शहर पस्यो शक्तिशाली आँधी, पाँच लाख भन्दा धेरै विस्थापित



हाम्रो इकोनोमि

 

आँधीबाट प्रभावित भएका दक्षिण अफ्रिकाका पाँच लाखभन्दा बढी बासिन्दा विस्थापित भएका छन् ।

सहयोगदाताहरुले उनीहरुलाई औषधी, खाना, पाल लगायतका सहयायता सामग्रीहरु उपलब्ध गराएका छन् ।

आँधीसँगै आएको अत्यधिक बर्षा, हावाहुरी र बाढीले झण्डै सात सय जनाको मृत्यु भएको छ भने अरु थुप्रै भौतिक क्षति भएको छ ।

आँधीले मोजाम्बिक, जिम्बाबे र मलावी क्षेत्रलाई प्रभावित पारेको छ ।

आँधीबाट प्रभावित भएको मध्ये झण्डै तीन हजार १२५ बर्ग किलोमिटर क्षेत्रमा अहिले पनि पानी रहेको अधिकारीहरुले बताएका छन् ।

विश्व खाद्य कार्यक्रम(डब्लुएफपी)द्वारा जारी वक्तव्यमा भनिएको छ, “हामीलाई प्राप्त पछिल्लो विवरण अनुसार आँधीबाट प्रभावित तीन देशका झण्डै पाँच लाख जना विस्थापित भएका छन् ।”

यही मार्चको १५ तारिखका दिन यस क्षेत्रमा भिषण आँधी आएको थियो ।

आँधीबाट प्रभावितलाई थप सहयोगको आवश्यकता रहेको सहयोगदाताहरुले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस
आईजीपी होईन, तातोपानी नाका चलाऊ : गोकुल बाँस्कोटा

    नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले सरकारलाई नेपाल प्रहरीका महानिरीक्षकको विषयमा अल्झिनुभन्दा...

काठमाडौं उपत्यकाबाट सबै जिल्लावासीले नागरिकताको प्रतिलिपि पाउने

    अन्य जिल्लाका नेपाली नागरिकले पनि अब काठमाडौं उपत्यकाबाट नागरिकताको प्रतिलिपि लिन...

आनीको नियुक्तिप्रति कांग्रेसको पनि आपत्ति

    लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिलाई लिएर प्रमुख प्रतिपक्षी...

बैंकहरूको गैरबैंकिङ सम्पत्ति ४७ अर्ब नाघ्यो

    वाणिज्य बैंकहरूमा कर्जा असुली तथा धितो व्यवस्थापनसँग जोडिएको गैरबैंकिङ सम्पत्तिको आकार...