कमजोर आर्थिक अवस्था भएका बिरामीको निःशुल्क शल्यक्रिया !



हाम्रो इकोनोमि

 

बाँकेको नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पतालले एक जेष्ठ नागरिकको बायाँ गालामा रहेको डेढ किलोग्राम ट्युमरको सफल शल्यक्रिया गरेको छ ।

नरैनापुर गाउँपालिका वडा नम्बर ६ बन्दराका ७२ बर्षीय वरीलाल अहिरको बायाँ गालामा रहेको डेढ किलोग्राम ट्युमरको शल्यक्रिया गरिएको हो ।

गत चैत्र ७ गते अस्पतालमा भर्ना भएका अहिरको ८ गते डेन्टल सर्जन डा.द्वारिका प्रसाद बजगाईं, डा.अरुण कुमार महत तथा नाक, कान, घाँटी विशेषज्ञ डा.अंशु शर्मा, एनेस्थेटिक डा.नवीन रेग्मी, डा.कपिल पोखरेल लगायतको चिकित्सक तथा प्राविधिक टिमले सफल शल्यक्रिया गरेको थियो ।

अपरेशन गर्दा स्नायुहरुमा क्षति पुग्ने जोखिम हुने भएपनि आफूहरुले दुई घण्टा लगाएर सफलतापूर्वक शल्यक्रिया गरेको र अहिले विरामीको अवस्था खतरामुक्त रहेको उपचारमा सग्लन डा.बजगाईंले बताए ।

उनका अनुसार यस खाले ट्युमर पलाएका विरामी धेरै भएपनि यति ठूलो ट्युमर विरलै हुने गर्दछ ।

सानै उमेरमा बुवा आमा गुमाएका, आफन्त कोही पनि नभएका असहाय, आर्थिक समस्याले उपचार गर्न नसकिरहेका व्यक्तिलाई अस्पतालले आफ्नो सामाजिक उत्तरदायित्व सम्झेर सबै खर्च आफैं व्यहोरेर उपचार गरेको अस्पतालका निर्देशक डा.एम.किदवाईले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

वाणिज्य बैंकहरुले दुई महिनामा कमाए १७ अर्ब ८१ करोड

    वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा १७ अर्ब...

ग्लोबल आइएमई बैंकको नायव प्रमुख कार्यकारी अधिकृतमा दीपचन्द्र रेग्मी

    ग्लोबल आइएमई बैंकको नायव प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) मा दीपचन्द्र रेग्मी...