‘मनाङेका केटा हौं’ भन्दै गायिकामाथि प्रहरीकै सामुन्ने सांघातिक हमला !



हाम्रो इकोनोमि

 

ललितपुरको सुनाकोठीस्थित बालकुमारी मन्दिर नजिकै गायिक मनु नेम्वाङ्गमाथि एउटा समुहले सांघातिक हमला गरेको छ ।  बुधवार साँझ ५ बजेतिर होली खेल्दै आएका युवाहरुको समुहले गायिका नेम्वाङ्गलाई ‘हामी मनाङे ग्रुपका हौं’ भन्दै घाँटी न्याकेर हमला गरेको सुनाकोठी बस्दै आएकी कलाकार निशा शर्माले रातोपाटीलाई जानकारी दिइन् ।

 

बुधवार बालकुमारी मन्दिरको कम्पाउण्ड भित्र पिकनिक गएकी नेम्वाङ्गलाई शौचालय गएको अवस्थामा एक युवाले दुव्र्यवहार गरेका थिए । दुव्र्यवहार गरेपछि मनुले प्रहरीलाई खबर गरिन्, ‘तर एकैछिनमा आएका एकहुल युवाहरुले उनलाई प्रहरीकै सामुन्ने कुटपिट गरेर फरार भएको बताइएको छ ।’

 

सिः बहाल बाट गएका तीनजना प्रहरीले सामान्य रुपमा छुट्याउने प्रयास मात्रै गरको तर आक्रमणकारीहरुलाई पक्राउ गर्न तदारुकता नदेखाएको प्रत्यक्षदर्शीहरु बताउँछन् । आक्रमणमा संलग्न युवाहरु १५ जनाको संख्यामा सहभागी थिए ।

 

अधिकांश नेवार समुदायका आक्रमणकारीहरुले गायिका नेम्वाङ्गलाई पुलिस केस गरेमा ‘राम्रो नहुने’ धम्की दिएका थिए ।
घट्नाबारे आफुलाई शुक्रवार मात्रै जानकारी आएको उल्लेख गर्दै महानगरीय प्रहरी परिसर ललितपुरका प्रमुख (एसएसपी) रविन्द्र धानुकले भने, ‘पीडितबाट जाहेरी लिएर अनुसन्धान गर्छौं ।’

प्रतिक्रिया दिनुहोस
लघुवित्त पीडितको माइतीघरमा आमरण अनशन

    लघुवित्त तथा वित्तीय संस्थाबाट पीडित एक समूहले आफ्ना माग कार्यान्वयनको दबाब...

ग्लोबल आइएमई बैंकमा नागरिक एपबाटै बैंक खाता खोल्ने व्यवस्था

    ग्लोबल आइएमई बैंक लिमिटेडले नागरिक एपसँगको सहकार्यमा बैंक खाता खोल्न सकिने...

पहिरोले मुग्लिन–नारायणगढ सडकखण्ड अवरुद्ध

     मुग्लिन–नारायणगढ सडक खण्डको खहरे खोला नजिकै सुक्खा पहिरो जाँदा सवारी आवागमन...

इनड्राइभ ड्राइभिब नारी नेपाल प्रमाणपत्र प्रदान

    विश्वव्यापी मोबिलिटी तथा डेलिभरी प्लेटफर्म इनड्राइभले महिलालाई ड्राइभिब पेसामा अघि बढ्न...