सीता दाहालको स्वास्थ्य अवस्थामा केही सुधार



हाम्रो इकोनोमि

 

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का दोस्रो अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’की पत्नी सीता दाहालको स्वास्थ्यमा केही सुधार भएको छ ।

सीता दाहाललाई प्रचण्डले उपचारका लागि दश दिन अगाडि अमेरिका लगेका थिए । अमेरिकाको विभिन्न अस्पतालमा सीता दाहालको उपचार र चेकजाँच भएको थियो । सीता दाहालको चेकजाँचमा अमेरिकाका लागि नेपाली राजदूत डा.अर्जुन कार्कीले विशेष भूमिका खेलेका थिए ।

सीता दाहालकी कान्छी छोरी गंगा दाहालका अनुसार आफ्नी आमाको स्वास्थ्यमा सुधार भएको छ । बुधबार बिहान सामाजिक सञ्जालमा स्टाटस लेखेर गंगा दाहालले आमाको स्वास्थ्यमा सुधार आउने विश्वास लिएको बताएकी छिन् ।

‘आमाको स्वास्थ्य जाँच वासिंटनस्थित मेडिस्टार हस्पिटल र बरमिंघमस्थित यूएबी हस्पिटलमा भएको छ’, उनले भनेकी छिन्, ‘डक्टरहरूको अनुसार आमाको स्वास्थ्यमा सुधार आउने विश्वास दिलाएका छन् ।’

गंगा दाहालले १० दिनको अमेरिका बसाईपछि आज (बुधबार) नेपाल फर्किन लागेको पनि बताएकी छिन् । उनले आफ्नी आमा सीता दाहालको उपचारमा सहयोग गर्ने राजदूत डा.अर्जुन कार्कीलगायत सबैमा धन्यावाद दिएकी छिन् ।

पत्नी सीता दाहालको उपचारका लागि प्रचण्डले कान्छी छोरी गंगा दाहाल र ज्वाइँ जीवन आचार्यलाई अमेरिका लगेर गएका थिए । अमेरिकामा रहँदा नेपाली समुदाय र अमेरिकन केही उच्च व्यक्तिहरूसँग प्रचण्डले भेट गरेका थिए ।

प्रतिक्रिया दिनुहोस
गगनले कांग्रेस छिन्नभिन्न बनाएको मोहन बस्नेतको आरोप

    नेपाली कांग्रेसका इतर पक्षका नेता मोहन बस्नेतले गगन थापाको महत्त्वाकाङ्क्षा र...

राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट ७० अर्ब रकम संकलन गर्ने

    बैंकिङ प्रणालीमा उपलब्ध तरलता व्यवस्थापन गर्ने उद्देश्यले नेपाल राष्ट्र बैंकले ७०...

नबिल बैंकले सेयरधनीलाई १५.८०% लाभांश र ५% बोनस सेयर दिने

    नबिल बैंक लिमिटेडका सेयरधनीले आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट १५.८० प्रतिशत...

सशस्त्र प्रहरीका एआईजी वंशी दाहाललाई बर्खास्त गर्न सिफारिस

    चोलेन्द्रशमशेर जबरालाई प्रहरीले नियन्त्रणमा लिएपछि सूचना चुहावटको आरोपमा निलम्बनमा परेका सशस्त्र...