एनसेल विरुद्ध सुरु भयो यस्तो महाअभियान, नायिका थापाको यस्तो अनुरोध ?



हाम्रो इकोनोमि

 

लामो समय देखि नेपालमा कर छलिको आरोप खेप्दै आएको एनसेल विरुद्ध अर्को अभियान सुरु गरिएको छ । नीजि क्षेत्रको सबैभन्दा पहिलो दुर सञ्चार सेवा प्रदायक कम्पनी एनसेल विरुद्ध विप्लव समुहले समयसमयमा आक्रमण गर्ने गरेको छ । केही दिन पहिले पनि विप्लव समुहले देश भरि भएका एनसेल टावरमाथि आक्रमण गरेको थियो । एनसेल मुख्यालय नख्खुमा भएको आक्रमणमा एक जनाले ज्यान समेत्त गुमाउनु परेको थियो ।

 

विप्लव माओवादीका पछिल्ला गतिविधिलाई लिएर सरकारले विप्लवमाथि प्रतिवन्ध लगाएर नेता तथा कार्यकर्तालाई कारवाही थालेको छ । यो सँगै अहिले विप्लव समुहका नेताहरुले भ्रष्ट्रचारको विषयलाई मुख्य रुपमा उठाएको छ । विप्लवको उक्त अभियानमा अहिले ठुलो जमात एक ठाउँमा आएका छन् ।

 

यो बिचमा लामो समय मानिसका जीवन रुपान्तरणबारे बहस गर्दै आएका नर बहादुर कार्कीले नयाँ अभियानको थालनी गरेका छन् । उनको यो अभियानमा चर्चित नायिका रेखा थापालाई पनि साथमा देखिएको छ ।

उनले आज एक स्टाटस राख्दै लेखेका छन्, ‘एनसेलको सिम फर्काउने आन्दोलन जरुरी भो । जनताको पैसा ७३ अर्ब छली गरेको हो, मिलेमतोमा ढाक्न खोजिन्छ, हक माग्दा दमन गरिन्छ भने हेरेर नबसौ । पसिना बगाएको पैसा एनसेले खान्छ भने भोली अरुण, कर्णाली, सेतीले पनि ठग्छन ।

 

सजिलो बिद्रोह गरौ–एनसेलको को सिम फर्काउन सुर गरौ । एउटा सिम फर्काएर सेयर पनि गर्नुस् । देखाइदिउ कि हामी देश लुटन दिदैनौ ।’उनको यो स्टाटसलाई साभार गर्दै नायिका थापाले पनि आफु यस अभियानमा भएको जिकिर गरेकी छिन् । उनले यस कुरामा प्रतिकृया जनाउँदै आफु यो अभियानमा लागेको जनाएकी हुन् ।

प्रतिक्रिया दिनुहोस
गगनले कांग्रेस छिन्नभिन्न बनाएको मोहन बस्नेतको आरोप

    नेपाली कांग्रेसका इतर पक्षका नेता मोहन बस्नेतले गगन थापाको महत्त्वाकाङ्क्षा र...

राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट ७० अर्ब रकम संकलन गर्ने

    बैंकिङ प्रणालीमा उपलब्ध तरलता व्यवस्थापन गर्ने उद्देश्यले नेपाल राष्ट्र बैंकले ७०...

नबिल बैंकले सेयरधनीलाई १५.८०% लाभांश र ५% बोनस सेयर दिने

    नबिल बैंक लिमिटेडका सेयरधनीले आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट १५.८० प्रतिशत...

सशस्त्र प्रहरीका एआईजी वंशी दाहाललाई बर्खास्त गर्न सिफारिस

    चोलेन्द्रशमशेर जबरालाई प्रहरीले नियन्त्रणमा लिएपछि सूचना चुहावटको आरोपमा निलम्बनमा परेका सशस्त्र...