नेपालकैं यो ठाउँमा अब २५ रुपैयाँमै खाना पाईने !



हाम्रो इकोनोमि

 

भारतका केही राज्यहरुमा सस्तोमा खान ख्वाउने होटलहरु सञ्चालनमा रहेका छन् । अब नेपालमा पनि यस्तो विशेष सुविधा भएको होटल सञ्चालनमा आउँने भएको छ् । सामान्यतया, एक छाक शाकाहारी खानाको मूल्य कति पर्छ ? सामान्य होटलमा न्यूनतम एक सय रुपैयाँदेखि तारे होटलमा अधिकतम एकहजार रुपैयाँसम्म तिर्नुपर्दछ ।

 

यदि कसैले २५ रुपैयाँमै शुद्ध शाकाहारी खाना दिन्छु भन्यो भने तपाई पत्याउनुहुन्छ ? तर यो सत्य हो, भैरहवामा एकजना व्यवसायीले यस्तै अपत्यारिलो कामको शुरुवात गर्न लाग्नु भएको छ ।

 

पेशाले कन्स्ट्रक्सन इन्जिनियर रहनु भएका मारवाडी समुदायका रविकुमार रौनियारले आफ्नी स्वर्गीय आमा मायादेवीको सम्झनामा श्रमिक र निम्न आय भएका वर्गलाई लक्षित गरी बिहानको एक छाक शुद्ध शाकाहारी खाना २५ रुपैयाँमै उपलब्ध गराउँनु हुने भएको छ ।

 

मायादेवी च्यारिटेबल फाउण्डेसन अन्तर्गत अन्नपूर्ण भोजनालयमार्फत आउँदो बैशाखदेखि सञ्चालनमा आउँने भएको छ । खासगरी अस्पताल, सरकारी स्कूल र धेरै मजदुरहरुले काम गर्ने स्थानहरुमा फाउण्डेसनले मिनी ट्रकमार्फत घुम्ती सेवा शुरु गरेर खाना खुवाउने रौनियारले बताउनुभयो ।

 

युनिभर्सल मेडिकल कलेज, भीम अस्पताल, रणअम्बिका आँखा अस्पताल, धेरै विद्यार्थी पढ्ने सरकारी स्कूलहरुमा यस्तो सेवा दिने उहाँको योजना रहेको छ ।

प्रतिक्रिया दिनुहोस
रसुवाको तटीय क्षेत्रमा अकल्पनीय क्षति, दर्जनौं बजार र बस्ती बगायो

    भोटेकोशीमा अचानक तिब्बतर्फबाट आएको भिषण बाढीले नेपालतर्फ रसुवा जिल्लाको तटीय क्षेत्रमा...

रसुवाको भोटेकोशी नदीमा ठूलो बाढी

    रसुवाको भोटेकोशी नदीमा ठूलो बाढी आएको छ । रसुवाका प्रमुख जिल्ला...

कांग्रेसको १५औं महाधिवेशन रोक्न माग गर्दै सर्वोच्चमा निवेदन दर्ता

    नेपाली कांग्रेसको १५औं महाधिवेशन रोक्न माग गर्दै शेरबहादुर देउवा समूहले सर्वोच्च...

नाडा अटो शो २०२६ काठमाडौको भृकुटीमण्डपमा सुरु

    स्वर्णजयन्ती विशेष नाडा अटो शो २०२६ काठमाडौको भृकुटीमण्डपमा सुरु भएको छ...