सरकारले पूर्वराजालाई प्रतिबन्ध लगाउन सक्छ’



हाम्रो इकोनोमि

 

नेकपा केन्द्रीय सदस्य तथा प्रदेश-१ का सहइञ्चार्ज सावित्रिकुमार काफ्लेले पूर्वराज ज्ञानेन्द्र शाहलाई सरकारले प्रतिबन्ध लगाउन सक्ने बताएका छन्।

पाँचथर सदरमुकाम फिदिममा आइतबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै का फ्लेले भने, ‘ज्ञानेन्द्र शाहलाई सर्वसाधारण नागरिक सरह गतिविधि गर्ने अधिकार छ।

तर, गुमेको शक्ति फर्काउन ज्ञानेन्द्रले प्रयत्न गरे सरकारले प्रतिबन्ध लगाउन सक्छ।’

देश दौडाहाका क्रममा पूर्वराजा ज्ञानेन्द्र सोमबार पाँचथर सदरमुकाम फिदिम आउने कार्य तालिका छ।

‘राजतन्त्र फर्काउन सकिन्छ कि भन्ने उद्देश्यले पूर्वराजा चलखेल गरिरहेका छन्,’ काफ्लेले भने, ‘संविधान विपरित गतिविधि गरेको खण्डमा कानुन बमोजिम कारबाही हुन्छ।’

पूर्वराजाको गतिविधिले सरकार सशंकित भएको काफ्लेको भनाइ छ।

पूर्वराजाको गति विधिलाई प्रतिबन्ध लगाउने सामथ्र्य सरकारसँग भएको उनको भनाइ छ।

‘वाम सरकारले मुलुकको हित विपरित गतिविधि गर्नेलाई रोक लागाउनुपर्छ’, उनले भने।

प्रतिक्रिया दिनुहोस
आईजीपी होईन, तातोपानी नाका चलाऊ : गोकुल बाँस्कोटा

    नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले सरकारलाई नेपाल प्रहरीका महानिरीक्षकको विषयमा अल्झिनुभन्दा...

काठमाडौं उपत्यकाबाट सबै जिल्लावासीले नागरिकताको प्रतिलिपि पाउने

    अन्य जिल्लाका नेपाली नागरिकले पनि अब काठमाडौं उपत्यकाबाट नागरिकताको प्रतिलिपि लिन...

आनीको नियुक्तिप्रति कांग्रेसको पनि आपत्ति

    लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिलाई लिएर प्रमुख प्रतिपक्षी...

बैंकहरूको गैरबैंकिङ सम्पत्ति ४७ अर्ब नाघ्यो

    वाणिज्य बैंकहरूमा कर्जा असुली तथा धितो व्यवस्थापनसँग जोडिएको गैरबैंकिङ सम्पत्तिको आकार...