अमेरिकाको हावर्ड विश्वबिद्यालयका बिद्यार्थी कांग्रेस नेता गगन थापा



हाम्रो इकोनोमि

 

नेपालमा लगानी सम्मेलन चलिरहेका बेला नेपाल कांग्रेसका युवा नेता तथा सांसद गगन थापा अमेरिकाको हावर्ड विश्वबिद्यालयमा छोटो अवधिका लागि बिद्यार्थी बनेका छन् ।

नेता थापाले हार्वर्ड केनेडी स्कूलमा ‘एक्काइसौं शताब्दीको लागि विश्वव्यापी नेतृत्व र सार्वजनिक प्रशासन’ को कोर्ष गरिरहेका छन् ।

नेपालका अधिकांस नेताहरु भाषण दिन माहिर छन् । तर उनीहरुको ज्ञाने भने सास्त्रीय छ ।

तर नेपाली कांग्रेसका युवा नेता गगन थापा भने हरेक बिषयमा गहिरो रुचि र अध्ययन गर्दछन् ।

ब्यवस्थापिका संसदमा बोल्ने बिषय होस या सार्वजनिक समारोहमा होस उनी बिषयबस्तुप्रति पूर्ण ज्ञान राखेर बोल्ने गर्दछन् ।

एक्काइसौ शताब्दीमा युवाले कस्तो र कसरी नेतृत्व गर्ने भन्ने बिषयमा उनले बिश्वबिद्यालयमा अध्ययन गरिरहेका छन् ।

‘म युवा भइरहन चाहन्छु, सिकाइ एक यस्तो विषय हो जस्ले सधै युवा रहन सहयोग गर्छ’ थापाले बिश्वबिद्यालयमा पढाई शुरु गरेपछि भनेका छन् ‘सिकाइका लागि फेरी कक्षमा फर्कन पाउँदा खुसी छु ।’

केही समयअघि दक्षिण एसियाको राजनीति र विश्व अर्थतन्त्रका बिषयमा अध्ययन गर्न नयाँ शक्ति पार्टीका संयोजन डा. बाबुराम भट्टराई पनि अमेरिका पुगेका थिए ।

झण्डै एक महिना अमेरिका बसेर उनी फर्केका थिए । आफुले अमेरिकामा सिकेको करा उनले प्रतिनिधिसभामा पनि बयान गरेका थिए ।

प्रतिक्रिया दिनुहोस
आईजीपी होईन, तातोपानी नाका चलाऊ : गोकुल बाँस्कोटा

    नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले सरकारलाई नेपाल प्रहरीका महानिरीक्षकको विषयमा अल्झिनुभन्दा...

काठमाडौं उपत्यकाबाट सबै जिल्लावासीले नागरिकताको प्रतिलिपि पाउने

    अन्य जिल्लाका नेपाली नागरिकले पनि अब काठमाडौं उपत्यकाबाट नागरिकताको प्रतिलिपि लिन...

आनीको नियुक्तिप्रति कांग्रेसको पनि आपत्ति

    लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिलाई लिएर प्रमुख प्रतिपक्षी...

बैंकहरूको गैरबैंकिङ सम्पत्ति ४७ अर्ब नाघ्यो

    वाणिज्य बैंकहरूमा कर्जा असुली तथा धितो व्यवस्थापनसँग जोडिएको गैरबैंकिङ सम्पत्तिको आकार...