१० महिनादेखि राेकिएकाे मलेसियाको रोजगारी आईतबारदेखि खुल्ने



हाम्रो इकोनोमि

 

 

१० महिनादेखि रोकिएको मलेसियाको रोजगारी खुल्ले भएको छ । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्ट र वैदेशिक रोजगार व्यवसायीस संघका पदाधिकारीबीच भएको छलफलमा मन्त्री विष्टले रोकिएको मलेसियाको रोजगारी दुई तीन दिन भित्रमा खुल्ले जानकारी दिनुभएको हो ।

 

त्यसका लागि प्रक्रिया अघि बढिसकेको जानकारी मन्त्री विष्टले गराएकाले ढिलोमा आइतबारसम्म वा त्योभन्दा छिट्टै खुल्ने टुङ्गो लागेको भेटमा सहभागी एक व्यवसायीले बताए ।पहिलो चरणमा कलिङ भिसा आएर रोकिएकालाई एक साताभित्र मलेसिया पठाउने मन्त्रालयको तयारी छ । कलिङ भिसा आएर पनि जान नपाएकाहरुलाई श्रम स्वीकृति दिलाउन मन्त्रालयले नै पहल गर्नेभएको छ ।

 

नयाँ जान चाहनेका लागि भने मलेसियाले केही दिनअघि पठाएको  स्वस्थ्य परीक्षणको नयाँ मापदण्ड अनुसार प्रक्रिया गरिने भएकाले केही समय लाग्ने भएको छ । मलेसियाले अघिल्लो हप्ता स्वास्थ्य परीक्षणको मापदण्ड पठाएपछि मन्त्रालयले स्वास्थ्य संस्थालाई सूचीकरणको लागि बुधबार सार्वजनिक सूचना प्रकाशित गरिसकेको छ । मलेसियाले पठाएको मापदण्ड पनि एक दुई दिनमै सार्वजनिक गर्ने मन्त्रालयको तयारी छ ।

 

वैदेशिक रोजगार नियमावली (चौथो संशोधन) २०६४ को नियम ४५ क तथा वैदेशिक रोजगारमा जाने कामदारको स्वास्थ्य परीक्षण गर्ने स्वास्थ्य संस्था सूचीकरण, नवीकरण तथा अनुगमनसम्बन्धी कार्यविधि २०७२ को दफा ३ बमोजिम सूचीकरण हुन १० दिनको समय दिइएको छ ।

 

प्राप्त निवेदनको आधारमा मापदण्ड पुगेका सूचीकृत स्वास्थ्य संस्थाको छनोट गरी मलेसिया जाने कामदारको स्वास्थ्य परीक्षण गर्न सरकारले अनुमति दिनेछ । यसअघि स्वास्थ्य परीक्षणमा लापरवाही भएको भन्दै मन्त्रालयले तोकिएको मापदण्ड पूरा गर्ने स्वास्थ्य संस्थालाई मात्र परीक्षण अनुमति दिन लागेको हो ।

 

नेपाल र मलेसियाबीच भएको श्रम समझदारीमा स्वास्थ्य परीक्षणलगायतका अरु सबै प्रक्रिया निःशुल्क हुने र त्यसको खर्च मलेसियाका रोजगारदाताले नै बेहोर्ने उल्लेख छ ।

 

मलेसिया रोजगारीका नाममा ठगी गर्ने बायोमेट्रिक, भीएलएन, माइग्राम, आईएससी, ओएससीजस्ता संस्थालाई कारवाही गरेपछि गएको जेठदेखि मलेसियाको रोजगारी बन्द भएको थियो । कातिक १२ गते मलेसियासँग ऐतिहासिक श्रम समझदारी भए पनि प्रक्रियाबारे अस्पष्टता कायमै रहेका कारण रोजगारी खुल्न सकेको थिएन ।

प्रतिक्रिया दिनुहोस
रास्वपामा ४९ महिला केन्द्रीय सदस्यमा निर्वाचित

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को निर्वाचित केन्द्रीय सदस्यमा झन्डै आधा महिला...

बंगलादेश निर्यात गर्ने थप २० मेगावाट बिजुली रोकियो

    नेपालबाट बंगलादेशमा थप २० मेगावाट विद्युत् निर्यात गर्ने योजनामा भारतीय पक्षले...

खैरो हेरोइनसहित काठमाडौंबाट दुई जना पक्राउ

     नेपाल प्रहरीको लागूऔषध नियन्त्रण ब्यूरोले खैरो हेरोइनसहित दुई जनालाई पक्राउ गरेको...

दोस्रो चरणको चुनाव हुदै रास्वपा महाधिवेशनमा

    रास्वपाको जारी महाधिवेशन ९९ केन्द्रीय सदस्य चयन गर्नको लागि निर्वाचन सकिएलगत्तै...