पोखराबाट १० करोड भन्दा बढी ठगी गरेर जसुधा पौडेल फरार : हेरौं र सेयर गरी सबैलाई सचेत गरौं



हाम्रो इकोनोमि

 

पोखरामा १० करोड भन्दा बढी रकम ठगेर एक महिला सम्पर्क विहिन भएकी छिन् ।

स्थानिय गणेशटोल ४ पोखराकी जसुधा पौडेलले स्थानीय र सहकारी समेतको गरी उक्त परिमाणको रकम ठगी गरी फरार भएको बताईएको छ ।

केही व्यक्तिसँग तत्काल रकम आवश्यक पर्यो भन्दै पौडेलले विगत २ बर्ष अघिदेखि उनका आफन्त सहितका साथीहरुसंग २० लाखदेखि २ करोडभन्दा बढी रकम लिएको श्रोतले बताएको छ ।

स्थानिय बासिन्दा र सहकारीबाट लाखौं रुपैया सापटी उलएपनि उनी सम्पर्क विहिन हुने गरेको पीडितहरुले बताएका छन् ।

पौडेलले तेज जेनिया कम्पनीको समेत करिब एक करोड २० लाख रुपैयाँ हिनामिना भएको बताईएको छ ।

उक्त कम्पनीको बिजनेस पार्टनर समेत भएकी पौडेलले अन्य संचालकहरुसंग विभिन्न बाहानामा रकम संकलन गरेको भन्दै उनीहरुले गुनासो गरेका छन् ।

उनले पोखराका विभिन्न सहकारीबाट ५ करोड भन्दा धेरै लिएको, ढुकुटीमार्फत ३ करोड र अन्य सापटी २ करोड भन्दा बढी हिनामिना गरेको जनाईएको छ । धेरैतिर लगानी गरेर प्रतिफल नआएपछि उनी बेपत्ता भएको हुनसक्ने पीडितहरु बताउछन् । चौतर्फी गुनासो आएपनि हालसम्म उनी विरुद्ध कसैले पनि उजुरी भने दिएको छैन ।

प्रतिक्रिया दिनुहोस
रसुवा भन्सार कार्यालयका १४ कर्मचारी सम्पर्क विहीन

    रसुवाको टिमुरेस्थित भन्सार कार्यालयमा कार्यरत १४ जना कर्मचारी सम्पर्क विहीन भएका...

गोसाइकुण्ड दर्शन गर्न गएका ३४ यात्रु सम्पर्कविहीन

    गोरखाको पालुङटारबाट तीर्थयात्री बोकेर रसुवाको गोसाइकुण्ड गएको बस सम्पर्कविहीन भएको छ...

बाढीले धादिङ सदरमुकाम जोड्ने फुर्केखोला पुल बगायो

    रसुवा हुँदै आएको बाढीले धादिङ सदरमुकाम जाने फुर्केखोला पुल बगाएको छ।...

रसुवा बाढीमा ४१ सुरक्षाकर्मी सम्पर्कविहीन

  रसुवा बाढीमा नेपाल प्रहरी र सशस्त्र प्रहरीका गरी ४१ सुरक्षाकर्मी सम्पर्कविहीन भएका...