डाक्टर श्रीमान्‌बाट कुटिएकी सुनीताको मृत्यु , दाइजोमा ल्याएका थिए २० लाख



हाम्रो इकोनोमि

 

नारायणी अस्पतालमा कार्यरत डा। सचितानन्द यादवबाट कुटिएकी सुनीता यादवको शुक्रबार काठमाडौंको त्रिवि शिक्षण अस्पतालमा निधन भएको छ । सुनीता डा। यादवकी जेठी श्रीमती हुन् । अघिल्लो साताको बुधबार कुटिएकी उनलाई थप उपचारका लागि सोमबार राति काठमाडौँ रेफर गरिएको थियो ।

 

निरन्तर यातना पाउँदै आएकी सुनिताको माइती पक्षले बिहीबार उद्धार गरेको थियो । उनलाई आइतबार राति वीरगन्जको गण्डक अस्पतालमा उपचारका लागि भर्ना गरिएको थियो । सुनीताको माइती पक्षले जिल्ला प्रहरी कार्यालय पर्सामा डा। यादवविरुद्ध ज्यान मार्ने उद्योगको उजुरी दिएका छन् ।

 

सचितानन्दलाई प्रहरीले अनुसन्धानका लागि कार्यालय बोलाए पनि उनी सोमबारदेखि नै बिरामीको बहाना बनाएर नारायणी अस्पताल भर्ना भएको सुनीताका भाइ सन्तोष यादवले आरोप लगाएका छन् ।

 

बाराको परवानीपुर गाउँपालिका(५ बहुअरी निवासी ४३ वर्षीया सुनीताको १५ वर्ष अगाडि वीरगन्ज महानगरपालिका २० हरपतगन्ज निवासी डा  यादवसँग विवाह भएको थियो । त्यसबेला २० लाख रुपैयाँ दाइजो दिएर दिदीको विवाह सम्पन्न भएको सुनीताका भाइ सन्तोषले बताए । सुनीताका परिवारका अनुसार विवाह भएको केही महिनामै ससुरालीमा उनीसँग राम्रो व्यवहार गरिएन ।

 

उनलाई चाहिने नुन, तेल, साबुन लगायतका दैनिक आवश्यकीय सामग्री पनि माइतीले नै उपलब्ध गराउँदै आएका थिए । माइती आउँदा पनि एक(डेढ वर्षसम्म पनि सुनीतालाई बोलाउन ससुरालीबाट आउँदैथे । स्थानीयका अनुसार घर व्यवहार राम्रो चलाउन धेरै पटक डा।यादवको परिवारलाई राखेर पञ्चायतीसमेत बसेको थियो । त्यसको केही दिन सामान्य भए पनि फेरि पुरानै व्यवहार दोहोरिन्थ्यो ।

 

दाइजोमा पाएको रकमले नै सचितानन्दले चिकित्सा पढेको परिवारको दाबी छ । पढेर आएपछि उनले सीमावर्ती रक्सौलकी एक युवतीसँग दोस्रो विवाह गरेका थिए । कान्छी श्रीमती र दुई बच्चासहित डा। यादव वीरगन्जको घरमा बस्दै आएका थिए भने जेठी श्रीमतीलाई हरपतगन्जको पुरानो घरमा राखेका थिए । सुनीताबाट बच्चा जन्मेका थिएनन् ।

 

एक प्रहरी अधिकृतका अनुसार डा। यादवले सुनीताको शरीरमा प्लेटलेट्सको कमी रहेकाले शरीरमा घाउ भएको बयान दिएका छन्, श्रीमतीलाई पिटेको स्विकारेका छैनन् । सुनीताको शरीरभरि नीलडाम भएको तस्बिर सामाजिक सञ्जालमा भाइरल भएको छ । उनको दुवै कुम, पिठ्युँ र घुँडामुनि पोलेको डाम देखिन्छ ।

 

सुनीताको स्वास्थ्य ठीक नभएको खबर गत बुधबार उनका दाइ विजयलाई खबर आएको थियो । ुबिहीबार बिहानै हरपतगन्जबाट दिदीलाई माइती ल्याउँदा उनको मानसिक अवस्था ठीक थिएन,ु उनका भाइ सन्तोषले भने, ुटोलाएर बसिरहेकी थिइन्, भाउजूहरूले नुहाउन कपडा खोलेपछि शरीरभित्रको दाग देखिएको थियो । अस्पतालमा भर्ना हुँदा पनि सुनीता दुखाइले छटपटाइरहेकी थिइन् । प्रहरी उपरीक्षक रेवती ढकालले सुनीताको मृत्यु भइसकेपछि अब पुरानो जाहेरीको सट्टा कर्तव्यज्यानमा मुद्दा चल्ने बताए ।

 

बिरामी नहुँदा पनि डा।यादव अस्पतालमा बसिरहेको गुनासो आएपछि आफूले नारायणी अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्टलाई क्रसचेक गर्न सक्ने पनि एसपी ढकालले बताए ।

प्रतिक्रिया दिनुहोस
गगनले कांग्रेस छिन्नभिन्न बनाएको मोहन बस्नेतको आरोप

    नेपाली कांग्रेसका इतर पक्षका नेता मोहन बस्नेतले गगन थापाको महत्त्वाकाङ्क्षा र...

राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट ७० अर्ब रकम संकलन गर्ने

    बैंकिङ प्रणालीमा उपलब्ध तरलता व्यवस्थापन गर्ने उद्देश्यले नेपाल राष्ट्र बैंकले ७०...

नबिल बैंकले सेयरधनीलाई १५.८०% लाभांश र ५% बोनस सेयर दिने

    नबिल बैंक लिमिटेडका सेयरधनीले आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट १५.८० प्रतिशत...

सशस्त्र प्रहरीका एआईजी वंशी दाहाललाई बर्खास्त गर्न सिफारिस

    चोलेन्द्रशमशेर जबरालाई प्रहरीले नियन्त्रणमा लिएपछि सूचना चुहावटको आरोपमा निलम्बनमा परेका सशस्त्र...