ठुलो परिमाणको लागु औषध सहित ३ जना पक्राउ



हाम्रो इकोनोमि
 

धादिङ, गजुरी गाउँपालिका(७ पेटारे बस्ने ४५ वर्षीया सुकमाया तामाङलाई अवैध लागूऔषध चरेश १ सय १०.८९ केजी, चरेश बनाउने तयारी धुलो ३२.९१ केजी, गाँजा मिसिएको धुलो ३ सय ९०.३२ केजी र गाँजाको गेडा सहितको धुलो १ सय ९ केजी सहित बिहीबार राति प्रहरीले पक्राउ गरेको छ ।

लागूऔषध नियन्त्रण व्यूरो र ईलाका प्रहरी कार्यालय गजुरीबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले तामाङलाई घरगोठमा लुकाई छिपाइ राखेको उक्त परिमाणको लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।

सुनसरी, धरान उपमहानगरपालिका १५ बस्ने हेमराज थापा मगरको घरमा बसिरहेको अवस्थामा सोही उपमहानगरपालिका ३ बस्ने ३८ वर्षीय साङ्गे तामाङलाई नियन्त्रित लागूऔषध लुपिजेसिक ९७ एम्पुल, अभिल ९७ एम्पुल र डाइजेल्याप ९७ एम्पुल सहित बिहीबार दिउसो प्रहरीले पक्राउ गरेको छ ।

साथै धरान उपमहानगरपालिका १५ सेवती खोलाबाट सोही उपमहानगरपालिका ५ देउराली बस्ने १८ वर्षीय अचित राईलाई समेत नियन्त्रित लागूऔषध लुपिजेसिक, एभिल र डाइजेल्याप समेत गरी करिब ९० एम्पुल सहित बिहीबार दिउसो प्रहरीले पक्राउ गरेको छ । दुवै स्थानका अभियुक्तहरुलाई अस्थायी प्रहरी पोष्ट नयाँ बसपार्कबाट खटिएको प्रहरीले फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

Comment

प्रतिक्रिया दिनुहोस
गगनले कांग्रेस छिन्नभिन्न बनाएको मोहन बस्नेतको आरोप

    नेपाली कांग्रेसका इतर पक्षका नेता मोहन बस्नेतले गगन थापाको महत्त्वाकाङ्क्षा र...

राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट ७० अर्ब रकम संकलन गर्ने

    बैंकिङ प्रणालीमा उपलब्ध तरलता व्यवस्थापन गर्ने उद्देश्यले नेपाल राष्ट्र बैंकले ७०...

नबिल बैंकले सेयरधनीलाई १५.८०% लाभांश र ५% बोनस सेयर दिने

    नबिल बैंक लिमिटेडका सेयरधनीले आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट १५.८० प्रतिशत...

सशस्त्र प्रहरीका एआईजी वंशी दाहाललाई बर्खास्त गर्न सिफारिस

    चोलेन्द्रशमशेर जबरालाई प्रहरीले नियन्त्रणमा लिएपछि सूचना चुहावटको आरोपमा निलम्बनमा परेका सशस्त्र...