आज हावाहुरीसहित भारी वर्षाको सम्भावना, मौसमविद्को यस्तो चेतावनी



हाम्रो इकोनोमि

 

हालै बारा पर्सामा आएको हावाहुरीको कारण ठुलो विपत्त आएको छ । यो सँगै देशभरको मौसम मंगलबार आंशिकदेखि सामान्य बदली हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । पूर्वी क्षेत्र तथा मध्य क्षेत्रको पहाडी इलाकामा आंशिकदेखि सामान्य बदली हुने र देशका अरु क्षेत्रको मौसम आंशिकदेखि सामान्य बदलीको सम्भावना रहेको मौसमविद गंगा नगरकोटीले बताएकी छन् ।

 

बेलुका तिर पूर्वका थोरै तथा मध्य र पश्चिमका पहाडी इलाकाका एक–दुई ठाउँमा मेघ गर्जनसहित क्षणिक वर्षाको सम्भावना रहेको छ । यस्तै हावाहुरी चल्ने सम्भावना पनि रहेको मौसमविद नगरकोटीले बताएकी छन् ।

 

विशेष गरि तराईका क्षेत्रमा दिउँसो तीनबजेपछि हावाहुरी चल्न सक्ने भएकाले सचेत रहनु पर्ने मौसमविदको भनाई छ । आइतबार बेलुका आएको हावाहुरीका कारण बारा र पर्सामा २९ जनाको ज्यान गएको थियो । आइतबार बेलुका चलेको हावाको गति कम्तिमा ५० नट्स अर्थात २५ मिटर प्रति सेकेण्डको रहेको जनाइएको छ ।

 

नजिकै मौसम पूर्वानुमान स्टेशनको अभाव तथा सुक्ष्म अध्ययन गर्ने प्रविधिको अभावका कारण पूर्वानुमान गर्न कठिन भएको मौसमविदको भनाई छ । जनशक्ति र प्रविधिको व्यवस्थ गर्न सकिएमा यस्ता खालका विपदको पूर्वानुमान गर्न सकिने उनीहरुले बताएका छन् । जारी मिति : चैत्र १९ गते (मंगलबार) बिहान ६:०० बजे

 

चैत्र १९ गते (मंगलबार) : दिउँसोः देशको पुर्वी लगायात मध्य पहाडी तथा पश्चिमी पहाडी भू-भागहरुमा आंशिक देखी सामान्य बदली रहनेछ भने बाँकी भू-भागहरुमा आंशिक बदलि रहनेछ ।

 

अपरान्ह पश्चात देशको पुर्वी भू-भागका थोरै स्थानहरुमा र पश्चिमी पहाडी तथा मध्य पहाडी भु-भागका एक दुइ स्थानमा मेघ गर्जनका साथ हावाहुरी सहित क्षणिक वर्षाको संभावना देखिन्छ।

 

राति: देशको पुर्वी भू-भाग लगायात मध्य पहाडी भु-भागमा आंशिक बदली रहनेछ बाँकी भू-भागहरुको मौसम सामान्यतया सफा रहनेछ । देशको पुर्वी भू-भागका एक दुइ स्थानमा मेघ गर्जन सहित क्षणिक वर्षाको संभावना देखिन्छ।

 

चैत्र २० गते (बुधबार) : दिउँसोः देशको पुर्वी भु-भाग लगायत मध्य पहाडी तथा पश्चिमी पहाडी भू-भागहरुमा आंशिक देखी सामान्य बदली रहनेछ भने बाँकी भू-भागहरुमा आंशिक बदलि रहनेछ ।

 

अपरान्ह पश्चात देशको पुर्वी पहाडी भू-भागका थोरै स्थानमा, मध्य पहाडी तथा पश्चिमी पहाडी भु-भागका एक दुइ स्थानमा मेघ गर्जनका साथ हावाहुरी सहित क्षणिक वर्षाको संभावना देखिन्छ।राति: देशको पहाडी भू-भागहरुमा आंशिक बदली रहनेछ भने बाँकी भू-भागहरुको मौसम सामान्यतया सफा रहनेछ ।

 

चैत्र २१ गते (बिहिबार) :दिउँसोः देशको पुर्वी भु-भाग लगायत मध्य पहाडी तथा पश्चिमी पहाडी भू-भागहरुमा आंशिक देखी सामान्य बदली रहनेछ भने बाँकी भू-भागहरुमा आंशिक बदलि रहनेछ ।

 

अपरान्ह पश्चात देशको पुर्वी पहाडी भू-भागका थोरै स्थानमा, मध्य पहाडी तथा पश्चिमी पहाडी भु-भागका एक दुइ स्थानमा मेघ गर्जन सहित क्षणिक वर्षाको संभावना देखिन्छ। राति: देशका पहाडी भू-भागहरुमा आंशिक बदली रहनेछ भने बाँकी भू-भागहरुको मौसम सामान्यतया सफा रहनेछ ।

प्रतिक्रिया दिनुहोस
गगनले कांग्रेस छिन्नभिन्न बनाएको मोहन बस्नेतको आरोप

    नेपाली कांग्रेसका इतर पक्षका नेता मोहन बस्नेतले गगन थापाको महत्त्वाकाङ्क्षा र...

राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट ७० अर्ब रकम संकलन गर्ने

    बैंकिङ प्रणालीमा उपलब्ध तरलता व्यवस्थापन गर्ने उद्देश्यले नेपाल राष्ट्र बैंकले ७०...

नबिल बैंकले सेयरधनीलाई १५.८०% लाभांश र ५% बोनस सेयर दिने

    नबिल बैंक लिमिटेडका सेयरधनीले आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट १५.८० प्रतिशत...

सशस्त्र प्रहरीका एआईजी वंशी दाहाललाई बर्खास्त गर्न सिफारिस

    चोलेन्द्रशमशेर जबरालाई प्रहरीले नियन्त्रणमा लिएपछि सूचना चुहावटको आरोपमा निलम्बनमा परेका सशस्त्र...