ७० अर्ब रकम संकलन गर्ने

    बैंकिङ प्रणालीमा उपलब्ध तरलता व्यवस्थापन गर्ने उद्देश्यले नेपाल राष्ट्र बैंकले ७०...

नबिल बैंकले सेयरधनीलाई १५.८०% लाभांश र ५% बोनस सेयर दिने

    नबिल बैंक लिमिटेडका सेयरधनीले आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट १५.८० प्रतिशत...

सशस्त्र प्रहरीका एआईजी वंशी दाहाललाई बर्खास्त गर्न सिफारिस

    चोलेन्द्रशमशेर जबरालाई प्रहरीले नियन्त्रणमा लिएपछि सूचना चुहावटको आरोपमा निलम्बनमा परेका सशस्त्र...