भूकम्पपछि अहिलेसम्मकै ठूलो विपत्ति : बाराका यी तस्विरले संसारलाई रुवायो



हाम्रो इकोनोमि

 

नेपालमा भूकम्पपछि अहिलेसम्मकै ठूलो दैविक विपत्ति परेको छ । आइतबार साँझ एक्कासी आएको हावाहुरीका कारण पर्सा र बारामा मृत्यु हुनेको संख्या २५ नाघेको छ। ४०० भन्दाबढी घाईते भएका छन् । अझै धेरैको उद्धार बाँकी छ । मृतकको संख्या बढ्नसक्नेछ ।

 

बारा र पर्साका विभिन्न स्थानमा आएको हावाहुरीका कारण २५ जनाको मृत्यु भएको र ४ सयभन्दा बढी घाइते भएको भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीले ट्वीट गरेका छन्। मृत्यु हुनेको पहिचान खुल्न सकेको छैन भने घाइतेको उद्धार भइरहेको बताइएको छ। उनीहरुलाई उपचारका लागि विभिन्न स्थानका अस्पताल पुर्याउने काम भइरहेको बताइएको छ।

 

ग्रामीण क्षेत्रमा आएको हावाहुरीका कारण घर, पर्खाल भत्किनाका साथै ठूलो जनधनको क्षति भएको हो। हुरीका कारण आपत्मा परेकाहरुको उद्धारमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी तथा स्थानीयवासी खटिएको प्रहरीले जनाएको छ। यसैबीच प्रधानमन्त्री केपी शर्मा ओलीले डरलाग्दो ऑधिरहुरीबाट धनजनको अकल्पनीय क्षति भएको भन्दै दुःख व्यक्त गरेका छन्।

 

सामाजिक सञ्जाल ट्विटरमा उनले भनेका छन्, ुयस आकस्मिक क्षतिप्रति गहिरो दुस्ख व्यक्त गर्दछु। उद्दारमा सुरक्षाकर्मीहरू परिचालित भईसकेका छन्। उद्धारमा गंभीर हुन र घाईतेको उपचारमा कुनै कमी आउन नदिन समेत प्रधानमन्त्रीले निर्देशन गरेको ट्विटमा उल्लेख छ। यो ठूलो विपत्तिका केही तस्विरहरु बाहिर आएका छन् । जसले अहिले संसार रोएको छ ।

प्रतिक्रिया दिनुहोस
राष्ट्रपति पौडेल र अर्थमन्त्री वाग्लेबीच शिष्टाचार भेट

    कार्यवाहक प्रधानमन्त्री तथा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले राष्ट्रपति रामचन्द्र पौडेलसित शिष्टाचार...

पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईको नियमित उडान

    पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईले आजदेखि दुबई–पोखरा–दुबई रुटमा नियमित उडान सुरु...

सबै पदाधिकारी खारेज गरेर एकल अध्यक्ष बन्न ओलीलाई ठाकुर गैरेको चुनौती

    एमाले केन्द्रीय सदस्य ठाकुर गैरेले अध्यक्ष केपी शर्मा ओलीको कार्यशैलीप्रति प्रश्न...

कार्यसूचीमाथि नेताहरुको आपत्ति, बैठक लम्बियो

    एमालेको जारी केन्द्रीय कमिटीको तेस्रो बैठक लम्बिएको छ । कार्यसूचीमाथि नेताहरुले...