बस दुर्घटनामा २० जनाको मृत्यु



हाम्रो इकोनोमि

 

गुडिरहेको बसमा आगो लाग्दा कम्तीमा २० जनाको मृत्यु भएको छ । पेरुको राजधानी लिमामा आइतबार अबेर राती एउटा बसमा भएको आगलागीमा परी कम्तीमा २० व्यक्तिको मृत्यु भएको स्थानीय सञ्चारमाध्यमले जानकारी दिएको छ । लामो बाटोमा चल्ने यो बस लिमाबाट चिक्लायोतर्फ गइरहेको थियो ।

 

उक्त बसमा खचाखच यात्रु रहेका थिए । गुडिरहेको बसमा अकस्मात आगो लागेको थियो । उक्त आगलागीको कारण हालसम्म पत्ता लाग्न सकेको छैन । आगलागीको कारण अनुसन्धानरत रहेको प्रहरीले जानकारी दिएको छ । पेरुमा यस वर्षको शुरुबाट हालसम्म भएको यो दोस्रो ठूलो दुर्घटना हो ।

 

यसअघि पनि गत जनवरी २५ मा मध्य पेरुमा रहेको एक नदीमा बस खस्दा कम्तीका १० यात्रुको मृत्यु हुनुको साथै अन्य ३० घाइते भएका थिए । पेरुमा सवारीका साधनहरु दुर्घटनामा पर्ने घटनाहरु बारम्बार भइरहन्छन् । सिन्हवा

प्रतिक्रिया दिनुहोस
आईजीपी होईन, तातोपानी नाका चलाऊ : गोकुल बाँस्कोटा

    नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले सरकारलाई नेपाल प्रहरीका महानिरीक्षकको विषयमा अल्झिनुभन्दा...

काठमाडौं उपत्यकाबाट सबै जिल्लावासीले नागरिकताको प्रतिलिपि पाउने

    अन्य जिल्लाका नेपाली नागरिकले पनि अब काठमाडौं उपत्यकाबाट नागरिकताको प्रतिलिपि लिन...

आनीको नियुक्तिप्रति कांग्रेसको पनि आपत्ति

    लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिलाई लिएर प्रमुख प्रतिपक्षी...

बैंकहरूको गैरबैंकिङ सम्पत्ति ४७ अर्ब नाघ्यो

    वाणिज्य बैंकहरूमा कर्जा असुली तथा धितो व्यवस्थापनसँग जोडिएको गैरबैंकिङ सम्पत्तिको आकार...