अमेरिकाको हावर्ड विश्वबिद्यालयका बिद्यार्थी कांग्रेस नेता गगन थापा



हाम्रो इकोनोमि

 

नेपालमा लगानी सम्मेलन चलिरहेका बेला नेपाल कांग्रेसका युवा नेता तथा सांसद गगन थापा अमेरिकाको हावर्ड विश्वबिद्यालयमा छोटो अवधिका लागि बिद्यार्थी बनेका छन् ।

नेता थापाले हार्वर्ड केनेडी स्कूलमा ‘एक्काइसौं शताब्दीको लागि विश्वव्यापी नेतृत्व र सार्वजनिक प्रशासन’ को कोर्ष गरिरहेका छन् ।

नेपालका अधिकांस नेताहरु भाषण दिन माहिर छन् । तर उनीहरुको ज्ञाने भने सास्त्रीय छ ।

तर नेपाली कांग्रेसका युवा नेता गगन थापा भने हरेक बिषयमा गहिरो रुचि र अध्ययन गर्दछन् ।

ब्यवस्थापिका संसदमा बोल्ने बिषय होस या सार्वजनिक समारोहमा होस उनी बिषयबस्तुप्रति पूर्ण ज्ञान राखेर बोल्ने गर्दछन् ।

एक्काइसौ शताब्दीमा युवाले कस्तो र कसरी नेतृत्व गर्ने भन्ने बिषयमा उनले बिश्वबिद्यालयमा अध्ययन गरिरहेका छन् ।

‘म युवा भइरहन चाहन्छु, सिकाइ एक यस्तो विषय हो जस्ले सधै युवा रहन सहयोग गर्छ’ थापाले बिश्वबिद्यालयमा पढाई शुरु गरेपछि भनेका छन् ‘सिकाइका लागि फेरी कक्षमा फर्कन पाउँदा खुसी छु ।’

केही समयअघि दक्षिण एसियाको राजनीति र विश्व अर्थतन्त्रका बिषयमा अध्ययन गर्न नयाँ शक्ति पार्टीका संयोजन डा. बाबुराम भट्टराई पनि अमेरिका पुगेका थिए ।

झण्डै एक महिना अमेरिका बसेर उनी फर्केका थिए । आफुले अमेरिकामा सिकेको करा उनले प्रतिनिधिसभामा पनि बयान गरेका थिए ।

प्रतिक्रिया दिनुहोस
गगनले कांग्रेस छिन्नभिन्न बनाएको मोहन बस्नेतको आरोप

    नेपाली कांग्रेसका इतर पक्षका नेता मोहन बस्नेतले गगन थापाको महत्त्वाकाङ्क्षा र...

राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट ७० अर्ब रकम संकलन गर्ने

    बैंकिङ प्रणालीमा उपलब्ध तरलता व्यवस्थापन गर्ने उद्देश्यले नेपाल राष्ट्र बैंकले ७०...

नबिल बैंकले सेयरधनीलाई १५.८०% लाभांश र ५% बोनस सेयर दिने

    नबिल बैंक लिमिटेडका सेयरधनीले आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट १५.८० प्रतिशत...

सशस्त्र प्रहरीका एआईजी वंशी दाहाललाई बर्खास्त गर्न सिफारिस

    चोलेन्द्रशमशेर जबरालाई प्रहरीले नियन्त्रणमा लिएपछि सूचना चुहावटको आरोपमा निलम्बनमा परेका सशस्त्र...