कुखुरामा देखियो बर्ड फ्लु भन्दा खत्तरानाक रोग !



हाम्रो इकोनोमि

 

पाल्पा निस्दी गाउँपालिका–६ अर्चलेको सिसिङ्गाका कुखुरामा रानीखेत रोग फैलिएको छ । गाउँमा पालिएका कुखुरा रानीखेत रोगले मर्न थालेपछि कृषक चिन्तित बनेका छन् ।

 

खोरै रित्तिने गरी कुखुरा एकाएक मर्न थालेको कृषक विजय सारुले बताउनुभयो । “गाउँका कृषकको आयस्रोत नै कुखुरा बाख्रापालन व्यवसाय हो, एक्कासी यसरी रोग लागेर उपचार गर्न नपाउँदै कुखुरा मर्न थाल्यो” उहाँले भन्नुभयो ।

 

यहाँका कृषकले कुखुरा पालेर छोराछोरीको पढाइ खर्च, साँझ बिहानको घरखर्च चलाउँदै आएका छन् । कुखुरा झोक्राउन थालेपछि काटेर खाने र केही कुखुरा जथाभावी खुल्ला ठाउँमा फालेका कारण गाउँभरी नै रानीखेत रोगको संक्रमण फैलिएको पशु स्वास्थ्य प्राविधिक मनवीर नेपालीले बताउनुभयो ।

 

अहिले बाकी रहेका कुखुरामा रानीखेत विरुद्धको एन्टिवायोटिक नामक भ्याक्सिन दिइरहेको उहाँले बताउनुभयो । सिसिङ्गा गाउँभरी नै पालिएका कुखुरामा रानीखेत रोगको संक्रमण फैलिएपछि पशु शाखा निस्दीले वडाभरी नै एन्टिबायोटिक भ्याक्सिङ दिने तयारी गरिरहेको शाखा प्रमुख ओमबहादुर मश्राङ्गी बताउनुहुन्छ ।

 

कुखुरा झोक्राउने, दानापानी नखाने, सिर रातो हुने, खुट्टामा रातो र निलो देखिने, हरियो रङ्गको दिशा गर्ने, अण्डा पार्न विस्तारै कम गर्दै जाने, ज्वरो आउने लगायतका लक्षण रानीखेत रोग लागेका कुखुरामा देखापर्दछ ।

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

वाणिज्य बैंकहरुले दुई महिनामा कमाए १७ अर्ब ८१ करोड

    वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा १७ अर्ब...

ग्लोबल आइएमई बैंकको नायव प्रमुख कार्यकारी अधिकृतमा दीपचन्द्र रेग्मी

    ग्लोबल आइएमई बैंकको नायव प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) मा दीपचन्द्र रेग्मी...