मौसम विभागले किन दिएन हावाहुरीको पूर्वसूचना ? यस्तो रहेछ कारण



हाम्रो इकोनोमि

 

मौसम पूर्वानुमान नहुँदा नेपालले सधैंजसो थुप्रै जनधनको क्षति व्यहोर्न परिरहेको छ । छिमेकी मुलुकहरुमा समेत मौसमको पूर्व जानकारी दिने भएपनि नेपालमा पूर्व सूचना नहुँदा वर्षेनी कयौं नोक्सानी हुन्छ ।

 

आइतबार भारतको मौसम विज्ञान विभागले उत्तरी क्षेत्रमा आउन सक्ने आँधीको पूर्व जानकारी गराएका कारण आइतबार आएको आँधीले खासै असर गरेन । भारतका पश्चिम बंगाल, बिहार लगायतका ठाउँमा आइतबार नै सचेत गराइएको थियो भने आँधी वा हावाहुरीको चेतावनी दिइएको थियो ।

 

तर सोही प्रदेशहरुसँग सीमा जोडिएका नेपालका बारा तथा पर्सामा ठुलो जनधनको क्षति भयो । २७ जनाको मृत्यु भइसकेको छ भने सयौं घाइते छन् ।

 

नेपालको मौसम पूर्वानुमान महाशाखाले आइतबार पूर्वी र मध्यभेगमा सामान्य बदली रहने पूर्वानुमान गरेको थियो । तर सोही दिन भीषणा हावाहुरी चल्यो । यसबाट मौसम पूर्वानुमान माहाशाखाप्रति नै प्रश्न उठेको छ ।

 

पर्याप्त प्रविधि र मोडल नहुँदा आँधीको बेगबारे जानकारी पाउन नसकिएको मौसमविद्हरुले बताएका छन् । आँधीबारे अनुमान नै गर्न नसकिएको भन्दै मौसमविद्हरुले यस्तो आँधी नेपालका लागि दुर्लभ भएको बताएका छन् । यसबारे अनुसन्धान गर्नु जरुरी रहेको उनीहरुको ठम्याइ छ ।

 

संसार रुवाउँने बारा र पर्साका १० तस्वीर मन थामेर हेर्नुहास्

 

अहिले नेपाल ठुलो पिडामा छ । तराईका जिल्लाहरुमा हिजो बेलुका अचानक आएको हावा हुरीले गर्दा ३१ जनको ज्यान गएको छ । यो बिचमा प्रधानमन्त्री केपी शर्मा ओली लगायतको टोली त्यसतर्फ जाने भएको छ । प्रदेश नम्बर २ सरकारले यसलाई राष्ट्रिय शोकको रुपमा लिनुपर्ने बताएको छ ।

 

आज प्रधानमन्त्री ओलीसँग कुरा गर्दै प्रदेश प्रमुख लालबाबु राउतले राष्ट्रिय शोकको रुपमा लिन अनुरोध गर्नुभएको हो । साथैं, प्रदेश सरकारले झण्डैं चार सयको संख्यामा घाइते भएकाहरुको उपचार निःशुल्क गर्ने र मृतक परिवारलाई तीन लाख आर्थिक सहायता दिने जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
गगनले कांग्रेस छिन्नभिन्न बनाएको मोहन बस्नेतको आरोप

    नेपाली कांग्रेसका इतर पक्षका नेता मोहन बस्नेतले गगन थापाको महत्त्वाकाङ्क्षा र...

राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट ७० अर्ब रकम संकलन गर्ने

    बैंकिङ प्रणालीमा उपलब्ध तरलता व्यवस्थापन गर्ने उद्देश्यले नेपाल राष्ट्र बैंकले ७०...

नबिल बैंकले सेयरधनीलाई १५.८०% लाभांश र ५% बोनस सेयर दिने

    नबिल बैंक लिमिटेडका सेयरधनीले आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट १५.८० प्रतिशत...

सशस्त्र प्रहरीका एआईजी वंशी दाहाललाई बर्खास्त गर्न सिफारिस

    चोलेन्द्रशमशेर जबरालाई प्रहरीले नियन्त्रणमा लिएपछि सूचना चुहावटको आरोपमा निलम्बनमा परेका सशस्त्र...