राति नै कता हरायो त्रिपाल ? पीडित भन्छन्- पक्कीघरतिर गयो !



हाम्रो इकोनोमि

 

आँधीपीडितहरुको गासबासको अवस्था बुझ्न अनलाइनखबरको टोली सोमबार राति बाराको भलुवी भरवलिया टोलमा पुग्यो । हाम्रो टोली त्यहाँ राति ९ बजेसम्म बस्यो । गाउँमा अचम्म के देखियो भने सरकारी पक्षबाट त्रिपाल र म्याट लगायतका सामाग्रीहरु पुगेको भएता पनि पीडितहरु खुल्ला आकाशमुनि असरल्लै भेटिए । त्रिपाल र म्याट कसले कहाँ लग्यो, पीडितले पत्तो नभएको बताए ।

 

बालबच्चालाई भुइँमा सुताएर मच्छड धपाइरहेका पीडितहरुले त्रिपाल र म्याट पक्की घरहरुतिर गएको र आफूहरुले नपाएको गुनासो सुनाए । उनीहरुले भनेजस्तै त्रिपालहरु पक्की घरमै पुगे वा अन्तै गायव भए, हामीले पत्तो पाउन सकेनौं । राति ९ बजेसम्म छाप्राहरुमा त्रिपाल आइपुगेको थिएन ।

 

सामुहिक मेसमा दालभात पाकिरहेको थियो । खानाको सामान्य व्यवस्था भए पनि बासको प्रवन्ध नहुँदा मानिसहरु भत्किएको घरमा लामखुट्टेको सामना गर्दै रात गुजारिरहेको अवस्थामा भेटिए ।

 

बाराको भलुवी भरवलिया आँधीले धेरै क्षति पुर्‍याएको गाउँमध्येमा पर्छ । यो गाउँको केही भाग कलैया नगरपालिकाको वडा नम्बर १८ मा पर्छ भने केही भागचाहिँ फेटा गाउँपालिका अन्तरगत पर्छ ।

 

एउटै टोल बेग्लाबेग्लै नगरपालिका र गाउँपालिकामा परेका कारणले गर्दा पनि एउटा स्थानीय तहबाट आएको राहत सामाग्री छिमेककै अर्को घरमा नपुगेको हुन सक्ने कतिपयले सुनाए । टोलका केही परिवारले भने नयाँ त्रिपाल आागनमा टाँगेको देखिन्थ्यो ।

प्रतिक्रिया दिनुहोस
गगनले कांग्रेस छिन्नभिन्न बनाएको मोहन बस्नेतको आरोप

    नेपाली कांग्रेसका इतर पक्षका नेता मोहन बस्नेतले गगन थापाको महत्त्वाकाङ्क्षा र...

राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट ७० अर्ब रकम संकलन गर्ने

    बैंकिङ प्रणालीमा उपलब्ध तरलता व्यवस्थापन गर्ने उद्देश्यले नेपाल राष्ट्र बैंकले ७०...

नबिल बैंकले सेयरधनीलाई १५.८०% लाभांश र ५% बोनस सेयर दिने

    नबिल बैंक लिमिटेडका सेयरधनीले आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट १५.८० प्रतिशत...

सशस्त्र प्रहरीका एआईजी वंशी दाहाललाई बर्खास्त गर्न सिफारिस

    चोलेन्द्रशमशेर जबरालाई प्रहरीले नियन्त्रणमा लिएपछि सूचना चुहावटको आरोपमा निलम्बनमा परेका सशस्त्र...