बारा र पर्सामा गएको हावाहुरीको गति प्रति सेकेण्ड २५ मिटर-मौसमबिद्



हाम्रो इकोनोमि

 

आइतवार साँझ वारा र पर्सा क्षेत्रमा वितन्डा मच्चाउने हावाहुरीको बेग ५० नट्स अर्थात २५ मिटर प्रति सेकेण्ड रहेको मौसमबिद्हरुले बताएका छन् ।

गण्डकी क्षेत्रबाट उत्पन्न भएको हावाहुरी पर्सामा पुगेपछि ठुलो गतिमा बगेको थियो ।

हावाको गतिले बिद्युतका पोलदेखि सडकमा चलिरहेका ठुला गाडी समेत पल्टाएको थियो ।
गाडी, बिधुतका पोल, पर्खाल भत्किदा ३१ जनाले ज्यान गुमाईसकेका छन् भने ५०० भन्दा बढि घाइते भएका छन् ।

गण्डक क्षेत्रको पोखरा आसपासमा हावाहुरीको विकास भएको र बारा र पर्सामा पुगेपछि ठुलो बेग बनेको मौसमबिद् शान्ती कँडेलले बताएकी छिन् ।

पोखरा आसपासमा विकास भएको हावाहुरी चितवन हुँदै बारा र पर्सा पुगेको थियो ।

चितवनमा हावाको बेग कमजोर भएका कारण त्यसक्षेत्रमा कुनै क्षति हुन पाएन । तर बारा र पर्सामा पुगेपछि प्रति सेकेण्ड २५ मिटरको गतिमा हावाहुरी चलेको थियो ।

एक घण्टासम्म लगातार हावाहुरी चलेपछि मानवीय क्षति भएको हो ।

एक घण्टाको समय हावाको बेग कम भएको थिएन ।

प्रतिक्रिया दिनुहोस
गगनले कांग्रेस छिन्नभिन्न बनाएको मोहन बस्नेतको आरोप

    नेपाली कांग्रेसका इतर पक्षका नेता मोहन बस्नेतले गगन थापाको महत्त्वाकाङ्क्षा र...

राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट ७० अर्ब रकम संकलन गर्ने

    बैंकिङ प्रणालीमा उपलब्ध तरलता व्यवस्थापन गर्ने उद्देश्यले नेपाल राष्ट्र बैंकले ७०...

नबिल बैंकले सेयरधनीलाई १५.८०% लाभांश र ५% बोनस सेयर दिने

    नबिल बैंक लिमिटेडका सेयरधनीले आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट १५.८० प्रतिशत...

सशस्त्र प्रहरीका एआईजी वंशी दाहाललाई बर्खास्त गर्न सिफारिस

    चोलेन्द्रशमशेर जबरालाई प्रहरीले नियन्त्रणमा लिएपछि सूचना चुहावटको आरोपमा निलम्बनमा परेका सशस्त्र...