बारा र पर्सामा हावाहुरीले ३२ को मृत्यु, ४०० बढी घाइते, अस्पतालमा ठाउँ र रगत अभाव



हाम्रो इकोनोमि

 

आइतबार साँझ वर्षासँगै आएको हावाहुरीले बारा र  पर्सामा ज्यान गुमाउनेको संख्या ३२ पुगेको छ । ५०० भन्दा बढी घाइते छन् ।हावाहुरीले बारामा मात्रै ३२ जनाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय, बाराले जनाएको छ ।ठूलो हताहती भएकाले मृतकहरुको पहिचान हुन सकेको छैन ।

 

दर्जनौं घाइते भएका छन् । घाइतेको संख्या बढेपछि अस्पताल भरिएको र उपचारमा कठिनाइ भएको सरकारी अधिकारीहरुले जनाएका छन् । बिरामीको चापले रगतसमेत अभाव भएको छ ।

 

पर्सामा अहिलेसम्म ४ जनाको ज्यान गएको सरकारी अधिकारीहरुले जनाएका छन् । यहाँ पनि कैयौं घाइते भएका छन् ।हावाहुरी प्रभावितहरुको  उद्धारमा उद्धारकर्ताहरु जुटिरहेको त्यहाँबाट हाम्रा सहकर्मी सुरेश बिडारीले जनाएका छन् । हावाहुरीले इँटा भट्टाको चिम्नी लडाउनुका साथै गुड्दै गरेको गाडी पल्टिएर तथा विजुलीको पोल ढलेर करेन्ट लाग्दा धेरै मानवीय क्षति भएको हो ।

 

हावाहुरीले सबैभन्दा ठूलो क्षति बाराको भरवलीयामा भएको छ । राति करीब ८ बजेतिर वर्षासँगै चलेको हावाहुरीका कारण विद्युतको पोल ढलेको थियो । यसले धेरै मानवीय क्षति गराएको छ । कतिपय स्थानमा अझै पनि उद्धार जारी छ ।

 

तराईका धेरै जिल्लाहरु हावाहुरीको चपेटामा परे पनि अन्य जिल्लाबाट भने क्षतिको खबर प्राप्त भएको छैन । हावाहुरीको प्रभाव भलुही, पुरैनिया परसौन, बिजवनिया लगायतका स्थानमा देखिएको जिल्ला प्रहरी कार्यालय बाराका प्रमुख सानुराम भटटराइले जानकारी दिए ।

 

घाइतेहरुलाई उद्दार गरेर वीरगञ्ज पुर्याइएको छ । नारायणी लगायतका अस्पतालमा बेडको अभाव भएकाले भुईँमै राखेर उपचार भइरहेको छ । अधिकारीहरुका अनुसार मृतकको संख्या बढ्न सक्ने अनुमान छ । इँटा भट्टा, पर्खाल भत्किएर मानिस पुरिएको आशंका गरिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले ट्वीट गर्दै उद्दारमा जुट्न र उपचारमा कुनै कमी हुन नदिन निर्देशन दिएका छन् ।

प्रतिक्रिया दिनुहोस
रुकुमपश्चिममा जीप दुर्घटना, २ को मृत्यु, ९ जना घाइते

  रुकुमपश्चिममा जीप दुर्घटना हुँदा चालकसहित दुई जनाको मृत्यु भएको छ । आइतबार...

भरतपुरमा गुडिरहेको कारमा लाग्यो आगो, एक जनाको मृत्यु

     चितवनको भरतपुर महानगरपालिका–९ स्थित बसन्तचोक नजिकै एक कारमा आगलागी हुँदा एक...

एमालेको पुनर्गठन कार्यदल बैठकमा दुई प्रतिवेदन पेश हुृने

    शुक्रबार नेकपा एमालेको निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलको बैठकमा दुई...

सरकारले संविधानको मर्ममाथि प्रहार गरिरहेको छ : अमरेशकुमार सिंह

    रास्वपाका सांसद अमरेशकुमार सिंहले आफ्नै दलका नेता बालेन शाह नेतृत्वको सरकारले...