अपहरणको नाटक गरी परिवारसँग २३ लाख फिरौती माग्ने जयभानसिंह धामी काठमाडौँको चावहिलबाट पक्राउ



हाम्रो इकोनोमि
 

अपहरणको नाटक गरी फिरौती माग्ने एक जनालाई प्रहरीको अपराध अनुसन्धान महाशाखाले पक्राउ गरेको छ ।

दार्चुला जिल्लाको नौगाड गाउँपालिका– ६ का २६ वर्षीय जयभानसिंह धामीलाई पक्राउ गरिएको महाशाखाका प्रवक्ता केदार ढकालले जानकारी दिनुभयो ।

महाशाखामा आएको सूचनाको आधारमा खोजी गर्दा उनलाई शनिबार काठमाडौँको चावहिलबाट पक्राउ गरिएका हो ।

उनलाई अपरिचित व्यक्तिले अपहरण गरी रू २३ लाख फिरौती रकम माग गरेको भन्ने सूचनाको आधारमा प्रहरीले खोजी गरेको थियो ।

तर पछि उनले अपहरणको नाटक गरेको खुल्न आएको छ ।

सोधपुछ गर्ने क्रममा अपहरणमा परेको नभई लेनदेनको कारणले आफ्नै परिवारसँग फिरौती रकम माग गरी अपहरणको नाटक गरेको उनले स्वीकार गरेको महाशाखाले आज जनाएको छ ।

घटनाको विषयमा थप अनुसन्धान जारी रहेको प्रहरीले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

ग्लोबल आइएमई बैंकको नायव प्रमुख कार्यकारी अधिकृतमा दीपचन्द्र रेग्मी

    ग्लोबल आइएमई बैंकको नायव प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) मा दीपचन्द्र रेग्मी...

खगेन्द्र सुनारलाई सार्वजनिक कार्यक्रममा बोल्न निषेध

    राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले प्रतिनिधि सभा सदस्य खगेन्द्र सुनारको अडियो प्रकरणको छानबिन...