के हो क्यान्सर पनि निको बनाउने कालो गोलभेडा ? हेर्नुहोस् कालो गोलभेडाका फाइदाहरु !



हाम्रो इकोनोमि

 

सामान्यतया मधुमेहले पछिल्लो समय धेरैलाई सताउने गरेको छ। साथै विश्वमा मधुमेहका बिरामीहरु पनि बढ्ने क्रममा रहेको छ। मधुमेह रोग लागेका व्यक्तिहरुले खान-पानमा धेरै ध्यान दिनु पर्ने हुन्छ। मधुमेह भएका व्यक्तिहरुले खान-पानमा ध्यान दिएमा मधुमेहलाई नियन्त्रणमा नै राख्न सकिने चिकित्सकहरुको भनाइ रहेको हुन्छ। मधुमेह बिरामीहरुको खान-पानको बानीले यस रोगमा धेरै असर गर्ने चिकित्सकहरुको भनाइ रहेको हुन्छ।

 

विभिन्न रोगहरुमा काम लाग्ने गोलभेडाको बारेमा त थाहा पाउनु भएकै होला। तर चिकित्सकहरुले मधुमेहको लागि कालो गोलभेडा धेरै फाइदाजनक हुने बताउन थालेका छन्।

 

तर यस प्रकारको गोलभेडा नेपालमा भने पाउन गार्है हुन्छ। नेपालमा अहिलेको अवस्थामा कालो गोलभेडा उत्पादन नहुने भएता पनि उपचारको लागि मगाउन भने सकिन्छ। भारतमा भने केही वर्ष अगाडी मात्रै यसको खेति शुरु भएको छ । भारतमा उपचारको लागि अन्य देशबाट कालो गोलभेडा आयातित हुने गर्छ भने नेपालमा पनि कालो गोलभेडा चाहिएमा भारत अथवा अन्य देशबाट आयात गर्न सकिन्छ।

 

विश्वमा पहिलो पटक कालो गोलभेडा बेलायतमा उत्पादन शुरु भएको थियो। यस विशेष प्रकारको गोलभेडा बेलयातमा सर्वप्रथम रे ब्राउनले गरेका थिए। यस विशेष प्रकारको गोलभेडा बनाउनको लागि गोल्भेडामा जेनेटिक म्यूटेशन गरिएको थियो। त्यस पश्चात उक्त गोलभेडा धेरै रोगहरुको उपचारमा काम लाग्ने भएको थियो। कालो गोलभेडामा क्यान्सरजस्तो घातक रोगसँग लड्न शक्ति रहेको हुने गर्छ। साथै यसमा हुने फ्री रेडिकल्सले क्यान्सरसँग लड्न सहयोग गर्ने बताइने गरिन्छ।

 

यदि कोही पनि व्यक्ति आँखाको बिरामी रहेको छ भने कालो गोलभेडा दैनिक शेवन गरेमा आँखा तेजिलो हुने चिकित्सकहरुको भनाइ रहेको छ। चिकित्सकहरुको आनुसार कालो गोलभेडामा भिटामिन ए र भिटामिन सी रहेको हुन्छ। कालो गोलभेडा मुटु रोगिहरुलाई पनि धेरै काम लाग्ने गर्छ भने मधुमेहका बिरामीलाई पनि धेरै फाइदाजनक हुने गर्छ।

 

नियमित शेवन रहनाले क्यान्सर जस्तो रोग सँग पनि लड्न सक्ने क्षमता शरीरमा बढेर जाने हुन्छ। यसको अलावा कोलेस्ट्रोल लेवल नियन्त्रण गर्न पनि कालो गोलभेडा फाइदाजनक हुने गर्छ। ब्लड प्रेशर पनि नियन्त्रण राख्ने हुँदा कालो गोलभेडा स्वस्थ्यको हिसावले वरदाननै सावित हुन सक्छ।

प्रतिक्रिया दिनुहोस
रसुवाको तटीय क्षेत्रमा अकल्पनीय क्षति, दर्जनौं बजार र बस्ती बगायो

    भोटेकोशीमा अचानक तिब्बतर्फबाट आएको भिषण बाढीले नेपालतर्फ रसुवा जिल्लाको तटीय क्षेत्रमा...

रसुवाको भोटेकोशी नदीमा ठूलो बाढी

    रसुवाको भोटेकोशी नदीमा ठूलो बाढी आएको छ । रसुवाका प्रमुख जिल्ला...

कांग्रेसको १५औं महाधिवेशन रोक्न माग गर्दै सर्वोच्चमा निवेदन दर्ता

    नेपाली कांग्रेसको १५औं महाधिवेशन रोक्न माग गर्दै शेरबहादुर देउवा समूहले सर्वोच्च...

नाडा अटो शो २०२६ काठमाडौको भृकुटीमण्डपमा सुरु

    स्वर्णजयन्ती विशेष नाडा अटो शो २०२६ काठमाडौको भृकुटीमण्डपमा सुरु भएको छ...