वैदेशिक रोजगारीमा जानेहरुका लागि सरकारले ल्यायो यस्तो सुविधा



हाम्रो इकोनोमि

 

वैदेशि रोजगारीमा जाने नेपालीहरुले अनेक समस्या झेल्नुपर्ने हुन्छ । सरकारले वैदेशिक रोजगारलाई सहज बनाउँन अनेक प्रयत्न गर्दै आएको छ । यो बिचमा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले बैदेशिक रोजगारीबारे गुनासो सुन्न कल सेन्टर सञ्चालनमा ल्याएको छ ।

 

मन्त्रालयमा स्थापित गरिएको कल सेन्टरको सोमबार मन्त्री गोकर्ण विष्टले शुभारम्भ गर्नुभएको छ । कल सेन्टरमा श्रम सम्बन्ध, रोजगारी र सामाजिक सुरक्षा क्षेत्रसँग सम्वन्धित समस्या तथा गुनासो टिपाउन सकिने जनाइएको छ ।

 

मन्त्रालयकाअनुसार बैदेशिक रोजगारीका क्षेत्रमा ठगी, अलपत्र, स्वास्थ्यमा समस्या भएर नेपाल फर्कन चाहनेदेखि झुटा मुद्दाका कारण जेलमा परेकाहरुलाई निःशुल्क कानुनी सहायताका लागि आग्रह गर्न पनि सकिने मन्त्रालयले जानकारी दिएको छ ।

 

योगदानमा आधारित सामाजिक सुरक्षा, श्रम सम्बन्ध, आन्तरिक रोजगारीबारे पनि गुनासो कल सेन्टरमा सुनाउन सकिने भएको छ । कल सेन्टरमा ११४१ वा १६६००१५०००५ मा फोन गर्न सकिनेछ । विदेशमा भएकाले भने इमेल, फेसबुक, म्यासेन्जर, इमो, भाइबर जस्ता अनलाइन नेटवर्कबाट सम्पर्क गर्न सकिनेछ ।

प्रतिक्रिया दिनुहोस
आईजीपी होईन, तातोपानी नाका चलाऊ : गोकुल बाँस्कोटा

    नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले सरकारलाई नेपाल प्रहरीका महानिरीक्षकको विषयमा अल्झिनुभन्दा...

काठमाडौं उपत्यकाबाट सबै जिल्लावासीले नागरिकताको प्रतिलिपि पाउने

    अन्य जिल्लाका नेपाली नागरिकले पनि अब काठमाडौं उपत्यकाबाट नागरिकताको प्रतिलिपि लिन...

आनीको नियुक्तिप्रति कांग्रेसको पनि आपत्ति

    लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिलाई लिएर प्रमुख प्रतिपक्षी...

बैंकहरूको गैरबैंकिङ सम्पत्ति ४७ अर्ब नाघ्यो

    वाणिज्य बैंकहरूमा कर्जा असुली तथा धितो व्यवस्थापनसँग जोडिएको गैरबैंकिङ सम्पत्तिको आकार...