फेरी हावाले पक्की पुल लडायो : नेपालमा हावा शक्तिशाली कि कमसल निर्माण ?



हाम्रो इकोनोमि

 

हावाहुरीका कारण धादिङको गल्छी गाउँपालिका–१ र नुवाकोटको बेलकोट गढी नगरपालिका–५ मा जोड्ने त्रिशूली नदीमाथिको निर्माणाधिन पक्की पुल भत्किएको छ। धादिङको सदरमुकामबाट सुनौलाबजार खाल्टे फोस्रेटार हुँदै नुवाकोटको बेलकोटगढी नगरपालिका जोड्नका लागि त्रिशुली नदीको केउरेनीमा निर्माणाधिन पक्की पुलको ढलान गर्न तयार पारिएको फ्रेम सोमबार साँझ आएको हावाहुरीले भत्काइदिएको हो।

 

५ वर्ष अघिदेखि निर्माण सुरु गरिएको भएपनि उक्त पुलको निर्माण कार्य आधा पनि सकिएको थिएन। २०७४ आषाढ मसान्तसम्ममा बनाइ सक्नुपर्ने भएपनि ठेकेदार कम्पनीको ढिलासुस्तीका कारण १ वर्ष थप गरी निर्माण सम्पन्न गर्ने अन्तिम मिति २०७५ चैत्र मसान्तसम्म तोकिएको थियो।

 

पुलको जम्मा १ सय मिटर मात्रै ढलान भएको छ भने अर्को १ सय मिटर ढलान गर्ने तयारी गर्ने क्रममा हावाहुरीले भत्काइदिएको साइड इन्चार्ज सुरेशबाबु पाण्डेले बताए। ढलान गर्ने तयारी अवस्थामा राखिएको फ्रेम सबै भत्काइ दिएपछि ५० लाख हाराहारीमा क्षति भएको पाण्डेले बताए।

 

उनले भने, ‘फ्रेम भत्किएपछि ढलान गर्ने तयारी अवस्थामा राखिएको सबै कुरा नष्ट भएको छ। अहिले तयारी गरेको फलाम कुनै काम लाग्दैन, अब यत्ति बनाउन फेरी अर्को २ महिना लाग्छ, करिब ५० लाख जतिको क्षति भएको छ।’ १५ करोड ११ लाख ३५ हजार ५ सय ६४ रुपैयाँको लागतमा बन्ने पुल १९२ मिटर लामो हुनेछ।

 

निर्माण गरिसक्नुपर्ने अवधि सकिनै लाग्दासमेत काममा ढिलाइ भइरहेको स्थानीयको गुनासो आइरहँदा हावाहुरीले समेत पुल भत्काइदिएपछि पक्की पुलबाट ओहोर दोहोर गर्ने स्थानीयको सपना फेरी पर धकेलिएको छ।

 

एक स्थानीयले भने, ‘काम गर्ने मजदुर पनि एकदमै थोरै हुन्छन्, काममा एकदमै ढिलासुस्ती भएको थियो, अहिले फेरी हावाहुरीले भत्कायो अब फेरी ठेकेदारलाई म्याद थप्ने बहाना भयो।

प्रतिक्रिया दिनुहोस
गगनले कांग्रेस छिन्नभिन्न बनाएको मोहन बस्नेतको आरोप

    नेपाली कांग्रेसका इतर पक्षका नेता मोहन बस्नेतले गगन थापाको महत्त्वाकाङ्क्षा र...

राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट ७० अर्ब रकम संकलन गर्ने

    बैंकिङ प्रणालीमा उपलब्ध तरलता व्यवस्थापन गर्ने उद्देश्यले नेपाल राष्ट्र बैंकले ७०...

नबिल बैंकले सेयरधनीलाई १५.८०% लाभांश र ५% बोनस सेयर दिने

    नबिल बैंक लिमिटेडका सेयरधनीले आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट १५.८० प्रतिशत...

सशस्त्र प्रहरीका एआईजी वंशी दाहाललाई बर्खास्त गर्न सिफारिस

    चोलेन्द्रशमशेर जबरालाई प्रहरीले नियन्त्रणमा लिएपछि सूचना चुहावटको आरोपमा निलम्बनमा परेका सशस्त्र...