कुखुरामा देखियो बर्ड फ्लु भन्दा खत्तरानाक रोग !



हाम्रो इकोनोमि

 

पाल्पा निस्दी गाउँपालिका–६ अर्चलेको सिसिङ्गाका कुखुरामा रानीखेत रोग फैलिएको छ । गाउँमा पालिएका कुखुरा रानीखेत रोगले मर्न थालेपछि कृषक चिन्तित बनेका छन् ।

 

खोरै रित्तिने गरी कुखुरा एकाएक मर्न थालेको कृषक विजय सारुले बताउनुभयो । “गाउँका कृषकको आयस्रोत नै कुखुरा बाख्रापालन व्यवसाय हो, एक्कासी यसरी रोग लागेर उपचार गर्न नपाउँदै कुखुरा मर्न थाल्यो” उहाँले भन्नुभयो ।

 

यहाँका कृषकले कुखुरा पालेर छोराछोरीको पढाइ खर्च, साँझ बिहानको घरखर्च चलाउँदै आएका छन् । कुखुरा झोक्राउन थालेपछि काटेर खाने र केही कुखुरा जथाभावी खुल्ला ठाउँमा फालेका कारण गाउँभरी नै रानीखेत रोगको संक्रमण फैलिएको पशु स्वास्थ्य प्राविधिक मनवीर नेपालीले बताउनुभयो ।

 

अहिले बाकी रहेका कुखुरामा रानीखेत विरुद्धको एन्टिवायोटिक नामक भ्याक्सिन दिइरहेको उहाँले बताउनुभयो । सिसिङ्गा गाउँभरी नै पालिएका कुखुरामा रानीखेत रोगको संक्रमण फैलिएपछि पशु शाखा निस्दीले वडाभरी नै एन्टिबायोटिक भ्याक्सिङ दिने तयारी गरिरहेको शाखा प्रमुख ओमबहादुर मश्राङ्गी बताउनुहुन्छ ।

 

कुखुरा झोक्राउने, दानापानी नखाने, सिर रातो हुने, खुट्टामा रातो र निलो देखिने, हरियो रङ्गको दिशा गर्ने, अण्डा पार्न विस्तारै कम गर्दै जाने, ज्वरो आउने लगायतका लक्षण रानीखेत रोग लागेका कुखुरामा देखापर्दछ ।

प्रतिक्रिया दिनुहोस
राष्ट्रपति पौडेल र अर्थमन्त्री वाग्लेबीच शिष्टाचार भेट

    कार्यवाहक प्रधानमन्त्री तथा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले राष्ट्रपति रामचन्द्र पौडेलसित शिष्टाचार...

पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईको नियमित उडान

    पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईले आजदेखि दुबई–पोखरा–दुबई रुटमा नियमित उडान सुरु...

सबै पदाधिकारी खारेज गरेर एकल अध्यक्ष बन्न ओलीलाई ठाकुर गैरेको चुनौती

    एमाले केन्द्रीय सदस्य ठाकुर गैरेले अध्यक्ष केपी शर्मा ओलीको कार्यशैलीप्रति प्रश्न...

कार्यसूचीमाथि नेताहरुको आपत्ति, बैठक लम्बियो

    एमालेको जारी केन्द्रीय कमिटीको तेस्रो बैठक लम्बिएको छ । कार्यसूचीमाथि नेताहरुले...