भिनाजुसंग लभ परेपछि श्रीमानको हत्या !



हाम्रो इकोनोमि

 

बुटवलको मैनाबगरमा भएको भारतीय नागरिक फिरोज खानको हत्यामा श्रीमती र साढु दाइको संलग्नता रहेको खुलेको छ । मैनाबगरको एक मोटर पार्टस वर्कसपमा काम गर्ने ४३ वर्षका खानको हत्यामा ३० वर्षकी श्रीमती साइना खातुन र खातुनका भिनाजु भारतीय नागरिक कादिर अन्सारीको संलग्नता खुल्न आएको प्रहरीले जनाएको छ ।

 

इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख डीएसपी डिलबहादुर मल्लका अनुसार खानको हत्यामा संलग्नको आशंका गरिएका अन्सारी भारत बिहारको बेतिया जिल्ला पश्चिम चम्पारणका नागरिक हुन् । खानको हत्यामा कटुवा पेस्तोल प्रयोग भएको खुलेको थियो । खानको हत्या गरेर अन्सारी भारततिरै भागेको प्रहरीले बताएको छ ।

 

अन्सारी र खातुन विगत केही वर्षदेखि सम्बन्धमा रहेको खुल्न आएको प्रहरीले जनाएको छ । अन्सारीकी श्रीमतीको एक वर्षअघि मृत्यु भएपछि खातुनसंग उनको भेटघाट बाक्लिएको थियो । फिरोजलाई उनै अन्सारीको योजना र श्रीमती खातुनको सहमतिमा हत्या गरिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले बताएको छ ।

 

प्रहरीका अनुसार फिरोजको बुटवल १ गढिटोलस्थिल आफ्नै डेरा अगाडि गोली हानेर हत्या हुँदा श्रीमती खातुन छोराहरुसँगै कोठाभित्र थिइन् । छोराहरुले बाहिर के को आवाज आयो हेर्न जाऔं भनेर निस्कन खोज्दा खातुनले बाहिर जान नदिएको प्रहरीसंग बताएपछि शंकाको सुई खातुनतिरै सोझिएको र उनीमाथि अनुसन्धान गरिएको प्रहरीले जनाएको छ ।

 

खातुनले प्रहरीसँग दुई दिनसम्म भिनाजु अन्सारीको मोबाइल नम्बर आफूलाई थाहा नभएको बताएकी थिइन् । तर मोबाइलको कल डिटेल हेर्दा उनले अन्सारीसंग पहिले गरेको फोन रेकर्ड भने डिलिट गर्दै आएको बयानमा बताएकी प्रहरीले जानकारी दिएको छ ।

 

अन्सारीलाई पक्राउ गर्न भारतीय सुरक्षा निकायसंग समन्वय गरिने डीएसपी मल्लले बताए । मृतक खान बुटवल उपमहानगरपालिका वडा नं. १ मैनावगरस्थित ज्योति इन्जिनियरिङ वर्कसपमा १५ वर्षदेखि काम गर्दै आएका थिए ।

प्रतिक्रिया दिनुहोस
गगनले कांग्रेस छिन्नभिन्न बनाएको मोहन बस्नेतको आरोप

    नेपाली कांग्रेसका इतर पक्षका नेता मोहन बस्नेतले गगन थापाको महत्त्वाकाङ्क्षा र...

राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट ७० अर्ब रकम संकलन गर्ने

    बैंकिङ प्रणालीमा उपलब्ध तरलता व्यवस्थापन गर्ने उद्देश्यले नेपाल राष्ट्र बैंकले ७०...

नबिल बैंकले सेयरधनीलाई १५.८०% लाभांश र ५% बोनस सेयर दिने

    नबिल बैंक लिमिटेडका सेयरधनीले आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट १५.८० प्रतिशत...

सशस्त्र प्रहरीका एआईजी वंशी दाहाललाई बर्खास्त गर्न सिफारिस

    चोलेन्द्रशमशेर जबरालाई प्रहरीले नियन्त्रणमा लिएपछि सूचना चुहावटको आरोपमा निलम्बनमा परेका सशस्त्र...