सरकारले पूर्वराजालाई प्रतिबन्ध लगाउन सक्छ’



हाम्रो इकोनोमि

 

नेकपा केन्द्रीय सदस्य तथा प्रदेश-१ का सहइञ्चार्ज सावित्रिकुमार काफ्लेले पूर्वराज ज्ञानेन्द्र शाहलाई सरकारले प्रतिबन्ध लगाउन सक्ने बताएका छन्।

पाँचथर सदरमुकाम फिदिममा आइतबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै का फ्लेले भने, ‘ज्ञानेन्द्र शाहलाई सर्वसाधारण नागरिक सरह गतिविधि गर्ने अधिकार छ।

तर, गुमेको शक्ति फर्काउन ज्ञानेन्द्रले प्रयत्न गरे सरकारले प्रतिबन्ध लगाउन सक्छ।’

देश दौडाहाका क्रममा पूर्वराजा ज्ञानेन्द्र सोमबार पाँचथर सदरमुकाम फिदिम आउने कार्य तालिका छ।

‘राजतन्त्र फर्काउन सकिन्छ कि भन्ने उद्देश्यले पूर्वराजा चलखेल गरिरहेका छन्,’ काफ्लेले भने, ‘संविधान विपरित गतिविधि गरेको खण्डमा कानुन बमोजिम कारबाही हुन्छ।’

पूर्वराजाको गतिविधिले सरकार सशंकित भएको काफ्लेको भनाइ छ।

पूर्वराजाको गति विधिलाई प्रतिबन्ध लगाउने सामथ्र्य सरकारसँग भएको उनको भनाइ छ।

‘वाम सरकारले मुलुकको हित विपरित गतिविधि गर्नेलाई रोक लागाउनुपर्छ’, उनले भने।

प्रतिक्रिया दिनुहोस
गगनले कांग्रेस छिन्नभिन्न बनाएको मोहन बस्नेतको आरोप

    नेपाली कांग्रेसका इतर पक्षका नेता मोहन बस्नेतले गगन थापाको महत्त्वाकाङ्क्षा र...

राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट ७० अर्ब रकम संकलन गर्ने

    बैंकिङ प्रणालीमा उपलब्ध तरलता व्यवस्थापन गर्ने उद्देश्यले नेपाल राष्ट्र बैंकले ७०...

नबिल बैंकले सेयरधनीलाई १५.८०% लाभांश र ५% बोनस सेयर दिने

    नबिल बैंक लिमिटेडका सेयरधनीले आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट १५.८० प्रतिशत...

सशस्त्र प्रहरीका एआईजी वंशी दाहाललाई बर्खास्त गर्न सिफारिस

    चोलेन्द्रशमशेर जबरालाई प्रहरीले नियन्त्रणमा लिएपछि सूचना चुहावटको आरोपमा निलम्बनमा परेका सशस्त्र...