नेपालकैं यो ठाउँमा अब २५ रुपैयाँमै खाना पाईने !



हाम्रो इकोनोमि

 

भारतका केही राज्यहरुमा सस्तोमा खान ख्वाउने होटलहरु सञ्चालनमा रहेका छन् । अब नेपालमा पनि यस्तो विशेष सुविधा भएको होटल सञ्चालनमा आउँने भएको छ् । सामान्यतया, एक छाक शाकाहारी खानाको मूल्य कति पर्छ ? सामान्य होटलमा न्यूनतम एक सय रुपैयाँदेखि तारे होटलमा अधिकतम एकहजार रुपैयाँसम्म तिर्नुपर्दछ ।

 

यदि कसैले २५ रुपैयाँमै शुद्ध शाकाहारी खाना दिन्छु भन्यो भने तपाई पत्याउनुहुन्छ ? तर यो सत्य हो, भैरहवामा एकजना व्यवसायीले यस्तै अपत्यारिलो कामको शुरुवात गर्न लाग्नु भएको छ ।

 

पेशाले कन्स्ट्रक्सन इन्जिनियर रहनु भएका मारवाडी समुदायका रविकुमार रौनियारले आफ्नी स्वर्गीय आमा मायादेवीको सम्झनामा श्रमिक र निम्न आय भएका वर्गलाई लक्षित गरी बिहानको एक छाक शुद्ध शाकाहारी खाना २५ रुपैयाँमै उपलब्ध गराउँनु हुने भएको छ ।

 

मायादेवी च्यारिटेबल फाउण्डेसन अन्तर्गत अन्नपूर्ण भोजनालयमार्फत आउँदो बैशाखदेखि सञ्चालनमा आउँने भएको छ । खासगरी अस्पताल, सरकारी स्कूल र धेरै मजदुरहरुले काम गर्ने स्थानहरुमा फाउण्डेसनले मिनी ट्रकमार्फत घुम्ती सेवा शुरु गरेर खाना खुवाउने रौनियारले बताउनुभयो ।

 

युनिभर्सल मेडिकल कलेज, भीम अस्पताल, रणअम्बिका आँखा अस्पताल, धेरै विद्यार्थी पढ्ने सरकारी स्कूलहरुमा यस्तो सेवा दिने उहाँको योजना रहेको छ ।

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

वाणिज्य बैंकहरुले दुई महिनामा कमाए १७ अर्ब ८१ करोड

    वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा १७ अर्ब...

ग्लोबल आइएमई बैंकको नायव प्रमुख कार्यकारी अधिकृतमा दीपचन्द्र रेग्मी

    ग्लोबल आइएमई बैंकको नायव प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) मा दीपचन्द्र रेग्मी...