बस्ने कुर्सी नपाएपछि उद्योगमन्त्री मातृका यादव झोक्किदै लगानी सम्मेलनबाट बाहिरिए



हाम्रो इकोनोमि

 

लगानी सम्मेलनमा आफुलाई अपमान गरिएको भन्दै उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृका यादव झोक्किएर बाहिर निस्किेका छन् ।

लगानी सम्मेलनको पहिलो रोहमा मन्त्रीहरुलाई बस्ने ब्यवस्था गरिएको छ ।

तर त्यहाँ बस्ने सीट नपाएपछि मन्त्री यादव झोक्किदै बाहिर निस्केका हुन्

। केही दिनअघि मन्त्रीपरिषदको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीसँग सवाल जवाफ गरेका मन्त्री यादव लगानी सम्मेलनमा पनि आफ्नो रिस काबुमा राख्न सकेनन् ।

अघिल्लो बर्ष लगानी सम्मेलन हुँदा तत्कालिन उद्योग, बाषिज्य तथा आपूर्तिमन्त्री नविन्द्रराज जोशीले गरेका थिए ।

तर यसपटक प्रधानमन्त्री ओलीको निर्देशनमा अर्थमन्त्री डा. युवराज खतिवडाले लगानी सम्मेलनको अध्यक्षता गरिरहेका छन् ।

लगानी सम्मेलनमा आफुलाई अध्यक्षता गर्न नदिएको झोक उनले कुर्सीमाथी साँधेका छन् ।

लगानी सम्मेलनमा अर्थमन्त्री र लगानी बोर्डले संयोजन गरिरहेका छन् भने उद्योगमन्त्रीको भूमिका गौण बनाइएको छ ।

पहिलो रोहमा बस्ने स्थान नपाएपछि उनी झोक्किर बाहिर निस्केका थिए ।

तर मन्त्रालयका कर्मचारी र अन्यब्यक्तिले उनलाई थामथुम पारेका छन् ।

तरपनि उनी हलमा भने प्रवेश गरिसकेका छैनन् ।

उनी हलभित्र नआएपछि उद्योग सचिव यमकुमारी खतिवडा, वाणिज्यका सचिव केदारबहादुर अधिकारी र उद्योग विभागका महानिर्देशक विनोदप्रकाश सिंह पनि सम्मेलनभन्दा बाहिर बसिरहेका छन् ।

दुई वर्षअघि भएको लगानी सम्मेलन उद्योगमन्त्रीको संयोजकत्वमा भएको थियो। तर अहिलेको लगानी सम्मेलन अर्थमन्त्री डा।

युवराज खतिवडाले नेतृत्व गरिरहेका छन्।

यो लगानी सम्मेलनमा उद्योग मन्त्रालयको भूमिका छैन।

अर्थमन्त्रालय र लगानी बोर्डलेनै सबै भूमिका निभाइरहेका छन्।

प्रतिक्रिया दिनुहोस
गगनले कांग्रेस छिन्नभिन्न बनाएको मोहन बस्नेतको आरोप

    नेपाली कांग्रेसका इतर पक्षका नेता मोहन बस्नेतले गगन थापाको महत्त्वाकाङ्क्षा र...

राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट ७० अर्ब रकम संकलन गर्ने

    बैंकिङ प्रणालीमा उपलब्ध तरलता व्यवस्थापन गर्ने उद्देश्यले नेपाल राष्ट्र बैंकले ७०...

नबिल बैंकले सेयरधनीलाई १५.८०% लाभांश र ५% बोनस सेयर दिने

    नबिल बैंक लिमिटेडका सेयरधनीले आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट १५.८० प्रतिशत...

सशस्त्र प्रहरीका एआईजी वंशी दाहाललाई बर्खास्त गर्न सिफारिस

    चोलेन्द्रशमशेर जबरालाई प्रहरीले नियन्त्रणमा लिएपछि सूचना चुहावटको आरोपमा निलम्बनमा परेका सशस्त्र...