बारा र पर्सामा गएको हावाहुरीको गति प्रति सेकेण्ड २५ मिटर-मौसमबिद्



हाम्रो इकोनोमि

 

आइतवार साँझ वारा र पर्सा क्षेत्रमा वितन्डा मच्चाउने हावाहुरीको बेग ५० नट्स अर्थात २५ मिटर प्रति सेकेण्ड रहेको मौसमबिद्हरुले बताएका छन् ।

गण्डकी क्षेत्रबाट उत्पन्न भएको हावाहुरी पर्सामा पुगेपछि ठुलो गतिमा बगेको थियो ।

हावाको गतिले बिद्युतका पोलदेखि सडकमा चलिरहेका ठुला गाडी समेत पल्टाएको थियो ।
गाडी, बिधुतका पोल, पर्खाल भत्किदा ३१ जनाले ज्यान गुमाईसकेका छन् भने ५०० भन्दा बढि घाइते भएका छन् ।

गण्डक क्षेत्रको पोखरा आसपासमा हावाहुरीको विकास भएको र बारा र पर्सामा पुगेपछि ठुलो बेग बनेको मौसमबिद् शान्ती कँडेलले बताएकी छिन् ।

पोखरा आसपासमा विकास भएको हावाहुरी चितवन हुँदै बारा र पर्सा पुगेको थियो ।

चितवनमा हावाको बेग कमजोर भएका कारण त्यसक्षेत्रमा कुनै क्षति हुन पाएन । तर बारा र पर्सामा पुगेपछि प्रति सेकेण्ड २५ मिटरको गतिमा हावाहुरी चलेको थियो ।

एक घण्टासम्म लगातार हावाहुरी चलेपछि मानवीय क्षति भएको हो ।

एक घण्टाको समय हावाको बेग कम भएको थिएन ।

प्रतिक्रिया दिनुहोस
आईजीपी होईन, तातोपानी नाका चलाऊ : गोकुल बाँस्कोटा

    नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले सरकारलाई नेपाल प्रहरीका महानिरीक्षकको विषयमा अल्झिनुभन्दा...

काठमाडौं उपत्यकाबाट सबै जिल्लावासीले नागरिकताको प्रतिलिपि पाउने

    अन्य जिल्लाका नेपाली नागरिकले पनि अब काठमाडौं उपत्यकाबाट नागरिकताको प्रतिलिपि लिन...

आनीको नियुक्तिप्रति कांग्रेसको पनि आपत्ति

    लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिलाई लिएर प्रमुख प्रतिपक्षी...

बैंकहरूको गैरबैंकिङ सम्पत्ति ४७ अर्ब नाघ्यो

    वाणिज्य बैंकहरूमा कर्जा असुली तथा धितो व्यवस्थापनसँग जोडिएको गैरबैंकिङ सम्पत्तिको आकार...