सडक दुर्घटनामा तीनको मृत्यु !



हाम्रो इकोनोमि

 

सर्लाहीमा भएको छुट्टाछुट्टै दुर्घटनामा परी तीन जनाको मृत्यु भएको छ ।

गोडैता नगरपालिका–६ बगदहस्थित महालक्ष्मी चिनी उद्योगमा उखु लोड गरिएको ट्र्याक्टरको मुनि किचिएको अवस्थामा एक जनाको शव फेला परेको छ ।

ना १ त ६६६६ नम्बरको ट्र्याक्टरको टेलरमुनि सुतिरहेको अवस्थामा मङ्गलबार राति टाउको किचिएको अवस्थामा बलरा नगरपालिका–५ अर्नाहाका २६ वर्षीय शम्भु महतो शव फेला परेको प्रहरी उपरीक्षक गोपालचन्द्र भट्टराईले जानकारी दिनुभयो ।

शवको प्रकृति हेर्दा मृतकको टाउको टेलर बाहिर निस्केकाले अन्य कुनै सवारी साधनले रातिको समयमा किचेको हुनसक्ने प्रहरीको अनुमान छ ।

महतो ट्र्याक्टर चालक रहेको प्रहरीले जनाएको छ ।

उनी उखु लिएर चिनी मिलमा गएको थियो । घटनाको छानबिन भइरहेको प्रहरीले जनाएको छ ।

यसैगरी मोटरसाइकल दुर्घटनामा परी मङ्गलबार साँझ एक वृद्धाको मृत्यु भएको छ ।

मृत्युहुनेमा हरिपुर नगरपालिका–२ का ६५ वर्षीया मोसतकीमा खातुन रहेको छ ।

ना ३ प ५५४ नम्बरको मोटरसाइकलमा चढेर हरिपुरबाट मलङ्गवातर्फ आउँदै गरेको अवस्थामा मलङ्गवा–४ सर्लाही क्याम्पस नजिक दुर्घटना हुँदा गम्भीर घाइते भएकी उनको उपचारका क्रममा स्थानीय श्रीराम हस्पिटलमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
गगनले कांग्रेस छिन्नभिन्न बनाएको मोहन बस्नेतको आरोप

    नेपाली कांग्रेसका इतर पक्षका नेता मोहन बस्नेतले गगन थापाको महत्त्वाकाङ्क्षा र...

राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट ७० अर्ब रकम संकलन गर्ने

    बैंकिङ प्रणालीमा उपलब्ध तरलता व्यवस्थापन गर्ने उद्देश्यले नेपाल राष्ट्र बैंकले ७०...

नबिल बैंकले सेयरधनीलाई १५.८०% लाभांश र ५% बोनस सेयर दिने

    नबिल बैंक लिमिटेडका सेयरधनीले आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट १५.८० प्रतिशत...

सशस्त्र प्रहरीका एआईजी वंशी दाहाललाई बर्खास्त गर्न सिफारिस

    चोलेन्द्रशमशेर जबरालाई प्रहरीले नियन्त्रणमा लिएपछि सूचना चुहावटको आरोपमा निलम्बनमा परेका सशस्त्र...