हुरीले यसरी उजाडियो बाराका ग्रामिणबस्ती, केही ढलानको घर समेत लडे (फोटोफिचर)



हाम्रो इकोनोमि

 

प्रदेश २ को सरकारले आइतबार रातिको हावाहुरीबाट बारा र पर्सा जिल्लामा मृत्यु भएका परिवारलाई ३ लाख रुपैयाँ तत्कालीन राहतस्वरुप प्रदान गर्ने निर्णय गरेको छ । सोमबार बिहानै बसेको प्रदेश मन्त्रिपरिषदको बैठकले मृतकका परिवारलाई नगद राहात दिने निर्णय गरेको हो ।

 

प्राकृतिक विपतिमा परेर घाइते भएकाहरुको उपचार खर्च प्रदेश सरकारले व्यहोर्ने र घरबार गुमेकाहरुको बासस्थानका लागि प्रदेश सरकारले पहल गर्ने निर्णय गरेको मुख्यमन्त्री लालबाबु राउतले बताए ।

 

आइतबार रातिको हुरीबाट बारामा ३४ र पर्सामा १ जनाको मृत्यु भएका छ । बारा र पर्साको अस्पतालमा ६०० भन्दा बढी घाइते भएका छन । घाइतेमध्ये केहीको अवस्था गम्भीर रहेको छ ।

 

हुरीले धेरै घरहरू समेत भत्काएका कारण राति उद्धारमा कठिनाइ भएकाले अहिले पनि उद्धारको काम चलिरहेको छ । उद्धारमा सशस्त्र प्रहरी, नेपाली सेना र नेपाल प्रहरीले समन्वय गरेर काम गरिरहेका छन भने मकवानपुर र राैतहटबाट पनि थप सुरक्षाकर्मी लगिएको छ ।

प्रतिक्रिया दिनुहोस
गगनले कांग्रेस छिन्नभिन्न बनाएको मोहन बस्नेतको आरोप

    नेपाली कांग्रेसका इतर पक्षका नेता मोहन बस्नेतले गगन थापाको महत्त्वाकाङ्क्षा र...

राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट ७० अर्ब रकम संकलन गर्ने

    बैंकिङ प्रणालीमा उपलब्ध तरलता व्यवस्थापन गर्ने उद्देश्यले नेपाल राष्ट्र बैंकले ७०...

नबिल बैंकले सेयरधनीलाई १५.८०% लाभांश र ५% बोनस सेयर दिने

    नबिल बैंक लिमिटेडका सेयरधनीले आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट १५.८० प्रतिशत...

सशस्त्र प्रहरीका एआईजी वंशी दाहाललाई बर्खास्त गर्न सिफारिस

    चोलेन्द्रशमशेर जबरालाई प्रहरीले नियन्त्रणमा लिएपछि सूचना चुहावटको आरोपमा निलम्बनमा परेका सशस्त्र...