दुखद समाचार : न्यू योर्कमा अन्तर्राष्ट्रिय मानव अधिकारकर्मी तेजश्री थापाको ५२ वर्षको उमेरमा निधन



हाम्रो इकोनोमि

 

मानवअधिकारकर्मी तथा अधिवक्ता तेजश्री थापाको ५२ वर्षको उमेरमा गत मंगलबार २६ का दिन अमेरिकाको न्यूयोर्क शहरमा निधन भएको छ ।

तेजश्री थापा अमेरिकाका लागि पूर्वराजदूत ,पूर्वपरराष्ट्रमन्त्री ,तथा कुटनीतिज्ञ डा. भेषबहादुर थापाकी छोरी हुन् ।

काठमाडौँमा जन्मिएकी स्व तेजश्री थापा सामाजिक न्यायको क्षेत्रमा वकालत गर्ने अग्रणी अभियन्ता थिइन्।

मानव अधिकारकर्मी पहरेदार (ह्युमन राइट्स वाच )की वरिष्ठ दक्षिण एसिया अनुसन्धानकर्ता समेत रहेकी थापाले बालकन्स, नेपाल, बंगलादेश र श्रीलंकामा संकट समाधानका लागि मानवअधिकारकर्मीको रुपमा पनि काम गरेकी थिइन् ।

उनले आफ्नो जीवनवृति (करिअर) श्रीलङ्काका द्वन्द्कालमा महिलामाथि भएका हिंसासम्बन्धी संयुक्त राष्ट्रसंघीय विशेष अभिलेखकर्ताको रुपमा सुरुवात गरेकी थिइन्।

थापाले मानव अधिकार कानुन, अन्तर्राष्ट्रिय र घरेलु राजनीति, संघर्ष विरोधी न्याय र पुनर्मूल्यांकन तन्त्रमा पनि व्यापक विशेषज्ञता हासिल गरेकी थिइन् ।

उनले नेदरल्याण्डको हेगस्थित अन्तर्राष्ट्रिय अदालतमा भूतपूर्व युगोस्लाभियामा भएको युद्धका क्रममा भएको मानवताविरोधी घटनाहरुको अभियोजनकर्ता भएर पनि काम गरिन्।

त्यसक्रममा लैँगिक हिंसा र अपराध सम्बन्धी घटनाहरुलाई अभिलेखिकरण गर्ने कामपनि गरेकी थिइन्।

स्व थापा डा. रीता थापाकी जेठी छोरी र साहित्यकार मञ्जुश्रीकी बहिनी हुन् ।

स्व थापाकि छोरी माया हुन् भने यस बर्ष देखि अक्सफोर्ड विश्वविद्यालयमा अध्ययन गर्ने छिन्

प्रतिक्रिया दिनुहोस
आईजीपी होईन, तातोपानी नाका चलाऊ : गोकुल बाँस्कोटा

    नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले सरकारलाई नेपाल प्रहरीका महानिरीक्षकको विषयमा अल्झिनुभन्दा...

काठमाडौं उपत्यकाबाट सबै जिल्लावासीले नागरिकताको प्रतिलिपि पाउने

    अन्य जिल्लाका नेपाली नागरिकले पनि अब काठमाडौं उपत्यकाबाट नागरिकताको प्रतिलिपि लिन...

आनीको नियुक्तिप्रति कांग्रेसको पनि आपत्ति

    लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिलाई लिएर प्रमुख प्रतिपक्षी...

बैंकहरूको गैरबैंकिङ सम्पत्ति ४७ अर्ब नाघ्यो

    वाणिज्य बैंकहरूमा कर्जा असुली तथा धितो व्यवस्थापनसँग जोडिएको गैरबैंकिङ सम्पत्तिको आकार...