दैलेख केन्द्रबिन्दु भएर ४ दशमलव १ रेक्टर स्केलको भूकम्प



हाम्रो इकोनोमि

 

सोमबार राति दैलेख केन्द्रबिन्दु भएर भूकम्प गएको छ । राति ८ बजेर ४७ मिनेटमा दैलेखको भवानी केन्द्रबिन्दु भएर ४ दशमलव १ रेक्टर स्केलको भूकम्प गएको भूकम्प मापन केन्द्र, सुर्खेतले जनाएको छ ।

 

सोमबार साँझ भूकम्प गएको समयमा नै मेघ गर्जनसहित हावाहुरी पनि चलेकाले जनजीवन त्रसित बनेको थियो । राति साढे ८ बजेतिर सुरु भएको हावाहुरी करिब आधा घण्टा चलेको थियो । हावाहुरीसँगै परेको चट्टयाङ लागेर महाबु गाउँपालिका –४ का वडासदस्य नरेन्द्र शाही घाइते भएका छन ।

 

हावाहुरीले विद्यालयको छाना उडाएको खबर आए पनि मानवीय क्षति नभएको दैलेखका प्रमुख जिल्ला अधिकारी लक्ष्मीप्रसाद बासकोटाले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस
गगनले कांग्रेस छिन्नभिन्न बनाएको मोहन बस्नेतको आरोप

    नेपाली कांग्रेसका इतर पक्षका नेता मोहन बस्नेतले गगन थापाको महत्त्वाकाङ्क्षा र...

राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट ७० अर्ब रकम संकलन गर्ने

    बैंकिङ प्रणालीमा उपलब्ध तरलता व्यवस्थापन गर्ने उद्देश्यले नेपाल राष्ट्र बैंकले ७०...

नबिल बैंकले सेयरधनीलाई १५.८०% लाभांश र ५% बोनस सेयर दिने

    नबिल बैंक लिमिटेडका सेयरधनीले आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट १५.८० प्रतिशत...

सशस्त्र प्रहरीका एआईजी वंशी दाहाललाई बर्खास्त गर्न सिफारिस

    चोलेन्द्रशमशेर जबरालाई प्रहरीले नियन्त्रणमा लिएपछि सूचना चुहावटको आरोपमा निलम्बनमा परेका सशस्त्र...