सडक दुर्घटनामा तीनको मृत्यु !



हाम्रो इकोनोमि

 

सर्लाहीमा भएको छुट्टाछुट्टै दुर्घटनामा परी तीन जनाको मृत्यु भएको छ ।

गोडैता नगरपालिका–६ बगदहस्थित महालक्ष्मी चिनी उद्योगमा उखु लोड गरिएको ट्र्याक्टरको मुनि किचिएको अवस्थामा एक जनाको शव फेला परेको छ ।

ना १ त ६६६६ नम्बरको ट्र्याक्टरको टेलरमुनि सुतिरहेको अवस्थामा मङ्गलबार राति टाउको किचिएको अवस्थामा बलरा नगरपालिका–५ अर्नाहाका २६ वर्षीय शम्भु महतो शव फेला परेको प्रहरी उपरीक्षक गोपालचन्द्र भट्टराईले जानकारी दिनुभयो ।

शवको प्रकृति हेर्दा मृतकको टाउको टेलर बाहिर निस्केकाले अन्य कुनै सवारी साधनले रातिको समयमा किचेको हुनसक्ने प्रहरीको अनुमान छ ।

महतो ट्र्याक्टर चालक रहेको प्रहरीले जनाएको छ ।

उनी उखु लिएर चिनी मिलमा गएको थियो । घटनाको छानबिन भइरहेको प्रहरीले जनाएको छ ।

यसैगरी मोटरसाइकल दुर्घटनामा परी मङ्गलबार साँझ एक वृद्धाको मृत्यु भएको छ ।

मृत्युहुनेमा हरिपुर नगरपालिका–२ का ६५ वर्षीया मोसतकीमा खातुन रहेको छ ।

ना ३ प ५५४ नम्बरको मोटरसाइकलमा चढेर हरिपुरबाट मलङ्गवातर्फ आउँदै गरेको अवस्थामा मलङ्गवा–४ सर्लाही क्याम्पस नजिक दुर्घटना हुँदा गम्भीर घाइते भएकी उनको उपचारका क्रममा स्थानीय श्रीराम हस्पिटलमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
आईजीपी होईन, तातोपानी नाका चलाऊ : गोकुल बाँस्कोटा

    नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले सरकारलाई नेपाल प्रहरीका महानिरीक्षकको विषयमा अल्झिनुभन्दा...

काठमाडौं उपत्यकाबाट सबै जिल्लावासीले नागरिकताको प्रतिलिपि पाउने

    अन्य जिल्लाका नेपाली नागरिकले पनि अब काठमाडौं उपत्यकाबाट नागरिकताको प्रतिलिपि लिन...

आनीको नियुक्तिप्रति कांग्रेसको पनि आपत्ति

    लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिलाई लिएर प्रमुख प्रतिपक्षी...

बैंकहरूको गैरबैंकिङ सम्पत्ति ४७ अर्ब नाघ्यो

    वाणिज्य बैंकहरूमा कर्जा असुली तथा धितो व्यवस्थापनसँग जोडिएको गैरबैंकिङ सम्पत्तिको आकार...