सिँउदो रंगाउने कुनै मर्द भेटिएन, नजिक आएपछि लुगलुग काम्छन् – दीपाश्री



हाम्रो इकोनोमि

 

दीपाश्री निरौला वर्तमान समयमा नेपाली चलचित्र क्षेत्रमा सर्वाधिक चर्चामा रहेको नाम हो । हास्य कलामा एकछत्र राज गरेकी निरौलालाई एउटा प्रश्नले जहिले पनि पछ्याइरहेको हुन्छ । उनलाई जहिले पनि विवाह, श्रीमान र ब्वाइफ्रेण्ड जस्ता प्रश्नले दिक्दारी र आनन्ददायिक बनाउँछ । जीवनको आधा समय विताइसकेकी दिपा अविवाहित अभिनेत्री हुन् । उनको सुन्दर कला शैली नेपाली समाजमा राम्रैसँग भिजेको छ ।

 

मुटुभित्र बसेको छ । तर दिपाको मुटुमा बसेर सिँउदो रंगाउने अवसर अहिलेसम्म कुनै मर्दले पाएन । ‘दिपाश्रीसँग विवाह गर्छु भन्दै दर्जनौ युवाहरु आउँछन् तर दिपासँग विवाह गर्न कोही आउँदैन’ कटाक्ष गर्दै दिपाले भनिन् ‘म चलचित्रबाट कमेडियन बने, यही क्षेत्रमा २५ बर्ष विताइसकेकी छु । विवाहलाई भन्दा कामलाई बढि प्राथमिकता दिएका कारण मेरो जीवनमा यो अबसर जुट्न सकेन ।’

 

करियरलाई प्राथमिकता दिएका कारण आफ्नो विवाह नभएको उनी बताउँछिन् । विवाहपछि कलाक्षेत्रका ब्यक्तिहरु ओझेलमा पर्दै आएका छन् । विशेषगरी केटाभन्दा केटीहरु बढि ओझेलमा परेका छन् ।

 

विवाह भएको भए साहदे २५ बर्ष यो क्षेत्रमा विताउन दिपाश्रीका लागि पनि कठिन नै हुन्थ्यो होला । उनी पछिल्लो समय चलचित्र निर्देशन तथा निर्माणमा व्यस्त छिन् । ठट्यैली पारामा उनी भन्छिन् । यो दिपाको सिउँदो रंग्याउने कुनै मर्द भेटिएन । नजिक आएपछि लुगलुग काम्छन् ।

प्रतिक्रिया दिनुहोस
शिक्षा र स्वास्थ्यको कर हटाउने सरकारको निर्णय

    सरकारले शिक्षा समता शुल्क र स्वास्थ्य समता शुल्क पूर्ण रूपमा छुट...

सरकारले स्वास्थ्य, शिक्षा र विद्युतमा समेत लगायो कर

    आजदेखि नयाँ आर्थिक वर्ष २०८३/८४ सुरु भएको छ । यससँगै सरकारले...

मास्टर्नीको प्रमोसन गीतमाथि शिक्षक महासंघको आपत्ति

    अभिनेत्री प्रियंका कार्कीले निर्माण गरेको चलचित्र ‘मास्टर्नी’ को प्रमोसन गीतमा नेपाल...

किस्ट ट्रान्सप्लान्ट सेन्टरद्वारा १७औँ सफल कलेजो प्रत्यारोपण

    ललितपुरस्थित किस्ट शिक्षण अस्पताल अन्तर्गतको किस्ट ट्रान्सप्लान्ट सेन्टर ले निजी क्षेत्रको...