अब पुरूषका लागि पनि गर्भनिरोधक चक्की



हाम्रो इकोनोमि

 

पुरूषका लागि विकास गरिएको गर्भनिरोधक चक्कीको सफल परीक्षण भएको छ।

गरिएको अध्ययनअनुसार ‘इलेभन–बिटा–मिथायल–नाइन्टिन–नोर्टेस्टोटेरोन डोेडेसाइलकार्बोनेट’ अथवा ‘इलेभन–बिटा–एमएनटिडिसि’ नाम दिइएको उक्त चक्कीले सुरक्षा र ‘टोलरेबिलिटी’ परीक्षण पार गरेको छ।

अध्ययनमा सहभागी स्वस्थ पुरूषले ती चक्की एक महिनासम्म प्रयोग गरेका थिए।

चक्कीले प्रभावकारी गर्भनिरोधका लागि आवश्यक ‘हर्मोन रेस्पोन्स’ देखाएको अनुसन्धाताले जनाएका छन्।‘

हर्मोन गतिविधिको संयोजन गर्ने यो चक्कीले यौन चाहनामा कायम राख्दै वीर्य उत्पादनमा कमी ल्याउनेछ,’ प्रमुख अनुसन्धाता क्रिस्टिना वाङले भनिन्। अध्ययनबारे एन्डो २०१९ बैठकमा छलफल गरिएको थियो।

अध्ययनकै क्रममा दस सहभागीलाई ‘प्लेसिबो’ वा ‘डम्मी’ औषधि दिइएको थियो । यस्तो औषधिले शारीरिक प्रभाव पार्दैन ।

बाँकी ३० जना पुरूषलाई इलेभेन–बिटा–एमएनटिडिसिको दुईमध्ये एक मात्रा दिइएको थियो ।

चौध जना पुरूषलाई दुई सय मिलिग्राम र सोह्र जनाले चार सय मिलिग्राम मात्रा सेवन गराईएको थियो ।

सहभागीले ती औषधि खानासँगै २८ दिनसम्म सेवन गरेका थिए।

‘एन्ड्रोजन डिफिसियन्सि’ जस्तै इलेभेन–बिटा–एमएनटिडिसि प्रयोग गर्ने पुरूषको औसत टेस्टोस्टेरोन सञ्चार मात्रा तल झरे पनि औषधिको कुनै गम्भिर दुष्प्रभाव अनुभव नगरेको सहभागीले बताए।

औषधिको केही हल्का दुष्प्रभाव भएको वाङले बताइन् ।

चारदेखि ६ जनालाई थकान, डन्डिफोर वा टाउको दुख्ने समस्या भयोे ।

पाँच जनाले यौन चाहनामा केही कमी आएको बताए ।

दुई जनाले लिंगमा उत्तेजनामा नहुने तर यौन गतिविधिमा कुनै कमी नआएको बताए।

दुष्प्रभावका कारण कुनै सहभागीले औषधि सेवन गर्न रोकेनन ।

सबैले सुरक्षा परीक्षा पार गरे।वरिष्ठ अनुसन्धाता स्टेफनी पेजका अनुसार टेस्टोस्टेरोनको मात्रा घट्दा खासै फरक परेन।‘इलेभेन–बिटा–एमएनटिडिसिले शरिरका अन्य भागबाट टेस्टोस्टेरोन नक्कल गर्छ तर परीक्षणका क्रममा वीर्य उत्पादनका लागि पर्याप्त नभएको देखिएको छ,’ स्टेफनीले बताइन्।

‘प्लेसिबो’ वा ‘डम्मी’ औषधिको तुलनामा वीर्य उत्पादनका लागि आवश्यक दुई हर्मोनको मात्रा अत्यधिक कमी आएको अनुसन्धाताले पत्ता लगाएका छन् ।

उपचार विधि बन्द गरेपछि औषधिको प्रभाव नहुने वाङले बताएकी छिन्।कम्तिमा तीन चक्की ६० देखि ९० दिनसम्म सेवन गरे मात्रै वीर्य उत्पादनमा प्रभाव पर्छ ।

त्यसैले २८ दिने उपचारकै आधारमा ठोस नतिजा नदेखिने वाङले बताइन्।

उनीहरू लामो अध्ययन गर्ने योजनामा छन् । औषधि प्रभावकारी भए, अझ ठूलो अध्ययन गरिनेछ र सक्रिय यौन सम्बन्ध भएका जोडीमा परीक्षण गरिनेछ।‘पुरूषका लागि सुरक्षित, स्थायी गर्भनिरोधक चक्की अबको दश वर्षमा उपलब्ध हुन्छ,’ वाङको पूर्वानुमान छ।

धेरै पुरूष यसप्रकारको गर्भनिरोधक चक्कीप्रति खुला रहेको वाङले बताइन् । फेब्रुअरी २००५ मा ह्युमन रिप्रोडक्सन नामक जर्नलमा प्रकाशित नौ हजार पुरूष सहभागी एउटा बहुराष्ट्रिय सर्वेक्षणलाई उद्धृत गर्दै स्थिर सम्बन्धमा भएका ५५ प्रतिशत पुरूषले नयाँ र अस्थायी ‘हर्मोनल’ गर्भनिरोधक उपाय प्रयोग गर्ने इच्छुक देखिएको वाङले बताइन्।

प्रतिक्रिया दिनुहोस
हर्क साम्पाङले मागे प्रधानमन्त्रीको राजीनामा

  श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले प्रधानमन्त्री वालेन्द्र शाहलाई नैतिकताका आधारमा तत्काल...

प्रधानमन्त्री पदीय दायित्वबाट भाग्न हुन्न : योगेश भट्टराई

  नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले प्रधानमन्त्री पदीय दायित्वबाट भाग्न खोजिरहेको आरोप लगाएका...

वाणिज्य बैंकहरुको नयाँ ब्याजदर सार्वजनिक

    जेठ महिनाका लागि वाणिज्य बैंकहरुले नयाँ ब्याजदर सार्वजनिक गरेका छन् ।...

२०४६ देखि २०८२ चैत सम्म को-को पर्दैछन सम्पत्ति छानबिनमा

    सरकारद्वारा गठित सम्पत्ति छानबिन आयोगले सार्वजनिक पदधारी बहाल र सेवा निवृत्त...