बस्ने कुर्सी नपाएपछि उद्योगमन्त्री मातृका यादव झोक्किदै लगानी सम्मेलनबाट बाहिरिए



हाम्रो इकोनोमि

 

लगानी सम्मेलनमा आफुलाई अपमान गरिएको भन्दै उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृका यादव झोक्किएर बाहिर निस्किेका छन् ।

लगानी सम्मेलनको पहिलो रोहमा मन्त्रीहरुलाई बस्ने ब्यवस्था गरिएको छ ।

तर त्यहाँ बस्ने सीट नपाएपछि मन्त्री यादव झोक्किदै बाहिर निस्केका हुन्

। केही दिनअघि मन्त्रीपरिषदको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीसँग सवाल जवाफ गरेका मन्त्री यादव लगानी सम्मेलनमा पनि आफ्नो रिस काबुमा राख्न सकेनन् ।

अघिल्लो बर्ष लगानी सम्मेलन हुँदा तत्कालिन उद्योग, बाषिज्य तथा आपूर्तिमन्त्री नविन्द्रराज जोशीले गरेका थिए ।

तर यसपटक प्रधानमन्त्री ओलीको निर्देशनमा अर्थमन्त्री डा. युवराज खतिवडाले लगानी सम्मेलनको अध्यक्षता गरिरहेका छन् ।

लगानी सम्मेलनमा आफुलाई अध्यक्षता गर्न नदिएको झोक उनले कुर्सीमाथी साँधेका छन् ।

लगानी सम्मेलनमा अर्थमन्त्री र लगानी बोर्डले संयोजन गरिरहेका छन् भने उद्योगमन्त्रीको भूमिका गौण बनाइएको छ ।

पहिलो रोहमा बस्ने स्थान नपाएपछि उनी झोक्किर बाहिर निस्केका थिए ।

तर मन्त्रालयका कर्मचारी र अन्यब्यक्तिले उनलाई थामथुम पारेका छन् ।

तरपनि उनी हलमा भने प्रवेश गरिसकेका छैनन् ।

उनी हलभित्र नआएपछि उद्योग सचिव यमकुमारी खतिवडा, वाणिज्यका सचिव केदारबहादुर अधिकारी र उद्योग विभागका महानिर्देशक विनोदप्रकाश सिंह पनि सम्मेलनभन्दा बाहिर बसिरहेका छन् ।

दुई वर्षअघि भएको लगानी सम्मेलन उद्योगमन्त्रीको संयोजकत्वमा भएको थियो। तर अहिलेको लगानी सम्मेलन अर्थमन्त्री डा।

युवराज खतिवडाले नेतृत्व गरिरहेका छन्।

यो लगानी सम्मेलनमा उद्योग मन्त्रालयको भूमिका छैन।

अर्थमन्त्रालय र लगानी बोर्डलेनै सबै भूमिका निभाइरहेका छन्।

प्रतिक्रिया दिनुहोस
आईजीपी होईन, तातोपानी नाका चलाऊ : गोकुल बाँस्कोटा

    नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले सरकारलाई नेपाल प्रहरीका महानिरीक्षकको विषयमा अल्झिनुभन्दा...

काठमाडौं उपत्यकाबाट सबै जिल्लावासीले नागरिकताको प्रतिलिपि पाउने

    अन्य जिल्लाका नेपाली नागरिकले पनि अब काठमाडौं उपत्यकाबाट नागरिकताको प्रतिलिपि लिन...

आनीको नियुक्तिप्रति कांग्रेसको पनि आपत्ति

    लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिलाई लिएर प्रमुख प्रतिपक्षी...

बैंकहरूको गैरबैंकिङ सम्पत्ति ४७ अर्ब नाघ्यो

    वाणिज्य बैंकहरूमा कर्जा असुली तथा धितो व्यवस्थापनसँग जोडिएको गैरबैंकिङ सम्पत्तिको आकार...