भिनाजुसंग लभ परेपछि श्रीमानको हत्या !



हाम्रो इकोनोमि

 

बुटवलको मैनाबगरमा भएको भारतीय नागरिक फिरोज खानको हत्यामा श्रीमती र साढु दाइको संलग्नता रहेको खुलेको छ । मैनाबगरको एक मोटर पार्टस वर्कसपमा काम गर्ने ४३ वर्षका खानको हत्यामा ३० वर्षकी श्रीमती साइना खातुन र खातुनका भिनाजु भारतीय नागरिक कादिर अन्सारीको संलग्नता खुल्न आएको प्रहरीले जनाएको छ ।

 

इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख डीएसपी डिलबहादुर मल्लका अनुसार खानको हत्यामा संलग्नको आशंका गरिएका अन्सारी भारत बिहारको बेतिया जिल्ला पश्चिम चम्पारणका नागरिक हुन् । खानको हत्यामा कटुवा पेस्तोल प्रयोग भएको खुलेको थियो । खानको हत्या गरेर अन्सारी भारततिरै भागेको प्रहरीले बताएको छ ।

 

अन्सारी र खातुन विगत केही वर्षदेखि सम्बन्धमा रहेको खुल्न आएको प्रहरीले जनाएको छ । अन्सारीकी श्रीमतीको एक वर्षअघि मृत्यु भएपछि खातुनसंग उनको भेटघाट बाक्लिएको थियो । फिरोजलाई उनै अन्सारीको योजना र श्रीमती खातुनको सहमतिमा हत्या गरिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले बताएको छ ।

 

प्रहरीका अनुसार फिरोजको बुटवल १ गढिटोलस्थिल आफ्नै डेरा अगाडि गोली हानेर हत्या हुँदा श्रीमती खातुन छोराहरुसँगै कोठाभित्र थिइन् । छोराहरुले बाहिर के को आवाज आयो हेर्न जाऔं भनेर निस्कन खोज्दा खातुनले बाहिर जान नदिएको प्रहरीसंग बताएपछि शंकाको सुई खातुनतिरै सोझिएको र उनीमाथि अनुसन्धान गरिएको प्रहरीले जनाएको छ ।

 

खातुनले प्रहरीसँग दुई दिनसम्म भिनाजु अन्सारीको मोबाइल नम्बर आफूलाई थाहा नभएको बताएकी थिइन् । तर मोबाइलको कल डिटेल हेर्दा उनले अन्सारीसंग पहिले गरेको फोन रेकर्ड भने डिलिट गर्दै आएको बयानमा बताएकी प्रहरीले जानकारी दिएको छ ।

 

अन्सारीलाई पक्राउ गर्न भारतीय सुरक्षा निकायसंग समन्वय गरिने डीएसपी मल्लले बताए । मृतक खान बुटवल उपमहानगरपालिका वडा नं. १ मैनावगरस्थित ज्योति इन्जिनियरिङ वर्कसपमा १५ वर्षदेखि काम गर्दै आएका थिए ।

प्रतिक्रिया दिनुहोस
आईजीपी होईन, तातोपानी नाका चलाऊ : गोकुल बाँस्कोटा

    नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले सरकारलाई नेपाल प्रहरीका महानिरीक्षकको विषयमा अल्झिनुभन्दा...

काठमाडौं उपत्यकाबाट सबै जिल्लावासीले नागरिकताको प्रतिलिपि पाउने

    अन्य जिल्लाका नेपाली नागरिकले पनि अब काठमाडौं उपत्यकाबाट नागरिकताको प्रतिलिपि लिन...

आनीको नियुक्तिप्रति कांग्रेसको पनि आपत्ति

    लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिलाई लिएर प्रमुख प्रतिपक्षी...

बैंकहरूको गैरबैंकिङ सम्पत्ति ४७ अर्ब नाघ्यो

    वाणिज्य बैंकहरूमा कर्जा असुली तथा धितो व्यवस्थापनसँग जोडिएको गैरबैंकिङ सम्पत्तिको आकार...