वैदेशिक रोजगारीमा जानेहरुका लागि सरकारले ल्यायो यस्तो सुविधा



हाम्रो इकोनोमि

 

वैदेशि रोजगारीमा जाने नेपालीहरुले अनेक समस्या झेल्नुपर्ने हुन्छ । सरकारले वैदेशिक रोजगारलाई सहज बनाउँन अनेक प्रयत्न गर्दै आएको छ । यो बिचमा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले बैदेशिक रोजगारीबारे गुनासो सुन्न कल सेन्टर सञ्चालनमा ल्याएको छ ।

 

मन्त्रालयमा स्थापित गरिएको कल सेन्टरको सोमबार मन्त्री गोकर्ण विष्टले शुभारम्भ गर्नुभएको छ । कल सेन्टरमा श्रम सम्बन्ध, रोजगारी र सामाजिक सुरक्षा क्षेत्रसँग सम्वन्धित समस्या तथा गुनासो टिपाउन सकिने जनाइएको छ ।

 

मन्त्रालयकाअनुसार बैदेशिक रोजगारीका क्षेत्रमा ठगी, अलपत्र, स्वास्थ्यमा समस्या भएर नेपाल फर्कन चाहनेदेखि झुटा मुद्दाका कारण जेलमा परेकाहरुलाई निःशुल्क कानुनी सहायताका लागि आग्रह गर्न पनि सकिने मन्त्रालयले जानकारी दिएको छ ।

 

योगदानमा आधारित सामाजिक सुरक्षा, श्रम सम्बन्ध, आन्तरिक रोजगारीबारे पनि गुनासो कल सेन्टरमा सुनाउन सकिने भएको छ । कल सेन्टरमा ११४१ वा १६६००१५०००५ मा फोन गर्न सकिनेछ । विदेशमा भएकाले भने इमेल, फेसबुक, म्यासेन्जर, इमो, भाइबर जस्ता अनलाइन नेटवर्कबाट सम्पर्क गर्न सकिनेछ ।

प्रतिक्रिया दिनुहोस
गगनले कांग्रेस छिन्नभिन्न बनाएको मोहन बस्नेतको आरोप

    नेपाली कांग्रेसका इतर पक्षका नेता मोहन बस्नेतले गगन थापाको महत्त्वाकाङ्क्षा र...

राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट ७० अर्ब रकम संकलन गर्ने

    बैंकिङ प्रणालीमा उपलब्ध तरलता व्यवस्थापन गर्ने उद्देश्यले नेपाल राष्ट्र बैंकले ७०...

नबिल बैंकले सेयरधनीलाई १५.८०% लाभांश र ५% बोनस सेयर दिने

    नबिल बैंक लिमिटेडका सेयरधनीले आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट १५.८० प्रतिशत...

सशस्त्र प्रहरीका एआईजी वंशी दाहाललाई बर्खास्त गर्न सिफारिस

    चोलेन्द्रशमशेर जबरालाई प्रहरीले नियन्त्रणमा लिएपछि सूचना चुहावटको आरोपमा निलम्बनमा परेका सशस्त्र...