काठमाडौंको बेलिज क्यासिनोमा प्रतिबन्धित नोटको कारोबार



हाम्रो इकोनोमि

 

काठमाडौंको मल्ल होटलमा रहेको बेलिज क्यासिनोमा प्रतिबन्धित भारतीय ५ सय र हजारका नोटको कारोबार हुने गरेको खुलेको छ । नेपालीबाहेक विदेशीलाई मात्र प्रवेश अनुमति रहेको क्यासिनोमा प्रतिबन्ध भएका नोट लिएरै क्यासिनो क्वाइन दिइने गरिएको छ । त्यहाँ खेल्न पुगेका एक भारतीय नागरिकले भने,‘नेपालमा ५ सय र हजारका नोट क्यासिनोमा चल्छ, मैले खेलेर आएँ ।’

 

काठमाडौंमा रहेका क्यासिनोमा अधिकांश भारतीय जुवाडे आउने गरेका छन् । तर, नेपाल राष्ट्र बैंकले समेत प्रतिबन्ध गरेको नोटको कारोबार त्यहाँ रेकीमा बस्ने सुरक्षाकर्मीसँगको सेटिङमा हुने गरेको स्रोतले बतायो । नेपाल राष्ट्र बैंकले त नेपालमा एक सय रूपैंया भारु बाहेक भारतमै चल्तीमा ल्याएको २ हजारको नोट पनि नेपालमा प्रतिबन्ध लगाएको थियो ।

 

रिजर्भ बैंक अफ इन्डियाले ५ सय र २ हजार भारु नेपालमा खुला भएको घोषणा नगरेसम्म नेपालभर प्रतिबन्ध लगाउने निर्णय राष्ट्र बैंकले गरेको थियो । आरबीआईले सूचना प्रकाशित गरेपछि मात्र नयाँ भारु नोट नेपालमा चलाउने राष्ट्र बैंकले जनाउँदै आएको छ ।

 

अहिले भारतमै पनि चुनावी सरगर्मी बढेका कारण २ हजारको नोटमा समेत प्रतिबन्धको तयारी भएको छ । यस्तो बेला नेपालको क्यासिनोमा भने यस्ता नोटको कारोबार लाखौंका क्वाइन खरिदविक्रि गरी खेल हुने गरेको छ । भारतले कालोधन र जाली नोट नियन्त्रण गर्न भन्दै १ हजार र ५ सय भारु नोटमाथि प्रतिबन्ध लगाएको थियो ।

प्रतिक्रिया दिनुहोस
आईजीपी होईन, तातोपानी नाका चलाऊ : गोकुल बाँस्कोटा

    नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले सरकारलाई नेपाल प्रहरीका महानिरीक्षकको विषयमा अल्झिनुभन्दा...

काठमाडौं उपत्यकाबाट सबै जिल्लावासीले नागरिकताको प्रतिलिपि पाउने

    अन्य जिल्लाका नेपाली नागरिकले पनि अब काठमाडौं उपत्यकाबाट नागरिकताको प्रतिलिपि लिन...

आनीको नियुक्तिप्रति कांग्रेसको पनि आपत्ति

    लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिलाई लिएर प्रमुख प्रतिपक्षी...

बैंकहरूको गैरबैंकिङ सम्पत्ति ४७ अर्ब नाघ्यो

    वाणिज्य बैंकहरूमा कर्जा असुली तथा धितो व्यवस्थापनसँग जोडिएको गैरबैंकिङ सम्पत्तिको आकार...