आँधि प्रभावित क्षेत्रको उद्धारमा जुटन स्काउटका राष्ट्रिय संयोजक भण्डारीको अपिल



हाम्रो इकोनोमि

 

नेपाल स्काउटले बारा र पर्सामा आएको आँधिबाट क्षतिग्रस्त बनेका स्थानमा गएर खट्न अपिल गरेको छ । स्काउटका राष्ट्रिय संयोजक लोकबहादुर भण्डारीले सोमबार आव्हान गर्दै गहिरो दुख व्यक्त गर्नुभएको छ ।

 

‘अकल्पनिय विपतको यो घडिमा नेपाल स्काउटका विपत व्यवस्थापन तालिम प्राप्त सम्पूर्ण स्काउट, रोभर रेन्जर स्काउटका साथै अन्य मानुभावहरुलाई उद्धार, राहत जस्ता अत्यावश्यक कार्यमा स्वतस्र्फुत परिचालित हुन अपिल गर्दछौं’, उहाले विज्ञप्तीमा अगाडी भन्नुभएको छ,‘सम्वन्धि जिल्ला स्काउट कार्यालयहरुलाई उद्धार, राहत तथा स्वयमसेवक परिचालनमा आवश्यक पहल तथा समन्वय गर्न गराउन समेत यसै आव्हान मार्फत निर्देशन दिइन्छ ।’

सो आँधिबाट अहिलेसम्म ३१ जनाको ज्यान गएको समाचार छ भने कयौं घाइते भएका छन् । अधिकाशंका घर भत्किएका छन्, घाइते मध्ये धेरैलाई चोटपटक लागेको छ । घाइते मध्ये ११ जनालाई काठमाडौं ल्याइएको छ भने २ जनाको अवस्था गम्भिर रहेको त्रिवि शिक्षण अस्पतालले जनाएको छ ।

April 1, 2019मा प्रकाशित

प्रतिक्रिया दिनुहोस
राष्ट्रपति पौडेल र अर्थमन्त्री वाग्लेबीच शिष्टाचार भेट

    कार्यवाहक प्रधानमन्त्री तथा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले राष्ट्रपति रामचन्द्र पौडेलसित शिष्टाचार...

पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईको नियमित उडान

    पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईले आजदेखि दुबई–पोखरा–दुबई रुटमा नियमित उडान सुरु...

सबै पदाधिकारी खारेज गरेर एकल अध्यक्ष बन्न ओलीलाई ठाकुर गैरेको चुनौती

    एमाले केन्द्रीय सदस्य ठाकुर गैरेले अध्यक्ष केपी शर्मा ओलीको कार्यशैलीप्रति प्रश्न...

कार्यसूचीमाथि नेताहरुको आपत्ति, बैठक लम्बियो

    एमालेको जारी केन्द्रीय कमिटीको तेस्रो बैठक लम्बिएको छ । कार्यसूचीमाथि नेताहरुले...