आपराधिक गतिविधिमा संलग्न पक्राउ



हाम्रो इकोनोमि

 

आपराधिक घटनामा संलग्न व्यक्तिलाई प्रहरीले विभिन्न स्थानबाट पक्राउ गरेको छ ।

प्रहरी परिसर काठमाडौँ मातहत वृत्तका इलाकामा प्रहरी परिचालन गरी विप्लव समूहका अवान्छित गतिविधिलाई नियन्त्रणका लागि चलाइएको विशेष खोजी अभियानका क्रममा चार व्यक्तिलाई पक्राउ गरिएको परिसरका प्रवक्ता होविन्द्र बोगटीले जानकारी दिनुभयो ।

सामाजिक विकृति, विसङ्गती, गुण्डागर्दीलगायत आपराधिक घटना नियन्त्रण गरी सर्वसाधारणलाई सुरक्षाको प्रत्याभूति दिलाउने उद्देश्यले पछिल्लो समयमा विशेष सर्च अप्रेशन चलाउँदै आएको प्रहरीले जनाएको छ ।

सो क्रममा मङ्गलबार साँझ बालाजुबाट एक थान खुकुरी, फलामको रड र लागुऔषध १३९ एम्पुल डाईजापाम, फेनारगन, नुरफिनसहित मनमैजुका सन्तोष तामाङ र थर नखुलेका अभयलाई पक्राउ गरिएको परिसरले आज एक सूचना जारी गरी जनाएको छ ।

यसैबीच नयाँबसपार्कबाट १६ ग्राम खैरो हेरोइन र खैरो हेरोइन जोख्ने यन्त्र (तराजु) सहित बाँके कोहलपुरका रमेश बस्नेत र शेरसिंह रोकायालाई पक्राउ गरी थप अनुसन्धान थालिएको परिसरले जनाएको छ ।

बौद्ध नागेश्वरी गल्ली र गोकर्णेश्वर नगरपालिका–५ जोरपाटीबाट ४०० लिटर घरेलु मदिरा र मदिरा बनाउन प्रयोग गर्ने कच्चा पदार्थ तीन हजार ३०० लिटर बरामद गरी सोही स्थानमा स्थानीय बासिन्दा, वडा प्रतिनिधि र सञ्चारकर्मीको रोहबरमा नष्ट गरिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
आईजीपी होईन, तातोपानी नाका चलाऊ : गोकुल बाँस्कोटा

    नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले सरकारलाई नेपाल प्रहरीका महानिरीक्षकको विषयमा अल्झिनुभन्दा...

काठमाडौं उपत्यकाबाट सबै जिल्लावासीले नागरिकताको प्रतिलिपि पाउने

    अन्य जिल्लाका नेपाली नागरिकले पनि अब काठमाडौं उपत्यकाबाट नागरिकताको प्रतिलिपि लिन...

आनीको नियुक्तिप्रति कांग्रेसको पनि आपत्ति

    लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिलाई लिएर प्रमुख प्रतिपक्षी...

बैंकहरूको गैरबैंकिङ सम्पत्ति ४७ अर्ब नाघ्यो

    वाणिज्य बैंकहरूमा कर्जा असुली तथा धितो व्यवस्थापनसँग जोडिएको गैरबैंकिङ सम्पत्तिको आकार...