ठुलो परिमाणको लागु औषध सहित ३ जना पक्राउ



हाम्रो इकोनोमि
 

धादिङ, गजुरी गाउँपालिका(७ पेटारे बस्ने ४५ वर्षीया सुकमाया तामाङलाई अवैध लागूऔषध चरेश १ सय १०.८९ केजी, चरेश बनाउने तयारी धुलो ३२.९१ केजी, गाँजा मिसिएको धुलो ३ सय ९०.३२ केजी र गाँजाको गेडा सहितको धुलो १ सय ९ केजी सहित बिहीबार राति प्रहरीले पक्राउ गरेको छ ।

लागूऔषध नियन्त्रण व्यूरो र ईलाका प्रहरी कार्यालय गजुरीबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले तामाङलाई घरगोठमा लुकाई छिपाइ राखेको उक्त परिमाणको लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।

सुनसरी, धरान उपमहानगरपालिका १५ बस्ने हेमराज थापा मगरको घरमा बसिरहेको अवस्थामा सोही उपमहानगरपालिका ३ बस्ने ३८ वर्षीय साङ्गे तामाङलाई नियन्त्रित लागूऔषध लुपिजेसिक ९७ एम्पुल, अभिल ९७ एम्पुल र डाइजेल्याप ९७ एम्पुल सहित बिहीबार दिउसो प्रहरीले पक्राउ गरेको छ ।

साथै धरान उपमहानगरपालिका १५ सेवती खोलाबाट सोही उपमहानगरपालिका ५ देउराली बस्ने १८ वर्षीय अचित राईलाई समेत नियन्त्रित लागूऔषध लुपिजेसिक, एभिल र डाइजेल्याप समेत गरी करिब ९० एम्पुल सहित बिहीबार दिउसो प्रहरीले पक्राउ गरेको छ । दुवै स्थानका अभियुक्तहरुलाई अस्थायी प्रहरी पोष्ट नयाँ बसपार्कबाट खटिएको प्रहरीले फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

Comment

प्रतिक्रिया दिनुहोस
आईजीपी होईन, तातोपानी नाका चलाऊ : गोकुल बाँस्कोटा

    नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले सरकारलाई नेपाल प्रहरीका महानिरीक्षकको विषयमा अल्झिनुभन्दा...

काठमाडौं उपत्यकाबाट सबै जिल्लावासीले नागरिकताको प्रतिलिपि पाउने

    अन्य जिल्लाका नेपाली नागरिकले पनि अब काठमाडौं उपत्यकाबाट नागरिकताको प्रतिलिपि लिन...

आनीको नियुक्तिप्रति कांग्रेसको पनि आपत्ति

    लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिलाई लिएर प्रमुख प्रतिपक्षी...

बैंकहरूको गैरबैंकिङ सम्पत्ति ४७ अर्ब नाघ्यो

    वाणिज्य बैंकहरूमा कर्जा असुली तथा धितो व्यवस्थापनसँग जोडिएको गैरबैंकिङ सम्पत्तिको आकार...