एसियाकैं धनी मुकेश अम्बानी पत्नीको जीवनशैली (थाहा पाउँदा सबै चकित)



हाम्रो इकोनोमि

 

एसियाका सर्वाधिक धनी मुकेश अम्बानीकी श्रीमती नीता अम्बानीको जीवनशैलीप्रति चासो नराख्ने मानिस सायदै होलान ? नीता एक व्यवसायी महिला हुन् । उनको पहिरन, रहनसहन र दैनिक जीवनशैली अन्यको भन्दा निकै फरक छ । उनको विलासी जीवनशैलीले धेरैलाई आश्चर्य पार्ने गरेको छ । उनले दैनिक जीवनयापनका क्रममा प्रयोग गर्ने यी सामानहरु जुन कुनै साधारण मानिसले कल्पना पनि गर्न सक्दैनः

 

३ लाख (भारु)चियाः नीता अम्बानीले दैनिकी चियाबाट सुरु हुन्छ । उनी हरेक विहान जापानको सबैभन्दा पुरानो क्र्रेरी ब्राण्डको नोरिटेकको कपमा चिया पिउँने गर्छिन् । यो कपको मूल्य ३ लाख भारु पर्छ ।

 

कारको रहरः नीता अम्बानीको मनपर्ने कार ‘मेबेक ६२’ हो । जुन उनका पति मुकेश अम्बानीले उनलाई उपहारको रुपमा लण्डनबाट मगाएका थिए । ‘मेबेक ६२’ कार भारतमा भित्र्याउने मुकेश अम्बानी पहिलो व्यक्ति हुन् । यसको मूल्य १० करोड भारु पर्छ ।

 

स्टाइलिश जुत्ताः नीता अम्बानी कहिल्यै पनि दोहोर्याएर जुत्ता लगाउँदिनन् । उनी धेरैजसो गार्सिया, जिम्मी चू, पेलमोडा, पाड्रो, मार्लिन जस्ता ब्राण्डेड जुत्ता लगाउँछिन् । उक्त जुत्ताको मूल्य ५ लाख भारु पर्छ ।

 

घडीको कलेक्शनः उनी घडी पनि ब्राण्डेड नै लगाउँछिन् । उनीसँग बुल्गरी, कार्टियर, राडो, गुच्ची, केल्विन क्लाइन र फान्सिल जस्ता ब्राण्डको घडिको कलेक्शन छ । यी घडीहरुको मूल्य १० देखि २० लाख पर्छ ।

 

गर–गहनाः उनी परम्परागत गर–गहना लगाउँन मन पराउँछिन् । कार्यक्रमहरुमा भने उनी हिराको औँठी सधैँ लगाउँछिन् । यसको मूल्य करिब ५ देखि ७ लाख भारु पर्छ । उनलाई यो औँठी अम्बानीले प्रेम प्रस्ताव राख्दा दिएका थिए ।

 

सारी कलेक्शनः उनीसँग अन्य सामान जस्तो महङ्गा सारीको कलेक्शन छ । उनका सारीको चर्चा बारम्बार भइरहन्छ । उनको सारी लगभग ४० लाख बराबरको हुन्छ । उनी अब्बू जानी सन्दीप खोसला, अनामिका खन्ना, मनीष मल्होत्रा जस्ता डिजाइनरले बनाएको सारी लगाउने गर्छिन् ।

झेलाः उनीसँग संसारकै सबैभन्दा महङ्गो व्याग कलेक्शन छ । शनेल, गोयार्ड, जिम्मी चू ब्राण्डका व्यागको मूल्य लगभग ४ लाख भारुबाट सुरु हुन्छ ।

 

लिपिस्टिकः कार्यक्रमहरुमा नीता अम्बानी मेकअप गरेर नै उपस्थित हुने गर्छिन् । उनको एक्सक्लुसिब अर्डरमा बन्ने लिपिस्टिकको मूल्य ४० लाख भारु रहेको छ ।

 

निजी जेटः नीता अम्बानीको आफ्नौ प्राइभेट प्लेन छ । जुन उनलाई मुकेश अम्बानीले उनको जन्मदिनमा दिएका थिए । उक्त प्लेनको मूल्य ४१५ करोड भारु रहेको छ । एजेन्सी

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

ग्लोबल आइएमई बैंकको नायव प्रमुख कार्यकारी अधिकृतमा दीपचन्द्र रेग्मी

    ग्लोबल आइएमई बैंकको नायव प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) मा दीपचन्द्र रेग्मी...

खगेन्द्र सुनारलाई सार्वजनिक कार्यक्रममा बोल्न निषेध

    राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले प्रतिनिधि सभा सदस्य खगेन्द्र सुनारको अडियो प्रकरणको छानबिन...